२० बैशाख २०८१, बिहिबार
02-05-2024 , Thu
×

नेकपा विप्लवद्वारा माघ १० गते नेपाल बन्दको घोषणा

Logo
प्रकाशित बिहिबार, माघ ०८, २०७७

(AbC Sanchar)
काठमाडौं । विप्लव समूहले पश्चिम कमाण्ड इञ्चार्ज एवं सचिवालय सदस्य धर्मेन्द्र बाँस्तोलासहितका नेताको पक्राउविरुद्ध आन्दोलनको घोषणा गरेको छ । समूहका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले प्रेस विज्ञप्ति जारी गर्दैै ५ दिने आन्दोलनको घोषणा गरेको हो ।

विज्ञप्तिमा ३ माघमा देश व्यापी विरोध जुलुस, ५ गते विरोधसभा, ७ गते विरोध प्रदर्शन, ९ गते मसाल जुलुस र १० गते नेपाल बन्दको घोषणा गरिएको छ ।

प्रहरीको विशेष ब्युरोले बुधबार ललितपुर र मकवानपुरको सीमा क्षेत्रबाट कञ्चनसहित नेता विवेक कुमाल र रोजन रखाललाई पक्राउ गरेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(सैलेस बम ) दुईतिर भारतको सीमा जोडिएको कञ्चनपुरमा सशस्त्र प्रहरी बलले अवैध ढङ्गले ल्याइएका रु ८८ लाख बराबरका सामान नियन्त्रणमा लिएको छ । यहाँस्थित सशस्त्र प्रहरी बल नंं ३५ गणका अनुसार गत फागुनपछि भन्सार छली ल्याइएको खाद्य तथा दैनिक उपभोग्य तथा अन्य सामग्री गरी रु ७७ लाख ५१ हजार तीन सय ४६ मूल्य बराबरको सामान […]

(एबिसि संचार )                                                                प्रहरी महानिरीक्षक वसन्त बहादुर कुँवर इन्टरपोल महासचिवालयको आयोजनामा फ्रान्सको लियोनमा वैशाख ११ देखि १३ गतेसम्म संचालन भएको ‘१९औं हेड अफ एनसीबी […]

(रबि बर्णवाल ) वीरगन्जमा रहेको नबिल बैंकबाट एक करोडभन्दा बढी रकम चोरी भएको छ ।आइतबार राती बैंकबाट एक करोड ३४ लाख ६५ हजार रुपैयाँ चोरी भएपछि बैंकले मंगलबार जिल्ला प्रहरी कार्यालय पर्सामा जाहेरी दिएको छ। वेल्डीङ गर्ने मेसिनले टिनको बक्सा काटेर पैसा चोरी गरेको देखिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।