१५ बैशाख २०८१, शनिबार
27-04-2024 , Sat
×

कोहलपुर प्रहरीले रेडपाण्डाको छालासहित ३ जना पक्राउ

Logo
प्रकाशित बिहिबार, माघ १५, २०७७

महेन्द्र सिंह
बाँके । कोहलपुरमा दुर्लभ वन्यजन्तु रेडपाण्डाको अवैध छालासहित तीन जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय कोहलपुरले रेडपाण्डाको छालासहित कोहलपुर १२ चप्परगौडीस्थित एक होटलबाट तीन जनालाई पक्राउ गरेको जनाएको छ ।

रेडपाण्डाको छालाको अवैध कारोबार भइरहेको भन्ने सूचनाको आधारमा लुम्बिनी प्रदेश प्रहरी ब्युरो र इलाका प्रहरी कार्यालय कोहलपुरको संयुक्त टोलीले सुर्खेतको भेरी गंगा नगरपालिका १० का ४० वर्षीय दलबहादुर शाही, जाजरकोटको जुनिचाँदे गाउँपालिका ११ का ११ वर्षीय धनबहादुर शाही र सल्यान कुपिण्डेदह नगरपालिका ४ का ३३ वर्षीय भरत बहादुर पुनलाई पक्राउ गरेको हो ।

प्रहरीले होटलको ११३ नम्बर कोठा खानतलासी गर्ने क्रममा झोलामा लुकाइराखेको अवस्थामा दुई थान रेडपाण्डाको छाला बरामद गरेको कोहलपुर प्रहरीले जानकारी दिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार )                                                                  डीआईजी दुर्गा सिंहलाई गण्डकी प्रदेश प्रहरी कार्यालयमा सरुवा गरिएको छ । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले डीआईजी सिंहलाई गण्डकी प्रदेश […]

(एबिसि संचार ) सिराहामा छोराको हत्या गरेको आरोपमा एक आमा पक्राउ परेकी छन् । सखुवानन्कारकट्टी गाउँपालिका–५ घर भई हाल लहान नगरपालिका–१ मा बस्दै आएकी ३४ वर्षीया सरिताकुमारी साहलाई प्रहरीले नियन्त्रणमा लिएको हो । गत मंगलबारदेखि नै उनले ५ वर्षीय आफ्ना छोरा आयुशलाई नभेटेको छिमेकीहरुलाई बताएकी थिइन् । छिमेकीले खोजी गर्दासमेत बालक भेटिएका थिएनन् । त्यसपछि […]

(एबिसि संचार ) धनुषामा प्रहरी र स्थानीयबीच झडप भएको छ । युवायुवतीको प्रेम सम्बन्धको विषयलाई लिएर जिल्लाको औरही गाउँपालिका–१ पौडेसरमा दुई समूहबीच विवाद भएको थियो । विवादपछि एक समूहले सडक अवरुद्ध गर्दै प्रदर्शन गरेपछि बल प्रयोग गरेर खुलाउने क्रममा प्रहरी र स्थानीयबीच झडप भएको धनुषाका प्रहरी प्रवक्ता डीएसपी रञ्जन अवाले बताए । उनका अनुसार स्थिति […]