२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

प्युठानमा नेपाली सेनाले बनायो सुबिधा सम्पन्न वाटर फाउन्टेन

Logo
प्रकाशित बिहिबार, माघ ०८, २०७७

(सागर थापा)
प्युठान । नेपाली सेनाले प्यूठानमा सुविधा सम्पन्न पानीको फोहरा –वाटर फाउन्टेन बनाएको छ । नेपाली सेनाको इन्द्रध्वज गणले स्वर्गद्धारी नगरपालिका –२ मा वाटर फाउन्टेन बनाएर स्थानीयलाई हस्तान्तरण गरेको हो ।

नेपाली सेनाको सामाजिक आर्थिक पुर्वाधार निर्माण कार्यक्रम अन्तर्गत २५ लाख रुपियाँ लगानीमा म्युजिकल वाटर फाउन्टेन बनेको इन्द्रध्वज गण प्यूठानका गणपति अर्जुन बिक्रम थापाले जानकारी दिनुभयो । ‘ यस्ले स्वर्गद्धारीको पर्यटकीय विकासमा टेवा पुग्नेछ ।’ उहाँले भन्नुभयो ।

मन्दिर आउजाउ गर्दा दर्शनार्थीहरुले यस्लाई मनोरञ्जन तथा विश्रामस्थलको रुपमा उपयोग गर्न सक्ने थापाको भनाइ छ । वाटर फाउन्टेनको बुधबार नेपाली सेनाका सहायकरथी, १९ नम्बर बाहिनीपति मदन कुमार केसीले उद्घाटन गर्नुभयो ।

सो अबसरमा बोल्दै उहाले यस्ता कार्यक्रमले नागरिक–सैनिक सम्बन्ध निर्माणमा विशेष महत्व राख्ने विश्वास व्यक्त गर्नुभयो । करिब ३५ रोपनी क्षेत्रफल जग्गामा फैलिएको उक्त फाउन्टेन डिभिजन बन कार्यालयसँगको सहकार्यमा पानीको फोहरा, प्रवेश गेट, सडक लगायतका संरचना निर्माण गरिएको नेपाली सेनाले जनाएको हो । सलिमबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!