२० बैशाख २०८१, बिहिबार
02-05-2024 , Thu
×

गण्डकी प्रदेशमा कोरोनाविरुद्धको कोभिसिल्ड खोप आइपुगेयो

Logo
प्रकाशित सोमबार, माघ १२, २०७७

ABC Sanchar
काठमाडौं । भारतले नेपाललाई अनुदानमा उपलब्ध गराएको खोप आइतबार साँझ पोखरा आइपुगेसँगै गण्डकी प्रदेशमा पहिलो चरणमा १७ हजार ३९६ जनाले खोप पाउने भएका छन् ।

अग्रपङ्क्तिमा काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सरसफाइकर्मीलगायतलाई कोरोनाविरुद्धको खोप दिइने भएको हो ।

सो खोप आज प्रदेशका अन्य जिल्लामा पुर्‍याइने र जिल्लाबाट पनि लगाउन शुरु गरिने गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराका निर्देशक डा विनोदविन्दु शर्माले जानकारी दिए ।

पोखरा ल्याइएको खोप प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रको ‘कोल्ड स्टोर’मा राखिएको छ।

चिकित्सकको प्रत्यक्ष निगरानीमा जिल्लास्थित सरकारी अस्पतालमा खोप लगाइने निर्देशनालयले जनाएको छ ।

गण्डकी प्रदेशको राजधानी पोखरामा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल, मणिपाल अस्पताल र प्रदेश सरकारको सङ्क्रामक तथा सरुवा रोग अस्पतालमा खोप दिइने छ ।

खोपका लागि जिल्लामा १० जना प्रशिक्षकलाई तालीम दिइएको निर्देशक शर्माले बताए।

सरकारले पहिलो चरणमा स्वास्थ्यकर्मीलाई खोप दिएपछि दोस्रो चरणमा सर्वसाधारणलाई दिने योजना बनाएको छ ।

अहिले गण्डकी प्रदेशमा ४० हजार डोज खोप आएको बताइन्छ । कोरोना खोप एक व्यक्तिले दुई पटक लगाउनुपर्दछ ।

एकपटक खोप लगाएपछि एक महिनाको अन्तरमा अर्को डोज दिइने निर्देशनालयले जनाएको छ ।रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(सैलेस बम ) दुईतिर भारतको सीमा जोडिएको कञ्चनपुरमा सशस्त्र प्रहरी बलले अवैध ढङ्गले ल्याइएका रु ८८ लाख बराबरका सामान नियन्त्रणमा लिएको छ । यहाँस्थित सशस्त्र प्रहरी बल नंं ३५ गणका अनुसार गत फागुनपछि भन्सार छली ल्याइएको खाद्य तथा दैनिक उपभोग्य तथा अन्य सामग्री गरी रु ७७ लाख ५१ हजार तीन सय ४६ मूल्य बराबरको सामान […]

(एबिसि संचार )                                                                प्रहरी महानिरीक्षक वसन्त बहादुर कुँवर इन्टरपोल महासचिवालयको आयोजनामा फ्रान्सको लियोनमा वैशाख ११ देखि १३ गतेसम्म संचालन भएको ‘१९औं हेड अफ एनसीबी […]

(रबि बर्णवाल ) वीरगन्जमा रहेको नबिल बैंकबाट एक करोडभन्दा बढी रकम चोरी भएको छ ।आइतबार राती बैंकबाट एक करोड ३४ लाख ६५ हजार रुपैयाँ चोरी भएपछि बैंकले मंगलबार जिल्ला प्रहरी कार्यालय पर्सामा जाहेरी दिएको छ। वेल्डीङ गर्ने मेसिनले टिनको बक्सा काटेर पैसा चोरी गरेको देखिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।