२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

शंकास्पद देखिएपछि जलाउँदै गरेको शव प्रहरीद्वारा एउटा बरामद

Logo
प्रकाशित सोमबार, माघ १२, २०७७

(ABC संचार ब्युरो)
काठमाडौं । प्रहरीले पशुपति आर्यघाट क्षेत्रमा जलाउँदै गरेको एउटा शव बरामद गरेको छ ।

हत्यापछि सुटुक्क अन्त्येष्टि गर्न लागिएको आशंकामा प्रहरीले पशुपति मन्दिर परिसरको राम मन्दिर नजिकबाट सोमबार एकजना महिलाको शव बरामद गरेको हो ।

घटना शंकास्पद देखिएपछि अनुसन्धानका लागि बाराको श्रीपुर घर भएकी ३५ वर्षीया बबिता चौधरीको शव बरामद गरिएको महानगरीय प्रहरी वृत्त गौशालाका डीएसपी जितेन्द्र बस्नेतले जानकारी दिए । डीएसपी बस्नेतका अनुसार बरामद शवलाई पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पठाइएको छ ।

अनुसन्धानका लागि प्रहरीले मृतक बबिता चौधरीका श्रीमान ३८ वर्षीय रवि चौधरी र चल्ली भनिने अनु थापालाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीका अनुसार अनु थापाको मोबाइल चोरी गरेको भन्दै ४ दिन अगाडि कुटपिट भएको खुलेको छ । ‘४ दिन अगाडि मृतकले अनुको मोबाइल चोरेको भन्ने खुलेको छ, त्यसैले उनले अरु २/३ जना महिला लगाएर कुटपिट गरेको पाइएको छ,’ डीएसपी बस्नेतले सुनाए, ‘टाउको र आँखामा चोट लागेका कारण उनी त्यसपछि हिँड्न नसकेर त्यहीँ लडेकी रैछिन् ।’

कुटपिट पछि गम्भीर अवस्थामा पुगेकी बाबितालाई शनिबार त्यहीँ लडिरहेको देखेपछि रवि र अनुले मन्दिरभित्र आश्रममा सुताइदिएको पाइएको प्रहरीले जनाएको छ । तर, त्यसवेलासम्म बबिताको मृत्यु भइसकेको हुनसक्ने आशंका गरिएको छ ।

डीएसपी बस्नेतका अनुसार मिस्त्री पेशामा संलग्न रवि र अनुले केहीपर लगेर खाल्डोमा पुर्ने प्रयास गरेको हुनसक्ने देखिएको छ । तर, पुर्न अफ्ठ्यारो भएपछि आगो लगाएको प्रहरी आशंका छ । प्रहरीले शव बरामद गर्दा शवको अधिकांश भाग जलिसकेको थियो । उनीहरु मन्दिरकै आश्रममा बस्दै आएका थिए ।रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

रौतहट । चन्द्रपुर नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गको पश्चिम पहिलो लचका नजिक भएको ट्रक–कार दुर्घटनामा कारमा सवार परिचय नखुलेका अन्दाजी ९० वर्षका एक वृद्धको मृ’त्यु भएको छ। बागमती प्रदेश ०३–००१ ख ११४८ नम्बरको ट्रक र बा ३ च ६१९३ नम्बरको कार एक-अर्कालाई ओभरटेक गर्ने क्रममा आज बिहान ७:५० बजे ठोक्किएर दुर्घटना भएको हो। दुर्घटना परेर कारमा […]

error: Content is protected !!