०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
×

डीआईजी कार्कीद्वारा प्रहरी चौकीको नव निर्मित भवनको उद्घाट्न

Logo
प्रकाशित मंगलबार, माघ १३, २०७७

(ABC क्राईमबिट)
बिराटनगर । प्रहरी चौकी डुम्राहाको नव निर्मित कार्यालय भवन, आवास गृह तथा भान्सा घरको उद्घाटन भएको छ ।

उक्त कार्यालयको प्राङगणमा आज बिहान भएको एक विशेष कार्यक्रमकाबीच कार्यक्रमका प्रमुख अतिथी एक नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) ईश्वर बाबु कार्कीले बिधिवत रुपमा समुद्घटान गरेका हुन् ।

प्रहरी चौकी डुम्राहाको २ तले सुबिधा सम्पन्न भवनसंयुक्त राष्ट्र संघ कार्यालय (युएनओपिएस) को सहयोगमा २ करोडको लागतमा निर्माण सम्पन्न भएको हो ।

भवन समुद्घटान समारोहलाई सम्बोधन गर्दै डीआईजी कार्कीले भवन आफैमा सबै चिज नभएको प्रस्ट पार्दै नयाँ भवन संगसंगै कार्यरत प्रहरी कर्मचारीहरुमा नयाँ सोच र धारणा आउनु पर्ने तथा रुपान्तरण हुनु पर्ने धारणा ब्यक्त गरे ।

साथै सोही कार्यक्रमको अवसरमा डीआईजी कार्कीले प्रहरी चौकीलाई निःशुल्क जग्गा उपलब्ध गराउनु हुने जग्गा दाता तथा भवन निर्माण कार्यमा उल्लेखनिय भुमिका निर्वाह गर्ने ब्यक्तित्वहरुलाई दोशल्ला ओढाएर तथा सम्मान पत्रले सम्मान गरेका थिए ।

उक्त कार्यक्रम युएनओपिएसका प्रतिनिधी, स्थानीय जनप्रतिनिधीहरु, सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधीहरु, नागरीक समाजका प्रतिनिधीहरु, बिभिन्न महिला संजाल, संघ संस्थाका प्रमुख तथा प्रतिनिधीहरुका साथै स्थानियवासीहरुको उपस्थिति रहेको थियो । वरिष्ठ प्रहरी उपरीक्षक एसएसपी टेक बहादुर तामाङले जानकारी दिनुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्यमा दाङकी साजिदा खातुन सिद्धिकी निर्विरोध निर्वाचित भएकी छिन् । केन्द्रीय निर्वाचन आयोगले प्रकाशन गरेको प्रारम्भिक नामावलीमा तोकिए कोटाभन्दा बढी उम्मेदवारी नपर्दा उनी निर्विरोध निर्वाचित भएकी हुन् । उनी मुस्लिम महिलातर्फ निर्विरोध कैन्द्रीय सदस्य भएकी छिन् ।

  काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर गरेको छ। निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले पेट्रोलको मूल्य बढाउने तथा डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ मूल्य वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ४/४ रुपैयाँ मूल्य घटाइएको छ। यो नयाँ मूल्यसूची भोलि बिहान […]

भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीबाट खटिई गएको ट्राफिक प्रहरीद्वारा जिल्ला रुपन्देही सिद्धार्थ नगरपालीका वडा नं. १ बेलहिया स्थित BR06PF2851 र UP17AT7229 भारतिय बसहरुले सवारी तथा यातायात ब्यवस्था ऐन, २०४९ को दफा १२ बिपरित कार्य गरेको हुदा नियन्त्रणमा लिई यातायात ब्यवस्था कार्यालय लुम्बिनी रुपन्देहीबाट जनही रु १००००।– जरिवाना भए पश्चात छाडिएको । साथै भारतिय […]

error: Content is protected !!