०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
×

ललितपुरको चाँगाथलीमा श्रीमान र श्रीमती घरभित्रै मृत अबस्थामा फेला

Logo
प्रकाशित मंगलबार, माघ ०६, २०७७

 

ABC (क्राईमबिट)
काठमाडौं । ललितपुरको महालक्ष्मी नगरपालिका–७ चाँगाथलीमा घर भित्रै एउटा दम्पति (श्रीमान्–श्रीमती) मृत फेला परेका छन् ।

सप्तरीको राजविराज घर भइ चाँगाथलीमा फ्ल्याट भाडामा लिएर बस्दै आएका ३२ वर्षीय सागर पोखरेल र उनकी श्रीमती २२ वर्षीय निर्मला पोखरेल सोमबार घर भित्रै मृत फेला परेका हुन् ।

प्रहरीका अनुसार सागर लामो समयदेखि ललितपुरमै बस्दै आएका थिए । मृत भेटिएको चाँगाथलीको फ्ल्याटमा उनीहरु ४ वर्षदेखि बस्दै आएका थिए ।

महानगरीय प्रहरी परिसर ललितपुरकी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) किरण बब्राचार्यले सागर र निर्मला मृत भेटिएको कोठामा सल्फास नामक विषादीको बट्टा समेत भेटिएको छ । घटनास्थलको प्रकृति हेर्दा दुवै जनाले आत्महत्या गरेको देखिए पनि अन्य कोणबाट समेत अनुसन्धान भइरहेको एसएसपी बज्राचार्यले जानकारी दिइन् ।

मृत भेटिएका सागर भेटनरीको सामान सप्लाइको काम गर्दै आएका थिए । उनले गत फागुनमा निर्मलासँग विवाह गरेका थिए । चाँगाथलीमा उनीहरु बुवा–आमासँग बस्दै आएका थिए । तर, शुक्रबार मात्र उनीहरुका बुवाआमा आफन्तकहाँ गएका थिए ।

आइतबार बिहान छोराबुहारीलाई फोन गर्दा सम्पर्क नभएपछि बुवाआमाले घरभेटीलाई फोन गरेका थिए । घरभेटीले फ्ल्याटको ढोका खोलेर हेर्दा अस्वभाविक अवस्था देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

प्रहरीले घटनास्थलमा कुनै पनि सुसाइट नोट वा मृत्युको कारण खुल्ने कागजात फेला नपरेको जानकारी दिएको छ । घटनास्थलमा पुग्दा मृतक पुरुषको तल्लो शरीरको तल्लो भाग भने अर्धनग्न अवस्थामा भेटिएको प्रहरीले जानकारी दिएको छ ।रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्यमा दाङकी साजिदा खातुन सिद्धिकी निर्विरोध निर्वाचित भएकी छिन् । केन्द्रीय निर्वाचन आयोगले प्रकाशन गरेको प्रारम्भिक नामावलीमा तोकिए कोटाभन्दा बढी उम्मेदवारी नपर्दा उनी निर्विरोध निर्वाचित भएकी हुन् । उनी मुस्लिम महिलातर्फ निर्विरोध कैन्द्रीय सदस्य भएकी छिन् ।

  काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर गरेको छ। निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले पेट्रोलको मूल्य बढाउने तथा डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ मूल्य वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ४/४ रुपैयाँ मूल्य घटाइएको छ। यो नयाँ मूल्यसूची भोलि बिहान […]

भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीबाट खटिई गएको ट्राफिक प्रहरीद्वारा जिल्ला रुपन्देही सिद्धार्थ नगरपालीका वडा नं. १ बेलहिया स्थित BR06PF2851 र UP17AT7229 भारतिय बसहरुले सवारी तथा यातायात ब्यवस्था ऐन, २०४९ को दफा १२ बिपरित कार्य गरेको हुदा नियन्त्रणमा लिई यातायात ब्यवस्था कार्यालय लुम्बिनी रुपन्देहीबाट जनही रु १००००।– जरिवाना भए पश्चात छाडिएको । साथै भारतिय […]

error: Content is protected !!