०४ चैत्र २०८२, बुधबार
18-03-2026 , Wed
×

नेकपा र कांग्रेस कार्यकर्ताबीच झडप वडाध्यक्षसहित ३ जना प्रहरी घाइते

Logo
प्रकाशित मंगलबार, माघ ०६, २०७७

 

ABC (क्राईमबिट)
रुकुम पश्चिम । आठबिसकोट नगरपालिका-९ राडी बजारमा राजनैतिक पूर्व रिसईवीको कारण दुई पक्षबीच भएको झडपमा सोही वडाका अध्यक्ष तारक बहादुर शाही समेत ४ जना घाइते भएका छन् ।

नेपाली कांग्रेस र नेकपा (प्रचण्ड/माधव समूह)का कार्यकर्ताबीच सोमबार साँझ पूर्व रिसईवीको कारण झैझगडा भएको विषयलाई लिएर मंगलबार बिहान दुवैपक्षबीच झडप हुँदा वडाध्यक्ष शाही र भीड नियन्त्रण गर्ने क्रममा भीडले ढुङ्गा प्रहार गर्दा ३ जना प्रहरी कर्मचारीहरू घाइते भएका हुन् । उनीहरूको अवस्था सामान्य रहेको छ ।

स्थितिलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले हवाई फायर समेत गरेको छ । जिल्ला प्रहरी कार्यालय रुकुम (पश्चिम) लगायतका प्रहरी युनिट र सशस्त्र प्रहरी बल समेतबाट थप सुरक्षाकर्मीको टोली उक्त स्थानमा खटिई गई स्थितिलाई नियन्त्रणमा लिने प्रयास भईरहेको छ । घटना सम्बन्धमा प्रहरीबाट थप अनुसन्धानको पहल समेत भइरहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । तुल्सीपुर चलचित्र पत्रकार संघ दाङ शाखाको कार्यसमिति चयनप्रति मेरो गम्भीर आपत्ति रहेको जानकारी गराउन चाहन्छु । म चलचित्र पत्रकार सङ्घ दाङमा दुई कार्यकाल कार्यसमिति सदस्यको रूपमा जिम्मेवारी निर्वाह गरिसकेको व्यक्ति हुँ । संस्थाप्रतिको माया, लगाव र निरन्तर सक्रियताका कारण यस पटक सचिव पदमा मेरो स्वाभाविक आकांक्षा पनि थियो । तर दुर्भाग्यवश, संस्थाको विधि, […]

सुर्खेत । कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालय सुर्खेतका निमित्त कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक हरि बहादुर बि.सी.बाट कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरुको व्यक्तिगत टर्नआउट, विभिन्न शाखाहरु, मेश, ब्यारेक तथा वाड एरियाको निरीक्षण गर्नुका साथै आवश्यक निर्देशन प्रदान गर्नु भएको ।

मकवानपुर । मनहरी गाउँपालिका–१ मकरीमा लागुऔषध सेवनकर्तासँग भएको झडपमा एक जना प्रहरी सहायक निरीक्षक र एक युवक घाइते भएका छन् । प्रहरी चौकी पदमपोखरीबाट खटिएका प्रहरी सहायक निरीक्षक दिलबहादुर तामाङमाथि गएराति लागुऔषध सेवनकर्ताले बञ्चरो प्रहार गरेका थिए। उक्त आक्रमणमा तामाङ घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए । प्रहरीका […]

error: Content is protected !!