०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
×

बाँके ट्राफिकले मापदण्ड बिपरित नदिजन्य बोक्ने ट्याक्टरहरु कार्वाही

Logo
प्रकाशित बुधबार, माघ ०७, २०७७

(महेन्द्र सिंह)
बाँके। जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले राप्ती नदीबाट मापदण्ड बिपरित नदिजन्य पदार्थ बोकेर ल्याउदै गरेका ट्याक्टरहरुलाई नियन्त्रणमा लिएर जरिवाना कारबाही गरेको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेको कडा निर्देशनमा अस्थाई ट्राफिक प्रहरी पोष्ट फुल्टेक्राले मापदण्ड बिपरित राप्ती नदीबाट क्षमता भन्दा बढी नदिजन्य पदार्थ बोक्ने ट्याक्टरहरुलाई नियन्त्रणमा लिई बढी भएको माल अनलोड गर्न लगाएको छ। ट्राफिक नियम उल्लंघन गर्दै नियम बिपरित नदिजन्य पदार्थ बोकेर यस पटकलाई अनलोड गर्न लगाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका ट्राफिक प्रमुख प्रहरी निरीक्षक राजु भण्डारीले जानकारी दिनुभएको छ। अहिलेलाई यति गरिएको छ। अब आइन्दा यस्तो कार्य दोहरिएपछि कारबाही गरिने बाँके ट्राफिकले बताएको छ। डुडुवा गाउँपालिकाको कम्दीस्थित राप्ती नदीको पुल हुँदै सोही बाटो नदिजन्य पदार्थ बोकेर आउने ट्याक्टर लगायत टिपरले सडकको अवस्था समेत बेहाल गरिरहेको अवस्थामा बाँके ट्राफिकले यस्ता कार्य गर्ने सवारीसाधनलाई कारबाही गरिने बाँके ट्राफिक प्रमुख भण्डारीले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्यमा दाङकी साजिदा खातुन सिद्धिकी निर्विरोध निर्वाचित भएकी छिन् । केन्द्रीय निर्वाचन आयोगले प्रकाशन गरेको प्रारम्भिक नामावलीमा तोकिए कोटाभन्दा बढी उम्मेदवारी नपर्दा उनी निर्विरोध निर्वाचित भएकी हुन् । उनी मुस्लिम महिलातर्फ निर्विरोध कैन्द्रीय सदस्य भएकी छिन् ।

  काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर गरेको छ। निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले पेट्रोलको मूल्य बढाउने तथा डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ मूल्य वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ४/४ रुपैयाँ मूल्य घटाइएको छ। यो नयाँ मूल्यसूची भोलि बिहान […]

भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीबाट खटिई गएको ट्राफिक प्रहरीद्वारा जिल्ला रुपन्देही सिद्धार्थ नगरपालीका वडा नं. १ बेलहिया स्थित BR06PF2851 र UP17AT7229 भारतिय बसहरुले सवारी तथा यातायात ब्यवस्था ऐन, २०४९ को दफा १२ बिपरित कार्य गरेको हुदा नियन्त्रणमा लिई यातायात ब्यवस्था कार्यालय लुम्बिनी रुपन्देहीबाट जनही रु १००००।– जरिवाना भए पश्चात छाडिएको । साथै भारतिय […]

error: Content is protected !!