११ साउन २०८२, आइतबार
27-07-2025 , Sun
×

चितवन प्रहरीले एकै दिन २५ जना फरार अभियुक्तहरु पक्राउ

Logo
प्रकाशित बिहिबार, माघ ०८, २०७७

(राकेश श्रेष्ठ)
चितवन । जिल्ला प्रहरी कार्यालयले फरार रहेका २५ अभियुक्तलाई पक्राउ गरी अदालत पेश गरेको छ । उनीहरुलाई एकै दिनमा पक्राउ गरिएको हो । कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक सूर्यबहादुर थापाका अनुसार बुधबार २२ पुरुष र तीन महिलालाई पक्राउ गरी आज अदालतमा बुझाइएको हो ।

उहाँका अनुसार चोरी, सवारी ज्यान, लागू औषध, बहुविवाह, वन पैदावार, राष्ट्रिय निकुञ्ज सम्बन्धि कसुर, केही सार्वजनिक अपराध, जालसाजी, सम्बन्धविच्छेदलगायतका मुद्दामा फरार रहेका उनीहरुलाई पक्राउ गरी अदालत पठाइएको हो । उनीहरुलाई इलाका प्रहरी कार्यालय दिव्यनगर र जिल्ला प्रहरी कार्यालयको टोलीले पक्राउ गरेको हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सभापति रवि लामिछानेलाई थुनेर सरकारले ठूलो गल्ती गर्‍यो उपसभापति डा. स्वर्णिम वाग्ले काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्लेले वर्तमान सत्ता गठबन्धन सरकारले पार्टी सभापति रवि लामिछानेलाई थुनेर ठूलो गल्ती गरेको बताएका छन्। शनिबार रास्वपा रामेछाप उमाकुण्ड–काठमाडौं सम्पर्क विभागको भेलालाई सम्बोधन गर्दै डा. वाग्लेले यस्तो बताएका हुन । उनले त्यसको नतिजा […]

सर्लाही । सिरहाको सीमा क्षेत्र नवराजपुर गाउँपालिका–४ मा प्रहरीले गोली चलाएर एक भारतीय लागूऔषध कारोबारीलाई नियन्त्रणमा लिएको छ । भारतको मधुवनी जिल्ला, ग्रामपंचायत विरपुर–९ का ३८ वर्षीय श्यामसुन्दर पासवान पक्राउ परेका हुन् । उनको साथबाट प्रहरीले अन्दाजी ५० ग्राम खैरो हिरोइन बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता तथा डिएसपी विरेन्द्र पासवानका अनुसार, […]

काठमाडौं । थाइल्यान्ड सीमा क्षेत्रमा द्वन्द्व चर्किँदै गएपछि दुवै देशबीच ठूलो युद्धको खतरा बढेको अल जजिराले जनाएको छ । कम्बोडियाको ओडर मेन्चे प्रान्तमा बिहीवार थाइल्यान्डको तोप आक्रमणले क्षति पुर्‍याएको बौद्ध गुम्बाबाट एक जनाको शव निकाल्दै गरेका कम्बोडियन सैनिकहरूको तस्बिर सार्वजनिक भएको छ । हिजो कम्बोडियन सेनाले सात जना सर्वसाधारण र पाँच जना सैनिक गरी थप […]

error: Content is protected !!