१८ बैशाख २०८१, मंगलबार
30-04-2024 , Tue
×

दाङका सुरक्षा प्रमुखहरु नेपाल भारत सीमाक्षेत्रको अनुगमनमा

Logo
प्रकाशित बिहिबार, माघ ०८, २०७७

ABC (क्राईमबिट)
दाङ । जिल्लाको दक्षिणक्षेत्र भारत र नेपालको सीमासँग जोडिएको राजपुर गाउँपालिकाको ७ नम्बर वडामा पर्ने भैसाहीनाका र भौवा नाको सिमाना अनुगमन गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी गणेश चन्द, सशस्त्र प्रहरी बल २९ नम्बर गण हेकुवा ज्वालामाई गण भालुवाङ्का एसपी टोपबहादुर खनाल, राष्ट्रिय अनुसन्धान दाङका प्रमुख अर्जुन भण्डारी, दाङका सेनानी प्रमुख विजय बस्नेत, इलाका प्रहरी कार्यालय गढवाका प्रहरी प्रमुख राजकुमार भट्टराई लगाएतको संयुक्त सुरक्षा प्रमुखहरुले सिमा क्षेत्रको अवलोकन गर्नुभएको हो सीमा क्षेत्रमा हुने अवैध र अपराध कार्यलाई न्यूनीकरण गर्न अनुगमन गरिएको जिल्ला प्रशासन कार्यालय दाङका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले बताए ।

भारतसंग सिमा जोडिएको र विकासको दृष्टिकोण पछाडी परेको नाका क्षेत्रमा अबैध गतिविधि हुन नदिन समय समयमा जिल्ल सुरक्षा प्रमुख सहितको टोलीबाट नाका क्षेत्रको अनुगमन हुने गर्दछ । प्रमुख जिल्ला अधिकारी आचार्यले सीमा क्षेत्रमा हुने अपराधिक गतिविधि न्यूनीकरण गर्न अनुगमन गरिएको जानकारी दिनुभयोे ।
स्थानीयबाट पनि सिमा स्तम्भव लगायतका विषय उठाइरहनुहुन्छ, नाका क्षेत्रमा सुरक्षा सर्तकता लगायतको विषय लाई लिएर अनुमगन गरेका हौ । दाङमा नेपाल–भारत सीमा क्षेत्र ७७ वटा सिमा स्तम्भ रहेका छन् ।

सीमा स्तम्भ आसपास अनुगमन गरिएको हो । सीमा क्षेत्रमा लागुऔषध, जालीनोट, भन्सार छली, मानव बेचबिखन, वन तथा वन्यजन्तु, हातहतियार बिक्री–वितरणलगायत आपराधिक गतिविधि बढ्नसक्ने भन्दै सुरक्षा सतर्कतालाई बढाइएको हो ।

नेपाल–भारत सीमा क्षेत्र ७७ वटा सिमा स्तम्भ रहेका छन् । सीमा स्तम्भ आसपास अनुगमन गरिएको हो । सीमा क्षेत्रमा लागुऔषध, जालीनोट, भन्सार छली, मानव बेचबिखन, वन तथा वन्यजन्तु, हातहतियार बिक्री–वितरणलगायत आपराधिक गतिविधि बढ्नसक्ने भन्दै सुरक्षा सतर्कतालाई बढाउने सशस्त्र प्रहरी बल २९ नम्बर गण हेकुवा ज्वालामाई गण भालुवाङ्का एपि टोपबहादुर खनालले बताउनुभयो ।

वडास्तरिय सेवा लिनबाट बञ्चित भारतसँग जोडिएको दाङको नाकाबासीले वडास्तरिय सेवा लिनबाट बञ्चित परेको गुनासो पोखेका छन् । सिमाक्षेत्रमा बसोबास गर्ने नाकाबासीहरू वडा कार्यालय सम्म जाने गतिलो बाटाघाट नहुदा कैयौं वडास्तरिय सेवा लिनबाट आफुहरू बञ्चित हुनुपरेको गुनासो सुनाउनुभयो । ‘वडा कार्यालय सिक्टामा छ ।

भैसाहीँनाका देखि वडा कार्यालय सम्म अठार किलोमिटर दुरि रहेको छ । उक्त बाटो वर्षायाममा हिन्ने मान हुदैन, स्थानीय पूर्ण रोकाले भन्नुभयो,–। ‘गतिलो बाटाघाटा नभएकै कारण हामी नाकाबासी वडाबाट पाउने विभिन्न सेवा लिनबाट छुट्ने गरेका छौँ ।’ यता भौवानाका निवासी श्याम झाक्रिले नाकालाई एउटै वडा बनाउन माग गर्नुभयो ।
वडास्तरिय सेवा लिन बञ्चित नाकाबासीहरूले वितेको तिनवर्ष यता वडाबाट पाउन पर्ने सेवा नपाएको गुनासो नागरिकले सुनाएका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(महेन्द्र सिंह ) बाँकेको नेपालगञ्ज रङ्गशाला सुनसान अवस्थामा छ । रङ्गशालामा उल्लेख्य रुपमा खेलकुद गतिविधि हुन सकिरहेका छैनन् । खेलकुद विकास समिति लुम्बिनी प्रदेश कार्यालयका प्रमुख महेश चन्दले रङ्गशालाको निर्माण कार्य सकिएपछि असारपछि खेलकुदका गतिविधिले गति लिने उनको भनाइ छ । पाँच वर्षअघि आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि नेपालगञ्ज रङ्गशालामा करिब रु एक अर्ब ५० […]

(एबिसि संचार )                                                                          भक्तपुरमा १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना वृद्ध पक्राउ परेका छन् । भक्तपुर […]

मिति २०८१।०१।१६ गते अं.२३:०० बजेको समयमा भारतबाट BR05AL 6139 नम्बरको भारतीय मो.सा.मा लागु औषध तथा सानो हतियार साथमा लिइ वीरगञ्जभित्र प्रवेश गर्दै गरेको छ भन्ने सूचना प्राप्त । वारदात मिति,समय र स्थान:- मिति २०८१।०१।१६ गते अं.२३:०० बजेको समयमा जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नं.१६ भुटनदेवी मन्दिर अगाडी सडकखण्डमा । प्रहरी परिचालन: घटनाको सूचना प्राप्त हुनसाथ […]