०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
×

प्रतिनिधिसभा पुनस्थापना नभए निर्वाचनमा जान्छौँः उपेन्द्र यादव

Logo
प्रकाशित बिहिबार, माघ ०८, २०७७

 

ABC Sanchar
सप्तरी । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले अदालतले प्रतिनिधिसभा पुनस्थापना नगरे पार्टी जनअदालतमा जाने बताउनुभएको छ ।

प्रतिनिधिसभा विघटनविरुद्ध जसपाले सप्तरीको राजविराजमा आज आयोजना गरेको विरोधसभालाई सम्बोधन गर्नेक्रममा यादवले संविधानमा भएको व्यवस्थानुसार सर्वोच्च अदालतले विघटनलाई खारेज गरी पुनस्र्थापनाको फैसला गर्ने विश्वास व्यक्त गर्दै नभए निर्वाचनका लागि तयार रहेको स्पष्ट गर्नुभयो ।

कोभिड–१९ का कारण रु साढे ६ खर्बको नोक्सान बेहोरेको अर्थतन्त्रले चुनावका लागि थप रु २० अर्ब खर्च धान्न नसक्ने अवस्थामा निर्वाचनमा जाने निर्णय गलत भएको पूर्वउपप्रधानमन्त्री यादवले बताउनुभयो ।

सो अवसरमा जसपाका नेता राजेन्द्र महतोले नेपाल–भारत सीमा अवरुद्ध गरेर मात्र कोरोना नरोकिने बताउनुभयो । विरोधसभामा प्रदेश नं २ का मन्त्री नवलकिशोर साह र शैलेन्द्रप्रसाद साह तथा जसपाका नेता रेणु यादव र मनीष सुमनले कम्युनिष्ट र कांग्रेसको प्रलोभनमा नफस्न सबैमा आग्रह गर्नुभयो ।

गाउँगाउँबाट नाराबाजी गर्दै आएको जुलुसले आमसभाअघि राजविराज नगर परिक्रमा गरेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्यमा दाङकी साजिदा खातुन सिद्धिकी निर्विरोध निर्वाचित भएकी छिन् । केन्द्रीय निर्वाचन आयोगले प्रकाशन गरेको प्रारम्भिक नामावलीमा तोकिए कोटाभन्दा बढी उम्मेदवारी नपर्दा उनी निर्विरोध निर्वाचित भएकी हुन् । उनी मुस्लिम महिलातर्फ निर्विरोध कैन्द्रीय सदस्य भएकी छिन् ।

  काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर गरेको छ। निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले पेट्रोलको मूल्य बढाउने तथा डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ मूल्य वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ४/४ रुपैयाँ मूल्य घटाइएको छ। यो नयाँ मूल्यसूची भोलि बिहान […]

भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीबाट खटिई गएको ट्राफिक प्रहरीद्वारा जिल्ला रुपन्देही सिद्धार्थ नगरपालीका वडा नं. १ बेलहिया स्थित BR06PF2851 र UP17AT7229 भारतिय बसहरुले सवारी तथा यातायात ब्यवस्था ऐन, २०४९ को दफा १२ बिपरित कार्य गरेको हुदा नियन्त्रणमा लिई यातायात ब्यवस्था कार्यालय लुम्बिनी रुपन्देहीबाट जनही रु १००००।– जरिवाना भए पश्चात छाडिएको । साथै भारतिय […]

error: Content is protected !!