२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

लुम्बिनी प्रदेश ट्राफिकको नयाँ अभियान टिप्परलाई टाईमकार्ड लागु

Logo
प्रकाशित सोमबार, माघ ०५, २०७७


(सागर थापा) बुटवल । दुर्घटना न्यूनिकरणको लागि लुम्बिनी प्रदेशमा टिप्परलाई टाईमकार्ड लागु गर्नुको साथै लेन अनुशासन कार्यान्वयनलाई जोड दिईएको छ । तिब्र गतिमा सवारी चलाएका कारण दुर्घटना बढेको भन्दै लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय रुपन्देहीले पाल्पादेखि बुटवल हुँदै भैरहवा तथा नवलपरासी चल्ने टिप्परलाई सोमबार देखि नै टाईमकार्ड लागु गरेको हो ।
टाईमकार्ड लागु भएपछि अब टिप्परले पाल्पाको दोभानदेखि बुटवलको धागोकारखाना (रामनगर)सम्म प्रतिघण्टा २० को गतिमा सवारी सञ्चालन गर्नुपर्नेछ । त्यस्तै धागोकारखाना देखि नवलपरासी (पश्चिम)को सुनवल र बुटवलदेखि भैरहवा प्रतिघण्टा ३० को गतिमा सञ्चालन गर्नुपर्ने लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय रुपन्देहीका ट्राफिक प्रमुख एसपी डम्बरबहादुर बिकले बताउनु भयो ।
अव यी सडकमा सञ्चालन भएका टिप्परले तोकिएको स्थानमा अनिवार्य रुपमा टाईम कार्ड देखाउने तथा ईन्ट्री गराउनु पर्नेछ । चेकप्वाईन्टमा ईन्ट्री नगराई भागेमा वा तोकिएको समयभन्दा चाँडो आउने जाने गरेमा जरिवाना गरिने सोमबार कार्यालयमा आयोजना गरिएको पत्रकार सम्मेलनमा उहाँले जानकारी गराउनु भयो ।
कोरोना भाईरस महामारीको कारण बन्द भएका सवारी साधन सञ्चालनको चाप पुरानै अवस्थामा फर्किसकेको र तिब्र गतिमा सवारी सञ्चालन गर्ने, सवारी सञ्चालन गर्दा लापरवाही गर्ने गरेको गुनासो आएपछि सम्भावित दुर्घटना न्यूनिकरणको लागि टिप्परलाई टाईमकार्ड लागु गर्नुको साथै लेन अनुशासन कार्यान्वयनलाई जोड दिईएको ट्राफिक प्रमुख एसपी बिक बताउनु हुन्छ ।
त्यस्तै प्रदेश ट्राफिक प्रहरी कार्यालय रुपन्देहीले सडकमा सञ्चालन हुने सवारी साधनका चालकले सडक लेनको अनशासन पालना गरे/नगरेको विषयलाई पनि प्राथमिकता दिएको छ । अव प्रहरीले चालकलाई सडक लेनको पालना गराउन ठाउँठाउँमा प्रचारात्मक सामाग्रि राखिदिने, सडक लेन अनुसार उल्लंघन गर्नेलाई कार्यालयमा लगेर सडक लेन अनुशासनको बारेमा पाठ पढाउने लगायतका काम गर्ने पत्रकार सम्मेलनमा जानकारी गराईएको छ । चालकले सडक लेन अनुशासन पालना नगरी जथाभावी सवारी सञ्चालन गरेका कारण पनि दुर्घटना बढेको निश्कर्ष निकाल्दै प्रहरीले सडक लेन अनुशासन कार्यान्वयन गराउन अभियान सञ्चालन गर्न लागिएको उहाँले बताउनु भयो ।

दुर्घटना अघिल्लो आ.व.को पहिलो ६ महिना भन्दा चालु आ.व.को पहिलो ६ महिनामा १३ प्रतिशतले बढ्यो

लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका अनुसार लुम्बिनी प्रदेशमा अंघिल्लो आर्थिक वर्षको पहिलो ६ महिनामा भन्दा चालु आर्थिक वर्षको पहिलो ६ महिनामा दुर्घटना संख्या झण्डै १३ प्रतिशतले बृद्धि भएको छ । अघिल्लो आर्थिक वर्षको साउनदेखि पुस महिनासम्म लुम्बिनी प्रदेशका १२ जिल्लामा ५६६ वटा दुर्घटना भएको थियो भने चालु आर्थिक वर्षको साउन देखि पुस महिनासम्म ६३७ वटा दुर्घटना भएका छन् । कोरोना भाईरस महामारीका कारण न्यून संख्यामा सवारी साधन सञ्चालन भएपनि दुर्घटना भने चालु आर्थिक वर्षको पहिलो ६ महिनामा बढेको देखिन्छ । यसको प्रमुख कारण सडक खुल्ला भएको कारण लापरवाही गरेर सवारी सञ्चालन गर्नुनै भएको ट्राफिक प्रमुख एसपी बिक बताउनु हुन्छ ।
अघिल्लो आर्थिक वर्षको पहिलो ६ महिनामा भन्दा चालु आर्थिक वर्षको पहिलो ६ महिनामा दुर्घटनामा परि ज्यान गुमाउनेको संख्या भने घटेको छ । सवारी दुर्घटनामा परि अघिल्लो आर्थिक वर्षको पहिलो ६ महिनामा २७६ जनाले ज्यान गुमाएका थिए भने चालु आर्थिक वर्षको पहिलो ६ महिनामा २५६ जनाले ज्यान गुमाएका छन् ।
लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालयले चालु आर्थिक वर्षको पहिलो ६ महिनामा १ लाख ३४ हजार ७२० सवारीलाई कारवाही गरेको छ । जसबाट ८ करोड ५२ लाख ८९ हजार राजश्व संकलन गरेको छ । यो अघिल्लो आर्थिक वर्षको पहिलो ६ महिनाको भन्दा २८ प्रतिशतले बढी हो ।रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही उपमहानगरपालिका वडा नं. १५, ट्राफिक चोक स्थित जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङको प्राङ्गमा जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङ जिल्ला प्रहरी कार्यालय दाङ प्राविधिक सहयोग: नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार केन्द्र, घोराही दाङ जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक केशव बहादुर खड्का* ज्यू, यातायात व्यवसायी, अटो व्यवसायी तथा चालकहरू, प्रहरी कर्मचारीहरू लगायतको […]

बाँके । नेपालगन्ज सदस्य पदका उम्मेदवार: सुरज बहादुर भण्डारी होटेल स्वस्तिक एवं स्वतिक कटेजका संचालक पनि हुन् किन सुरज बहादुर भण्डारीलाई भोट दिने ? गत २५ वर्षदेखि नेपालगन्जको व्यवसायमा सक्रिय भण्डारीसँग लामो अनुभव छ। व्यवसायीको समस्या, संघर्ष र सम्भावना उहाँले नजिकबाट बुझ्नुभएको छ। उहाँको प्रतिबद्धता, व्यवसायीको हकहित साना, मझौला र ठूला सबै व्यवसायीको आवाज बुलन्द […]

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले संसदीय समितिको बैठकमा आफू र प्रहरी संगठनमाथि तथ्यहीन तथा जथाभावी आरोप लगाइएको भन्दै असन्तुष्टि जनाएका छन्। सार्वजनिक निकायका बैठक तथा छलफलमा अभिव्यक्ति दिँदा संस्थागत मर्यादा र शिष्टता कायम गर्नुपर्ने उनको भनाइ छ। बुधबार प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै कार्कीले वर्षौँदेखि निष्ठापूर्वक जिम्मेवारी निर्वाह गरिरहेका […]