०५ जेठ २०८१, शनिबार
18-05-2024 , Sat
×

साझ र बिहान छक तार्न सडक छैउमा ब्यापार गर्नेहरुमाथि नगर प्रहरीको दमन

Logo
प्रकाशित मंगलबार, माघ ०६, २०७७

दाङ। घोराही बजारका विभिन्न स्थानहरुमा सडक पेटिमा फलफुल तथा तरकारी विक्री गरेर कयौले आफ्नो साझ विहानको छाक जुटाउने गरेका छन् । घोराहीको नेपाल विद्युत प्राधिकरण अगाडी, सहिद गेट, बैंक रोड लगाएतका विभिन्न स्थानमा सडक छैउमा फलफुल तथा तरकारी विक्री गर्दै उनिहरुले आफ्नो दैनिकी चलाएका छन् ।

सडक पेटीकै व्यवसायको भरमा जिवन निर्वाह गरिरहेका उनिहरुलाई नगर प्रहरीले वेलावेलामा उठाउने गरेको छ । जस्का कारण व्यवसायीहरुलाई समस्याभएको छ । घोराहीको नेपाल विद्युत प्राधिकरण अगाडीको सडक छेउमा फलफुल विक्रि गर्दै आउनु शालिकराम भण्डारी भन्नुहुन्छ,–‘हामी माथि नगर प्रहरीले ज्यादती गरेको छ ।

नगर प्रहरीले हामीलाई उठाउछ । नगर प्रहरीको दमन सहदै पनि हामीले यो गर्र्नु हाम्रो रहर होईन बाध्यता हो । त्यसैले हामीलाई उठाउने भन्दा पनि कसरी व्यवस्थापन गर्न सकिन्छ भन्ने तर्फ घोराही उपमहानगरले सोच्नु पर्छ, उहाँले भन्नु भयो ।

यस्तै घोराहीकै रामसरी सुनारले भन्नु भयो,–‘सबै व्यवसायीहरुले सडक पेटि मिच्ने गरेर आफ्नो व्यवसाय गरेका हुन्छन् । त्यो घोराही उपमहानगरले देख्दैन तर हामीले सडकको त्यत्ति नै भाग ओगट्ने गरेर गरेको व्यापार देख्छ ।
गरिव दुखीलाई सरकारले पनि हेलाको व्यवहार गर्दाे रैछ । बरु हामी भाडा तिर्न तयार छौँ तर हामीलाई बेला बेलामा नगर प्रहरी आउदै र उठाउने काम बन्द गरियोस्,–उहाँले भन्नु भयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(ABC-Sanchar) काठमाडौं । शुक्रबार मन्त्रीस्तरीय निर्णयबाट पर्वत, बागलुङ र बाँकेका प्रमुख जिल्ला अधिकारी परिवर्तन गरिएको हो। पर्वतको प्रजिअमा सहसचिव केदारनाथ शर्मालाई पठाइएको छ भने बागलुङमा नेत्रप्रसाद सुवेदीलाई सरूवा गरिएको छ। त्यस्तै बागलुङका प्रजिअ खगेन्द्रप्रसाद रिजालला सरूवा गरी बाँके पठाइएको छ।

(ABC-Sanchar) काठमाडौं । जनकपुरधाममा कारले मोटरसाइकललाई ठक्कर दिँदा पत्रकार शिवेन्द्र रोहिताको मृत्यु भएको छ । जनकपुरधाम उपमहानगरपालिका–९ थापाचोकमा आज बिहान बा२१च ३३४३ नम्बरको कारले पत्रकार रोहिता सवार प्रदेश२ज ५६९४ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । उनको घटनास्थलमै मृत्यु भएको प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले जानकारी दिए । धनुषाको सहिदनगर नगरपालिका–८ घर भएका ३२ वर्षीय रोहिता ‘जनकपुर […]

(सागर रोका) दाङ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९ बाहिरी सक्राममा विद्यालयस्तरीय खुला वक्तृत्वकला गरिएको थियोे । नयाँ पाइला पुनःस्थापना केन्द्र बिजौरीको सहयोगमा पूर्व विद्यार्थी समाज मा.वि भित्री सक्रामले शुक्रबार आज प्रतियोगिताको आयोजना गरेको हो । ‘लागूऔषध दुर्व्यसनको वर्तमान अवस्था र नियन्त्रणका उपाय’ विषयमा वक्तृत्वकला प्रतियोगितामा २७ जना प्रतियोगीले भाग लिएका थिए । प्रतियोगितामा लिटिल […]