०४ चैत्र २०८२, बुधबार
18-03-2026 , Wed
×

दाङमा सशस्त्र प्रहरी जवान झुन्डिएको अवस्थामा मृत्यु फेला

Logo
प्रकाशित बुधबार, माघ ०७, २०७७

ABC (क्राईमबिट) दाङ । पूर्वपश्चिम राजमार्ग देखि पचास मिटर उत्तर तर्फ अजम्मरी सामुदायिक वनमा बिहान सात बजे प्रहरी जवान झुण्डिएको अवस्थामा फेला परेको वडा प्रहरी कार्यालय लमहीका प्रहरी प्रमुख प्रहरी निरिक्षक राजन पौडेलले जानकारी दिए ।

मृतक प्रहरी जवान नुवाकोट घर भएका अन्दाजी २९ बर्षीय रमेश लामा भएको भन्ने बुझिए अन्य कुरा खुल्न सकेको छैन । घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरी निरिक्षक पौडेलले बताए । प्रहरीका अनुसार उनी बारा जिल्लाबाट सरूवा भइ सशस्त्र प्रहरी बल नम्बर ४१ अर्जुनखोलामा हाजिर हुन आएको बुझिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । तुल्सीपुर चलचित्र पत्रकार संघ दाङ शाखाको कार्यसमिति चयनप्रति मेरो गम्भीर आपत्ति रहेको जानकारी गराउन चाहन्छु । म चलचित्र पत्रकार सङ्घ दाङमा दुई कार्यकाल कार्यसमिति सदस्यको रूपमा जिम्मेवारी निर्वाह गरिसकेको व्यक्ति हुँ । संस्थाप्रतिको माया, लगाव र निरन्तर सक्रियताका कारण यस पटक सचिव पदमा मेरो स्वाभाविक आकांक्षा पनि थियो । तर दुर्भाग्यवश, संस्थाको विधि, […]

सुर्खेत । कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालय सुर्खेतका निमित्त कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक हरि बहादुर बि.सी.बाट कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरुको व्यक्तिगत टर्नआउट, विभिन्न शाखाहरु, मेश, ब्यारेक तथा वाड एरियाको निरीक्षण गर्नुका साथै आवश्यक निर्देशन प्रदान गर्नु भएको ।

मकवानपुर । मनहरी गाउँपालिका–१ मकरीमा लागुऔषध सेवनकर्तासँग भएको झडपमा एक जना प्रहरी सहायक निरीक्षक र एक युवक घाइते भएका छन् । प्रहरी चौकी पदमपोखरीबाट खटिएका प्रहरी सहायक निरीक्षक दिलबहादुर तामाङमाथि गएराति लागुऔषध सेवनकर्ताले बञ्चरो प्रहार गरेका थिए। उक्त आक्रमणमा तामाङ घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए । प्रहरीका […]

error: Content is protected !!