०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
×

प्रदेश २ को गाउँ र शहरमा शीतलहरबाट बच्न आगो बाल्दै DIG : सिंह

Logo
प्रकाशित बुधबार, माघ ०७, २०७७

ABC (क्राईमबिट)
जनताको जनधनको रक्षा गर्नुपर्ने जिम्मेवारी लिएको प्रहरी यतिबेला आगो बाल्न व्यस्त छ । प्रदेश २ को गाउँ देखि सहरमा पुगेर दाउरा पु¥याएर आगो बालिरहेको छ ।

माघ सुरु भएसँगै तराई मधेसमा शीतलहरको ‘कहर’ सुरु भएको छ। बिहानसाँझ चिसो बढेको त छ नै, तीन दिनदेखि दिउँसो पनि घाम देखिँदैन। शरीर कठ्यांग्रिन थालेको छ । हुनेखानेले जतन गरेर राखेको बाक्लो लुगा पहिरिन थालेका छन्। तर आर्थिक स्थिति कमजोर हुने तराईका मुसहर र डोम जस्ता समुदायका लागि शीतलहर कहर मात्रै नभई काल बनेर आउँछ।

गरिबको सिरकडसना भनेकै पराल। कठियांग्रिदा आगो ताप्न बाल्ने दाउरा पनि उही पराल। प्रदेश २ का धनुषा, महोत्तरी, सिरहा, सप्तरी, सर्लाही, रौतहट, बारा र पर्सामा अहिले गरिब र दलित बस्तीमा चिसोबाट बच्ने प्रमुख साधन पराल बनेको छ। शीतलहरले गरिबको दैनिकी प्रभावित गरेको छ। दैनिक काम गरी खाने मजदुर बिहानबेलुका बाहिर निस्कन सकेका छैनन्। शीतलहरको प्रकोप बढेर जनजीवन प्रभावित भएसंगै प्रहरीले ठाउँ–ठाउँमा आगो बालेर सामूहिक रुपमा आगो ताप्ने प्रबन्ध मिलाएको हो ।

समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत प्रदेश २ को ८ वटै जिल्लामा आगो बालेर सर्वसाधारणहरुको लागि आगो ताप्ने व्यवस्था मिलाइएको २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रमुख प्रहरी नायव महानिरीक्षक ( डीआईजी ) धिरजप्रताप सिंहले बताए ।
चिसोका कारण कठ्याग्रिंएका नागरिकहरुलाई न्यानो अनुभुति गराउन २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरधामले आफू मातहत ८ वटै जिल्ला प्रहरी प्रमुखलाई स्थानीय चोक तथा ग्रामीण ईलाकाहरुमा आगो बालेर ताप्ने व्यवस्था मिलाउन निर्देशन दिएको डीआईजी सिंहले जानकारी दिए ।
प्रदेश २ को ८ वटै जिल्लामा काठका मुढा तथा दाउराहरु बालिएको छ । केही दिनदेखि बढेको चिसोका कारण यहाँको जनजीवन कष्टकर बनेको छ । बाक्लो हुस्सु लागेर शीतलहर बढेसँगै आवतजावतमा समस्या भएको छ ।

हुस्सुका कारण दुर्घटनाको जोखिम बढेको छ भने बालबालिका, बुढाबुढी र जनमजदुर समस्यामा परेका छन् । चिसो बढेका कारण दमका रोगीहरु प्रभाबित भएका छन् ।
चिसोबाट बच्नका लागि न्यानो लुगा लगाउन अनुरोध गर्दै प्रदेश २ प्रहरीले मानिसहरुको बाक्लो उपस्थिति हुने स्थानमा मुडा बालेर आगो ताप्ने व्यवस्था गरिदिएको हो ।रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्यमा दाङकी साजिदा खातुन सिद्धिकी निर्विरोध निर्वाचित भएकी छिन् । केन्द्रीय निर्वाचन आयोगले प्रकाशन गरेको प्रारम्भिक नामावलीमा तोकिए कोटाभन्दा बढी उम्मेदवारी नपर्दा उनी निर्विरोध निर्वाचित भएकी हुन् । उनी मुस्लिम महिलातर्फ निर्विरोध कैन्द्रीय सदस्य भएकी छिन् ।

  काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर गरेको छ। निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले पेट्रोलको मूल्य बढाउने तथा डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ मूल्य वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ४/४ रुपैयाँ मूल्य घटाइएको छ। यो नयाँ मूल्यसूची भोलि बिहान […]

भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीबाट खटिई गएको ट्राफिक प्रहरीद्वारा जिल्ला रुपन्देही सिद्धार्थ नगरपालीका वडा नं. १ बेलहिया स्थित BR06PF2851 र UP17AT7229 भारतिय बसहरुले सवारी तथा यातायात ब्यवस्था ऐन, २०४९ को दफा १२ बिपरित कार्य गरेको हुदा नियन्त्रणमा लिई यातायात ब्यवस्था कार्यालय लुम्बिनी रुपन्देहीबाट जनही रु १००००।– जरिवाना भए पश्चात छाडिएको । साथै भारतिय […]

error: Content is protected !!