०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
×

दाङ ट्राफिकले ४ सय ५५ सवारी चालक कार्बाहीमा

Logo
प्रकाशित मंगलबार, माघ १३, २०७७

(सागर थापा)
दाङ। जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले नियम विपरित चल्ने सवारी साधनमाथि ट्राफिक प्रहरीले निगरानी बढाएको छ । सचेतना प्रदान गरेपनि नियम विपरित सवारी चलाउने क्रम नरोकिएपछि प्रहरीले चालकमाथि निगारानी बढाएको हो ।

दुर्घटना न्युनिकरणका लागि प्रहरीले दाङका विभिन्न स्थानमा छड्के जाँचको कामलाई कडाई गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका ट्राफिक प्रमुख प्रहरी निरीक्षक थम्मन जिसीले जानकारी दिनुभयो । प्रहरीले जाँचको क्रममा मापसे गरी सवारी चलाउने, क्षमताभन्दा बढी यात्रु बोक्ने, मोबाईलमा कुराकानी गर्र्दै सवारी चलाउने, सिट बेल्ट नबाँध्ने सवारी चालकलाई कार्बाही गरेको छ ।
चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा ट्राफिक प्रहरीले मापसे गरी सवारी चलाउने ४ सय ५५ सवारी चालकलाई कार्बाही गरेको छ । दुर्घटनाको प्रमुख कारण मादक पदार्थ सेवन भएको र अहिले पनि दिउँसोको तुलनामा रातीको समयमा बढी मापसे गरेर चलाउने गरेको पाइएको ट्राफिक प्रमुख जिसीले जानकारी दिनुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्यमा दाङकी साजिदा खातुन सिद्धिकी निर्विरोध निर्वाचित भएकी छिन् । केन्द्रीय निर्वाचन आयोगले प्रकाशन गरेको प्रारम्भिक नामावलीमा तोकिए कोटाभन्दा बढी उम्मेदवारी नपर्दा उनी निर्विरोध निर्वाचित भएकी हुन् । उनी मुस्लिम महिलातर्फ निर्विरोध कैन्द्रीय सदस्य भएकी छिन् ।

  काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर गरेको छ। निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले पेट्रोलको मूल्य बढाउने तथा डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ मूल्य वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ४/४ रुपैयाँ मूल्य घटाइएको छ। यो नयाँ मूल्यसूची भोलि बिहान […]

भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीबाट खटिई गएको ट्राफिक प्रहरीद्वारा जिल्ला रुपन्देही सिद्धार्थ नगरपालीका वडा नं. १ बेलहिया स्थित BR06PF2851 र UP17AT7229 भारतिय बसहरुले सवारी तथा यातायात ब्यवस्था ऐन, २०४९ को दफा १२ बिपरित कार्य गरेको हुदा नियन्त्रणमा लिई यातायात ब्यवस्था कार्यालय लुम्बिनी रुपन्देहीबाट जनही रु १००००।– जरिवाना भए पश्चात छाडिएको । साथै भारतिय […]

error: Content is protected !!