२६ आषाढ २०८२, बिहिबार
10-07-2025 , Thu
×

काठमाडौंको अन्डर ग्राउन्ड विद्युतीय तार बिछ्याने कार्य विस्तार

Logo
प्रकाशित मंगलबार, माघ ०६, २०७७

 

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले ठेक्का सम्झौता गरेपछि अझ विस्तार हुने भएको हो ।प्राधिकरणका प्रवक्ता मदन तिम्सिनाले तेस्रो चरणमा जोरपाटी, साँखु, पेप्सीकोला टाउन प्लानिङ, कलङ्की, कीर्तिपुर, कुलेश्वर, बानेश्वरलगायतका क्षेत्रमा बिजुलीको तार भूमिगत गर्न ठेक्का सम्झौता भएको जानकारी दिनुभयो । तीन वर्षभित्र काम सम्पन्न गर्ने गरी भारतीय कम्पनी एलएनटी कन्स्ट्रक्सनसँग सम्झौता भएको हो ।
प्राधिकरणले काठमाडौँको विद्युत् प्रणाली क्षमता अभिवृद्धि तथा सहरी क्षेत्रमा विद्युतीय जोखिम न्यून गर्ने उद्देश्यसहित सुरु गरेको विद्युत्को तार भूमिगत गर्ने कार्य धमाधम भइरहेको छ । प्राधिकरणले पूर्व–उत्तर, मध्य–पश्चिम र पश्चिम क्षेत्र गरी तीन चरण र क्षेत्र विभाजन गरी काठमाडौँमा बिजुलीको तारलाई अहिले भूमिगत गर्ने काम गरिरहेको छ । यी तीन चरणमध्ये पूर्व–उत्तर, मध्य–पश्चिम क्षेत्रमा भूमिगत गर्ने कार्य सुरु भइसकेको छ भने पश्चिम क्षेत्रका लागि अहिले सम्झौता भएको प्रवक्ता तिम्सिनाले बताउनुभयो ।
पूर्व–उत्तर क्षेत्र चरणअन्तर्गत अहिले चाबहिल, चुच्चेपाटी, मित्रपार्क, कोटेश्वर, जडीबुटी, नयाँबजार खुसिबु, लैनचौर क्षेत्रमा अहिले विद्युत्को तार भूमिगत गर्ने काम तीव्र रूपमा अगाडि बढिरहेको छ । त्यसैगरी मध्य–पश्चिम चरणअन्तर्गत लैनचौरदेखि बूढानीलकण्ठसम्म काम भइरहेको छ । यस चरणको ठेक्का भारतीय कम्पनी केईआई इन्डस्ट्रिजले पाएकोे छ ।
अहिले रत्नपार्क र महाराजगञ्ज वितरण केन्द्रका तारलाई भूमिगत गर्ने कार्य भइरहेको छ । यस वितरण केन्द्रका तारलाई भूमिगत गर्न प्राधिकरण र भारतको केईआई इन्डस्ट्रिजबीच २०७५ चैत ११ गते ठेक्कापट्टा सम्झौता सम्पन्न भई २०७६ वैशाख १२ गतेदेखि ठेक्का सम्झौता लागू भएको थियो । रत्नपार्क र महाराजगञ्ज वितरण केन्द्रका तारलाई भूमिगत गर्न पहिलो पटक २०७४ साउन २ गते बोलपत्र आह्वान गरिएकोमा उच्च मूल्यसहितको बोलपत्र दर्ता भएकाले सो बोलपत्रलाई रद्द गरी २०७५ कात्तिक ८ गते पुनः बोलपत्र आह्वान गरिएको थियो ।

