०४ चैत्र २०८२, बुधबार
18-03-2026 , Wed
×

पत्रकार रवि लामिछानेले न्युज २४ टिभी छाडे

Logo
प्रकाशित बुधबार, माघ ०७, २०७७

ABC Sanchar
काठमाडों । ‘सिधा कुरा जनतासँग’ कार्यक्रमका प्रस्तोता रवि लामिछानेले न्युज २४ टेलिभिजन छाडेको घोषणा गरेका छन्।

बुधबार साँझ सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै लामिछानेले भोलि प्रसारण हुने कार्यक्रमनै न्युज २४ टेलिभिजनमा बज्ने अन्तिम कार्यक्रम हुने उल्लेख गरेका छन्।
News 24 टेलिभिजन सँगको सुखद सहयात्राबाट विश्राम लिदैछु…
लामिछानेले आफ्नो कार्यक्रममा जनचासोका बिषय समावेश गर्ने भएकाले उनको कार्यक्रम युवा पुस्ता माँझ लोकप्रिय थियो।

न्युज २४ टिभीमा करिब ५ बर्ष अघि आवद्ध भएका लामीछाने सो टेलिभिजनमा कार्यक्रम विभागमा प्रमुख कार्यकारी निर्माता एवं प्रस्तोताका रूपमा कार्यरत थिए।

उनी नयाँ आउन लागेको टेलिभिजनमा जान लागेको र सोही टिभीबाट कार्यक्रम प्रस्तुत गर्ने बताइएको छ।

सिधा कुरा जनतासँग कार्यक्रम चलाउने क्रममा लामीछानेले तालीसँगै गाली र अवरोध पनि झेलेका थिए।

२०७६ मा पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा लामिछाने पक्राउ समेत परेका थिए।

आरोप पुष्टि नभएपछि उनलाई मा अदालतले सफाइ दिएको थियो।

लामिछानेले सिधा कुरा जनतासँग कार्यक्रमलाई अझ परिस्कृत, सशक्त बनाएर पुनः दर्शकमाझ आउने बताएका छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । तुल्सीपुर चलचित्र पत्रकार संघ दाङ शाखाको कार्यसमिति चयनप्रति मेरो गम्भीर आपत्ति रहेको जानकारी गराउन चाहन्छु । म चलचित्र पत्रकार सङ्घ दाङमा दुई कार्यकाल कार्यसमिति सदस्यको रूपमा जिम्मेवारी निर्वाह गरिसकेको व्यक्ति हुँ । संस्थाप्रतिको माया, लगाव र निरन्तर सक्रियताका कारण यस पटक सचिव पदमा मेरो स्वाभाविक आकांक्षा पनि थियो । तर दुर्भाग्यवश, संस्थाको विधि, […]

सुर्खेत । कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालय सुर्खेतका निमित्त कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक हरि बहादुर बि.सी.बाट कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरुको व्यक्तिगत टर्नआउट, विभिन्न शाखाहरु, मेश, ब्यारेक तथा वाड एरियाको निरीक्षण गर्नुका साथै आवश्यक निर्देशन प्रदान गर्नु भएको ।

मकवानपुर । मनहरी गाउँपालिका–१ मकरीमा लागुऔषध सेवनकर्तासँग भएको झडपमा एक जना प्रहरी सहायक निरीक्षक र एक युवक घाइते भएका छन् । प्रहरी चौकी पदमपोखरीबाट खटिएका प्रहरी सहायक निरीक्षक दिलबहादुर तामाङमाथि गएराति लागुऔषध सेवनकर्ताले बञ्चरो प्रहार गरेका थिए। उक्त आक्रमणमा तामाङ घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए । प्रहरीका […]

error: Content is protected !!