०४ चैत्र २०८२, बुधबार
18-03-2026 , Wed
×

नेपालगञ्ज भन्सारले ६ महिनामा लक्ष्यभन्दा बढी राजस्व संकलन

Logo
प्रकाशित बिहिबार, माघ ०८, २०७७


(महेन्द्र सिंह)
बाँके । नेपालगञ्ज भन्सार कार्यालयले छ महिनामा लक्ष्यभन्दा २ अर्ब ३२ करोड रुपैयाँ बढी राजस्व असुली गरेको कार्यालय प्रमुख जयबहादुर भण्डारीले बताउनुभएको छ ।

भन्सार कार्यालयको चालु आर्थिक वर्षको पुस मसान्तसम्मको लक्ष्य सात अर्ब ५८ करोड रुपैयाँ रहेकोमा ९ अर्ब ९० करोड राजस्व असुली गरेको हो ।
चालु आर्थिक वर्षको पहिलो महिनामा १७७ प्रतिशत राजस्व असुली गरेको नेपालगञ्ज भन्सारले यस वर्ष राजस्व असुली कम हुने पुस महिनामा समेत १३८ प्रतिशत राजस्व सङ्कलन गरेको प्रमुख भन्सार अधिकृत जयबहादुर भण्डारीले जानकारी दिनुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । तुल्सीपुर चलचित्र पत्रकार संघ दाङ शाखाको कार्यसमिति चयनप्रति मेरो गम्भीर आपत्ति रहेको जानकारी गराउन चाहन्छु । म चलचित्र पत्रकार सङ्घ दाङमा दुई कार्यकाल कार्यसमिति सदस्यको रूपमा जिम्मेवारी निर्वाह गरिसकेको व्यक्ति हुँ । संस्थाप्रतिको माया, लगाव र निरन्तर सक्रियताका कारण यस पटक सचिव पदमा मेरो स्वाभाविक आकांक्षा पनि थियो । तर दुर्भाग्यवश, संस्थाको विधि, […]

सुर्खेत । कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालय सुर्खेतका निमित्त कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक हरि बहादुर बि.सी.बाट कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरुको व्यक्तिगत टर्नआउट, विभिन्न शाखाहरु, मेश, ब्यारेक तथा वाड एरियाको निरीक्षण गर्नुका साथै आवश्यक निर्देशन प्रदान गर्नु भएको ।

मकवानपुर । मनहरी गाउँपालिका–१ मकरीमा लागुऔषध सेवनकर्तासँग भएको झडपमा एक जना प्रहरी सहायक निरीक्षक र एक युवक घाइते भएका छन् । प्रहरी चौकी पदमपोखरीबाट खटिएका प्रहरी सहायक निरीक्षक दिलबहादुर तामाङमाथि गएराति लागुऔषध सेवनकर्ताले बञ्चरो प्रहार गरेका थिए। उक्त आक्रमणमा तामाङ घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए । प्रहरीका […]

error: Content is protected !!