२६ जेठ २०८३, मंगलबार
09-06-2026 , Tue
×

भत्ता बाड्न घरमै पुग्छन वडा अध्यक्ष

Logo
प्रकाशित शुक्रबार, जेठ १८, २०७५

सलिम अन्सारी,प्युठान
९० नाघेका बृद्ध । सेतै फुलेको दाह्रीजुगाँ । कपाल र दाँत पनि खसी सकेका छन् । सरुमारानी गाउपालिका-२ का गेहेन्द्र बहादुर जिसि उमेरले थलिएका छन। उनी आफै हिड्दुल गर्न सक्दैन्न त्यसैले ओच्यानमै पल्टेर उनको दैनिकी बित्छ । यसअघि भत्ता बुझ्न लठ्ठीको सहारामा हिडेरै तत्कालिन गाविस कार्यालयमा पुग्नुपर्थयो उनलाई । हिडेरै हैरान हुन्थे,मुस्किलले आफ्नो घर फर्कन्थे ।भत्ता बुझ्न जाँदा एकजना साथी नभई हुन्थेन ।यो पटक भने उनलाई भत्ता बुझ्न घर छोडेर कतै जानुपरेन।यसपाली कर्मचारी र वडाअध्यक्ष घरमै आएर हातमा दश हजार थमाएर गएपछी खुसी हुँदै उनले भने घरमै नपुर्याईदिएको भए त म हिडेर भत्ता लिन कसरी पो जान सक्थे होला र यो बुढौलीमा?

जोगीढुङ्गा कि ८० बर्षीया असारीदेवी कुमालले पनि बिहिवार वडाअध्यक्षकै हातबाट घर मै भत्ता बुझिन ।भत्ता बाड्न आएका कर्मचारी र वडाअध्यक्ष लाई धन्याबाद सहित उनले आशीर्बाद समेत दिईन । बुद्धा भत्ता लिन आफन्तलाई लिन पठाउने झन्झटबाट आफू मुक्त भएको उनले बताइन् । “उमेरले नसक्ने भएपछि लिन जान अरुलाई पठाउनुपर्छ, तपाईहरु आउनु भयो म जस्तालाई सहज भयो” वडाअध्यक्षको यो कार्यले मन छोएको उनी बताउछिन । ददेरीका स्थानीय राम बहादुर श्रेष्ठ पनि घरमै सामाजिक सुरक्षाको पैसा पाउँदा खुसी भएको बताउछन । राज्यले माया गरेर दिएको पैसा जनप्रतिनिधीले घरमै ल्याईदिदा सजिलो भएको छ । बृद्धबृद्धालाई खोज्दै घर घरमा आउने वडाअध्यक्ष लगायत सबै प्रती धन्याबाद दिन चाहन्छु । उनले भने ।
सरुमारानी गाउँपालिकाले पालिकाभित्रका सामाजिक सुरक्षा भत्ता पाउने नागरिकलाई घरमै पुगेर बुझाउने निती अनुरुप वडा नम्बर २ का अध्यक्ष वसन्त बहादुर जिसिले घरमै पुगेर दस हजार रुपैया रकम बुझाएका हुन ।
विगतका समयभन्दा फरकपन दिन र नागरिकहरूलाई प्रत्यक्ष राहतको महसुस गराउनका लागि सामाजिक सुरक्षा भत्ताबापतको रकम घरमै पुगेर सम्बन्धित व्यक्तिलाई बुझाउने गरेको वडा अध्यक्ष जिसिले बताए। ‘विगतका वर्षहरू नजिकको आफन्त तथा नातेदारले बुझेर सम्बन्धित व्यक्तिलाई नदिने, जेष्ठ नागरिकको उपचार तथा अन्य सेवाका लागि दिइने भत्ताबापतको रकम अन्यत्र खर्च हुने गरेको पाईयो, यसले गर्दा सम्बन्धित व्यक्तिभन्दा अरूले खर्च गर्ने चलन बढेको र उनीहरूको हातमा नपर्ने देखिएकाले यो पटकदेखि हामीले सबैको घरघरमा गई सम्बन्धित व्यक्तिलाई दिने योजनाअनुसार बढी अशक्त आमावुवालाई घरमा गएर भत्ता बाड्ने गरेका छौं’ –उनले भने। गाउमा भत्ता बाड्न जांदा जनतासंगको सामिप्यता बढेको वडाअध्यक्ष वसन्त जिसिले बताए ।उनले भने गाउँ पुग्दा समुदायसंग भेट्घाट पनि हुने र जनताको काम पनि हुने भएकाले गाउमै पुगेर सामाजिक सुरक्षा भत्ता बितरण गरेका हौँ ।
गाउँपालिकाभित्र रहेका जेष्ठ नागरिक अन्यलाई प्रति महिना १ हजार उपचार खर्चसहित २ हजार, दलित जेष्ठ नागरिकलाई १ हजार, एकल महिलालाई १ हजार, विधुवा महिलालाई १ हजार, पूर्ण अपांगलाई २ हजार, आशिंक अपांगलाई ६ सय, पाँच वर्षमुनिका दलित बालबालिकालाई ४ सयका दरले सामाजिक सुरक्षा भत्ता वितरण गरिएको सरुमारानी गाउपालिकाका प्रमुख प्रसासकिय अधिकृत हिरालाल भण्डारीले जानकारी दिए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । ललितपुर जिल्ला प्रहरी परिसर ललितपुरमा प्रहरी वरिष्ठ उपरीक्षक (क्सप्र.व.उ.) तुल बहादुर कार्कीले कार्यालय प्रमुखको पदभार ग्रहण गर्नुभएको छ। नेपाल प्रहरी प्रधान कार्यालयको निर्णयअनुसार उहाँले आजदेखि औपचारिक रूपमा जिम्मेवारी सम्हाल्नुभएको हो।

बाँके । लुम्बिनी प्रदेश प्रहरी कार्यालयबाट खटिएको टोलीले *बर्दिया, मधुबन न.पा.-६* मा भारतबाट भन्सार छली ल्याएर गोदाम राखिएको ठूलो परिमाणको सामान नियन्त्रणमा लिएको छ। *१. कोपिला खत्रीको घर गोदामबाट – जम्मा रु. ५,४१,७२०/-* 1. मटर: १३५ बोरा × ४० = रु. ४,५०,०/- 2. कालो प्लास्टिक: ४.५ बोरा × ६१६० = रु. २७,७२०/- 3. सुपर पावर […]

दाङ । भालुवाङमा चेकजाँच गर्ने क्रममा बिल-बिजक नभएको ठूलो परिमाणको फलफूल बरामद गरेको छ। *बरामदको विवरण:* – *स्थान*: दाङ, राप्ती गाउँपालिका-१, भालुवाङ पुलचोक, पूर्व-पश्चिम राजमार्ग – *गाडी*: बा.प्र.०६-०१ च. ४१ नम्बरको योद्धा पिकअप – *चालक*: पूर्वी नवलपरासी, कावासोति न.पा.-१४ का २९ वर्षीय *कुम नारायण महतो* – *फलफूल*: 1. *आँप – ९२० के.जी* 2. *हरियो नरिवल […]

error: Content is protected !!