२३ बैशाख २०८१, आइतबार
05-05-2024 , Sun
×

नेपालगञ्ज भन्सारले ६ महिनामा लक्ष्यभन्दा बढी राजस्व संकलन

Logo
प्रकाशित बिहिबार, माघ ०८, २०७७


(महेन्द्र सिंह)
बाँके । नेपालगञ्ज भन्सार कार्यालयले छ महिनामा लक्ष्यभन्दा २ अर्ब ३२ करोड रुपैयाँ बढी राजस्व असुली गरेको कार्यालय प्रमुख जयबहादुर भण्डारीले बताउनुभएको छ ।

भन्सार कार्यालयको चालु आर्थिक वर्षको पुस मसान्तसम्मको लक्ष्य सात अर्ब ५८ करोड रुपैयाँ रहेकोमा ९ अर्ब ९० करोड राजस्व असुली गरेको हो ।
चालु आर्थिक वर्षको पहिलो महिनामा १७७ प्रतिशत राजस्व असुली गरेको नेपालगञ्ज भन्सारले यस वर्ष राजस्व असुली कम हुने पुस महिनामा समेत १३८ प्रतिशत राजस्व सङ्कलन गरेको प्रमुख भन्सार अधिकृत जयबहादुर भण्डारीले जानकारी दिनुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  उपचारका क्रममा भारत गएको अवस्थामा एबिसी सञ्चार डटकम अनलाइनका प्रमुख सागर थापाको मोबाइल चोरी हुँदा फेसबूक आइडी ह्याक भएको छ । पत्रकार एवम् प्रमुख थापाले आइतबार अपरान्ह आफ्नो मोबाइलसितै चोरी भएको ९८४७८ ४५९१८ बाट फोन गरेर सो कुराको जानकारी गराएका हुन् । मोबाइल चोरी हुँदा फेसबूक आइडी ह्याक गरेर विभिन्न व्यक्ति विशेषहरुसित नचाहिँदा हरकत […]

(एबिसि संचार ) प्रहरी चौकी थुमपोखरी, स्याङ्जाका इन्चार्ज असई मनोजकुमार सिंह कुटिएका छन् । स्याङ्जा वालिङ नगरपालिका १३, बायाँटारीमा झगडा छुट्याउन गएको असई सिंहसहितको टोलीमाथि कुटपिट भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । झगडा भएको सूचनाका आधारमा घटनास्थल पुगेको प्रहरी टोलीमाथि युवाहरुको समूहले कुटपिट गरेको स्याङ्जा प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले […]

(एबिसि संचार ) कञ्चनपुरको दोदा नदीमा नुहाउने क्रममा डुबेर दुईजनाको मृत्यु भएको छ । अन्य दुईजना बिरामी भएका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक उमेशराज जोशीले दोदा नदीमा डुबेर बेलौरी नगरपालिका–७ शान्तिपुरका १७ वर्षीय राजेन्द्र कुँवर र विजय कुँवरको शनिबार मृत्यु भएको जानकारी दिए । शान्तिपुरका समीर सुवेदी र शिशिर विष्ट […]