सडक खन्नैपर्ने बाध्यता
तारलाई भूमिगत गर्न खानेपानीको पाइप पुर्ने जस्ता बाटो खन्न नपर्ने र होरिजेन्टल डिरेक्सन ड्रिलिङ (एचडीडी) प्रविधिको माध्यमबाट ठाउँठाउँमा निश्चित दूरीमा ड्रिल गरेर तार भूमिगत गर्नुपर्ने भनिए पनि अहिले तार भूमिगत गर्न सडक खन्नुपरेको छ ।
तार भूमिगत आयोजनाका इन्जिनियर अभिषेक अधिकारीले ठूलो क्षमताको केबल भूमिगत गर्नुपरेका कारण सडक खन्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘लैनचौरदेखि चपलीसम्म ६६ केजीको छवटा ट्रान्समिसन केबल भूमिगत गरिएको छ, जुन एचडीडी प्रविधिबाट सम्भव थिएन ।’’
त्यसैगरी एकै ठाउँमा तलमाथि खानेपानी, ढलको पाइप बिछ्याइएकाले एचडीडी प्रविधिबाट ड्रिलिङ गर्दा ती पाइप फुट्ने भएकाले सडक खन्नुपर्ने बाध्यता सिर्जना भएको उहाँले प्रस्ट पार्नुभयो । एकै ठाउँमा तलमाथि पाँचवटासमेत पाइप बिछ्याइएको पाइएको उहाँले बताउनुभयो ।
एचडीडी प्रविधिको माध्यमबाट ठाउँठाउँमा निश्चित दूरीमा ड्रिल गरेर प्वाल बनाइन्छ र त्यहाँबाट दुईवटा पाइप छिराइन्छ । ती पाइपमध्ये एउटामा विद्युतीय तार र अर्कोमा सञ्चार प्रयोजनका तार छिराइने गरिन्छ ।

कक्षबाटै ‘नियन्त्रण’
तार भूमिगत भइसकेपछि त्यसको नियन्त्रण तथा अनुगमन नियन्त्रण कक्षबाट हुन्छ । वितरण लाइनमा कहाँ कस्तो समस्या आयो त्यसको जानकारी नियन्त्रण कक्षमा कम्प्युटरबाट थाहा पाइने छ ।
वितरण प्रणालीमा कतै केही समस्या आयो भने नियन्त्रण कक्षमा सङ्केत जाने (बत्ती बल्ने, घण्टी बज्ने) भएकाले समयमा नै समस्याको समाधान गरिने तथा नियन्त्रण कक्षबाट नै ‘मेन्टिनेन्स टिम’ परिचालन हुने भएकाले जनशक्ति र लागतमा समेत उल्लेखनीय कमी आउने विश्वास प्राधिकरणको रहेको छ ।

रेडियो फ्रिक्वेन्सी जडान
प्राधिकरणका अनुसार भूमिगत हुने प्रसारण लाइनमा जीपीएस प्रविधि जडान गरिनेछ । अप्टिकल फाइबरमार्फत प्रसारण लाइनमा रेडियो फ्रिक्वेन्सी पनि जडान गरिनेछ । त्यसले प्रसारण लाइनको अवस्थिति मात्र नभई तार ठीक भए–नभएको सूचनासमेत सङ्कलन गर्नेछ ।
त्यसैगरी ग्राहकका घरमा जोडिने सबै मिटर ‘स्मार्ट मिटर’ हुनेछन् । स्मार्ट मिटरले ग्राहकको घरमा खपत हुने विद्युत्को परिमाणसँगै महसुल तिरे–नतिरेको सूचनासमेत केन्द्रलाई दिनेछ ।रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

धनगढी । नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत विकाश विभाग, कर्मचारी प्रशासन शाखाको चलानी नम्बर ८०६१ र ८०६३ मिति २०८२।०३।२३ गतेको निर्णयले प्रहरी सहायक हवल्दार पदबाट प्रहरी हवल्दार पदमा बढुवा हुनु भएका प्रहरी हवल्दार मनोज राम महर, ललित बहादुर सिंह, अशोक कुमार अधिकारी, पुजा कुमारी बोकटी, दिपेन्द्र बहादुर भण्डारी, बिरेन्द्र सिंह धामी र प्रहरी जवान पदबाट […]

बाँके । बर्दिया र तराई क्षेत्रमा वर्षायाममा बबई नदीमा आउने बाढीले हरेक वर्ष ठूलो जनधनको क्षति पुर्‍याउने गर्दछ। यस क्षेत्रको भौगोलिक बनावट र नदीको बहावका कारण बाढीको जोखिम उच्च छ। बाढीबाट बच्न र क्षति कम गर्नका लागि निम्न कुराहरूमा ध्यान दिनु आवश्यक छ: पूर्व-तयारी: वर्षायाम सुरु हुनुअघि नै घरका सामानहरू सुरक्षित स्थानमा सार्ने, खाद्यान्न र […]

रसुवा । गोसाईंकुण्ड गाउँपालिका वडा नम्बर ३ लिङलिङमा उद्धारको लागि २ नम्बर गुल्मबाट गएका सहायक हवल्दार विशाल थापा भिरबाट लडेर घाइते भएका हुन् । २१ जनाको टोली गएकोमा थापा १० मिटर तल खोँचामा खसेका थिए । उनको टाउको र घुँडामा चोट लागेको सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए । उनको प्राथमिक […]

error: Content is protected !!