०४ चैत्र २०८२, बुधबार
18-03-2026 , Wed
×

राष्ट्रिय जनमोर्चा दाङले घर घरमा वाडमा सभा टोल समिती गठन गर्दै

Logo
प्रकाशित सोमबार, माघ ०५, २०७७

(सागर थापा) दाङ। घोराही उपमहानगर भरी सातव वटा टिम निर्माण गरि अभियान चल्ने भएको नहो । जसमा वडा नम्बर १ देखि ४ सम्मको टोलिको नेतृत्व मनिराम खनाल को हुनेछ जसको सयुक्त कार्यकता भेला माघ ८ गते सुनपुरमा हुनेछ । ५ देखि ७ को हरी खरेल को नेतृत्व हुनेछ , जसको भेला माघ १२ गते हुनेछ । ८ देखि १० को चन्द्रबहादुर रावत को नेतृत्व हुनेछ , जसको भेला माघ ९ गते हुनेछ । ११ र १२ को नेतृत्व टीका बिकको हुनेछ , जसको भेला माघ १३ गते हुनेछ । १३ देखि १६ को नेतृत्व रामबहादुर जि एम को हुनेछ, जसको भेला माघ १० गते हुनेछ । १७ र १८ को नेतृत्व खडानन्द खनालको हुनेछ , जसको भेला माघ ११ गते हुनेछ । वडा नम्बर १९ को नेतृत्व मंगल घर्तीको हुनेछ , जसको भेला माघ ७ गते हुनेछ । गणतन्त्र , धर्म निरपेक्षता र राष्ट्रियताको पक्षमा तथा भ्रष्टाचार , संघीयता र केपि सरकारको असंबैधानिक कदमका विरुद्धमा संघर्श र संगठनको अभियान चल्ने भएको हो । घोराहीमा चल्ने उक्त अभियानको लागि राम बहादुर जि एम सयोजक रहने गरि ९ सदस्यीय मुल परिचालन समिती गठन भएको छ । जसको सदस्यहरुमा सुशील पोख्रेल , हरी खरेल, मनिराम खनाल, टीका बि क , खडानन्द खनाल, कृष्णा राना, चन्द्रबहादुर राना, मिनु सुवेदी लगायत रहनु भएको छ । नगर अध्यक्ष हरी खरेलको अध्यक्षता र जिल्ला अध्यक्ष गणेश आचार्यको प्रमुख आतिथ्यतामा माघ ५ गते बसेको नगर समितिको बैठकले यी कार्यक्रमहरु तर्जुमा गरेको हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । तुल्सीपुर चलचित्र पत्रकार संघ दाङ शाखाको कार्यसमिति चयनप्रति मेरो गम्भीर आपत्ति रहेको जानकारी गराउन चाहन्छु । म चलचित्र पत्रकार सङ्घ दाङमा दुई कार्यकाल कार्यसमिति सदस्यको रूपमा जिम्मेवारी निर्वाह गरिसकेको व्यक्ति हुँ । संस्थाप्रतिको माया, लगाव र निरन्तर सक्रियताका कारण यस पटक सचिव पदमा मेरो स्वाभाविक आकांक्षा पनि थियो । तर दुर्भाग्यवश, संस्थाको विधि, […]

सुर्खेत । कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालय सुर्खेतका निमित्त कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक हरि बहादुर बि.सी.बाट कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरुको व्यक्तिगत टर्नआउट, विभिन्न शाखाहरु, मेश, ब्यारेक तथा वाड एरियाको निरीक्षण गर्नुका साथै आवश्यक निर्देशन प्रदान गर्नु भएको ।

मकवानपुर । मनहरी गाउँपालिका–१ मकरीमा लागुऔषध सेवनकर्तासँग भएको झडपमा एक जना प्रहरी सहायक निरीक्षक र एक युवक घाइते भएका छन् । प्रहरी चौकी पदमपोखरीबाट खटिएका प्रहरी सहायक निरीक्षक दिलबहादुर तामाङमाथि गएराति लागुऔषध सेवनकर्ताले बञ्चरो प्रहार गरेका थिए। उक्त आक्रमणमा तामाङ घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए । प्रहरीका […]

error: Content is protected !!