२६ बैशाख २०८१, बुधबार
08-05-2024 , Wed
×

घुमुवा पाण्डेको सेटिँगमा तस्करी निरीक्षक रोकायको छापा लाखौंको समान पक्राउ

Logo
प्रकाशित मंगलबार, माघ १३, २०७७

(ABC संचार ब्युरो)
जनकपुर । प्रदेश नं. २ को धनुषा जिल्ला स्थित भारतसँग रहेको बोर्डरमा एक प्रहरी घुमुवाको सेटिँगले तस्करहरु पलाउँदै गरेको छ । धनुषाको विदेह नगरपालिका वडा नं. १ ठाढी स्थित रहेको प्रहरी चौकीका घुमुवा सँतोष पाण्डेको सेटिँगले दैनिक रुपमा तस्करहरुले बोर्डर पारीबाट अवैद्य समानहरु भित्र्याउने गरेको छ । यसअघि पनि इटहर्वा प्रहरी चौकीमा घुमुवा नै रहेका पाण्डे प्रायः सबै तस्करहरुसँग लाइन मिलाएको छ ।

घुमुवा सँतोष पाण्डेले तस्करहरुसँग सेटिँग गरी रातारात भारतबाट लाखौंको अवैद्य समानहरु ल्याउन तस्करलाई सघाउने गरेको नाम नखोल्ने शर्तमा एक स्थानीयले बताए । उनका अनुसार, महिनाथपुर नाकाबाट हुने तस्करीमा घुमुवा पाण्डेको सेटिँग रहेको हुन्छ ।

सोही क्रममा सेटिँगमै गएराती (शुक्रबार) भारतबाट अवैद्य रुपमा तस्करी गरी ल्याइएको समानहरुको बारेमा सुराकी पाएपछि ईलाका प्रहरी कार्यालय खजुरीले तत्कालै छापा मरेयो ।

ईलाका प्रहरी कार्यालय खजुरीका प्रहरी प्रमुख प्रहरी निरीक्षक हिरेन्द्र रोकायाको कमाण्डमा गएको प्रहरीले विदेह नगरपालिका वडा नं. १ ठाढी बस्ने लालबाबू पँजीयारको घरमा छापामारी गरी लाखौं मुल्यको समान बरामद गरेको छ ।

प्रहरी निरीक्षक रोकायाले समेत इलाका प्रहरी कार्यालय खजुरी मातहत नै पर्ने प्रहरी चौकी ठाढीका घुमुवा सँतोष पाण्डेको सेटिँग बारे सुईको पाएपछि कसैलाई नभनिकनै एकाएक छापा मार्न पुगेका थिए । स्थानीयवासीको सुराकीको आधारमा पँजीयारको घरमा प्रहरी निरीक्षक रोकाया कमाण्डको प्रहरी टोलीले छापा मारी १३ लाख बढीको समानहरु पक्राउ गरेको हो ।

छापा मार्दा लत्ताकपडा, खाद्यान्न सहितका सरसमानहरु बरामद गरिएको हो । भन्सार छली गरी घुमवा पाण्डेको सेटिँगमै सो समानहरु भित्रिएको बुझिएको छ ।

गोप्य श्रोतका अनुसार, विदेह नगरपालिकाका केही जनप्रतिनीधिले समेत प्रहरीबाट महिनाबारी रकम उठाउने गरेको बुझिएको छ । यद्यपी, जनप्रतिनीधिको नाम नखोलेपनि जनप्रतिनीधिहरु समेत हर्कतमा आएको बुझिएको छ ।

भारतबाट अवैद्य रुपमा भन्सार छली गरि ल्याउनको लागि प्रहरीकै सेटिँग हुने गरेको छ । स्थानीय व्यापारीहरुलाई पनि प्रहरीले महिनबारी लिएर लाइन मिलाउने गरेको खुलेको छ । न्युज ब्युरोबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार ) प्रहरी प्रधान कार्यालयले कार्यसम्पादनमा कमजोर देखिएका नौ जिल्लाका प्रहरी प्रमुखलाई कारबाही गरेको छ । पछिल्लो एक महिनामा कार्यसम्पादनमा कमजोरी देखिएका नौ जिल्लाका प्रहरी प्रमुखलाई कारबाहीस्वरुप जिम्मेवारीमुक्त गरिएको हो । सोमबार मात्र सिराहाका एसपी सन्तोष आचार्य र इलामका वासुदेव खतिवडालाई कारबाहीस्वरूप हटाइएको छ ।त्यस्तै एक महिनाअघि ६ जिल्लाका एसपीलाई कमजोर कार्यशैली र आर्थिक अनुशासनका […]

(एबिसि संचार )                                                                चट्याङ लागेर रामारोशन गाउँपालिका–७ मेलकाटिया निवासी कमल भण्डारीका छ वर्षीय छोरा गौरवको मृत्यु अछाममा एक बालकको मृत्यु भएको छ । सोमबार […]

(एबिसि संचार )                                                                काठमाडौँबाट भैरहवा उडेको यति एयरलाइन्सको जहाज जनकपुरमा आकस्मिक अवतरण भएको छ। सोमबार साँझको हुरीले उडान प्रभावित भएको बताइएको छ।जहाज क्याप्टेन लबिस चन्दले […]