२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

निगमको रक्सौल डिपो बन्द मासिक एक करोड बचत हुने

Logo
प्रकाशित मंगलबार, माघ ०६, २०७७

 

रक्सौल । नेपाल आयल निगमलाई मासिक एक करोड रुपियाँ बचत हुने भएको छ । रक्सौल डिपोबाट मासिक ४० हजार किलोलिटर डिजेल नेपाल आउने गरेकामा उक्त डिजेल पाइपलाइनबाट ल्याएपछि ढुवानी भाडाबापतको रकम बचत हुँदा निगम नाफामा गएको हो । जसअनुसार हालकै अवस्थामा पनि निगमलाई वार्षिक १२ करोड रुपियाँभन्दा बढी नाफा हुनेछ ।
मोतीहारी–अमलेखगञ्ज पाइपलाइन पूर्ण रूपमा सञ्चालन भएपछि रक्सौल डिपोको औचित्य समाप्त भएको नेपाल आयल निगमले जनाएको छ । तीन वर्षअघि नै नेपाल र भारतका मन्त्री तथा सचिवस्तरीय बैठकमा रक्सौल डिपो हटाउने सहमति भएको थियो ।
हवाई इन्धन पाइपलाइनबाट ल्याउन नथालिएकाले तत्कालका लागि हवाई इन्धन मात्र रक्सौल डिपोबाट ल्याइनेछ ।
निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले भन्नुभयो, “पाइपलाइन पूर्ण रूपमा चालू भएपछि रक्सौल डिपोको औचित्य रहेन, पहिल्यै बन्द गर्न खोजिएको थियो तर हामीले पाइपलाइनको पूर्ण सञ्चालन र भण्डार वृद्धि नभएसम्म बन्द गर्न दिएका थिएनौँ । ”
इन्डियन आयल कर्पोरेसनले दुई वर्षदेखि सुरक्षाका कारण उक्त डिपो सञ्चालनमा समस्या भएको जनाएको थियो । नेपाल आयल निगमले आइतबार उक्त डिपोबाट पेट्रोलियम पदार्थको आयात बन्द गर्ने निर्णय गरेको हो ।
रक्सौल डिपोबाट पेट्रोलियम पदार्थ आयात गरिरहेका बारा र पर्साका पेट्रोलियम व्यवसायीलाई निगमको २ नम्बर प्रादेशिक कार्यालयबाट खरिदको व्यवस्था गरिएको छ । यसअघि रक्सौल नाकाबाट लोड लिएर निगमको वीरगञ्ज शाखा कार्यालयबाट बिलिङ गर्दै आएको पेट्रोलियम पदार्थका अधिकृत बिक्रेताले अब २ नम्बर प्रादेशिक कार्यालयबाट पेट्रोलियम पदार्थ लिने र बिलिङ गर्नुपर्ने निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिनुभयो ।
रक्सौल डिपोबाट कारोबार गर्दै आएका पेट्रोलियम डिलर्स एसोसिएसन, बिक्रेता तथा स्थानीय प्रशासनबीच निगमले स्थानीय तहमै छलफल गरेको थियो । मोतीहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनको अधिकतम उपयोग नहुँदासम्म वा इन्डियन आयल कर्पोरेसनले मोतीहारी डिपोको संरचना निर्माण कार्य पूरा नभएसम्म पेट्रोलियम पदार्थको सहज आपूर्ति नहुने तथा निगमको लागत बढ्ने सम्भावना रहेको निगमले जनाएको छ ।
रक्सौल डिपोबाट पेट्रोलियम पदार्थ आयात बन्द भएपछि बारा र पर्साका अधिकृत बिक्रेताले पेट्रोलियम पदार्थ डिलर्स एसोसिएसनको समन्वयमा प्रदेश २ प्रादेशिक कार्यालयबाट खरिद गर्ने सहमति भएको छ । गत महिना अमलेखगञ्ज डिपोबाट एक लाख किलोलिटर पेट्रोलियम पदार्थ आपूर्ति गर्न रक्सौल डिपोबाट ४० हजार किलोलिटर र पाइपलाइनबाट ६० हजार किलोलिटर आयात भएको निगमको रेकर्ड छ ।रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!