०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
×

नवलपरासीमा ठूलो मात्रामा लागू औषधसहित ४ जना पक्राउ

Logo
प्रकाशित बिहिबार, माघ १५, २०७७

 

ABC (क्राईमबिट)
नवलपरासी। पूर्व । जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वले मंगलबार ठूलो मात्रामा लागूऔषध ओसारपसारमा संलग्न रहेको अभियोगमा ४ जना व्यक्तिलाई जिल्लाका विभिन्न स्थानबाट पक्राउ गरेको छ ।

जिल्ला नवलपरासी विनयी त्रिवेणी नगरपालिका-१ दुम्किवास बजारस्थित पूर्व पश्चिम राजमार्गमा चेकिङमा खटिएको प्रहरी टोलीले भैरहवाबाट काठमाण्डौ आउँदै गरेको लु२ख ७८१ नं.को बसमा सवार जिल्ला मोरङ बिराटनगर नगरपालिका-६ बस्ने वर्ष १९को विशाल ऋशिदेब (मुसहर)को साथबाट नुर्फिन ३९८, फेनारगन ३९८ र डाईजापाम ३९८ गरी जम्मा ११९४ एम्पुल लागूऔषध बरामद गरेको छ ।

त्यस्तै सोही स्थानमा नै चेकिङका क्रममा पश्चिमबाट पूर्व तर्फ आउँदै गरेको ना३ख ३४६४ नं.को बसमा सवार जिल्ला तनहूँ ब्यास नगरपालिका-१ बस्ने वर्ष २७को मिन बहादुर थापा मगरको साथबाट नुर्फिन २८, फेनारगन २८ र डाईजापाम २८ गरी जम्मा ८४ एम्पुल बरामद गरेको छ ।

साथै जिल्ला कै कावासोती नगरपालिका-१६ चालिस किलोको जंगलमा पश्चिमबाट पूर्व तर्फ आउँदै गरेको ग १ ख ९९८८ नं.को बसमा चेकजाच गर्ने क्रममा बसमा सवार जिल्ला चितवन रत्ननगर नगरपालिका-२ बस्ने वर्ष २०को अनुरुप अधिकारी र जिल्ला धादिङ जलजला गाँउपालिका ५ बस्ने वर्ष १७को सन्दिप अधिकारीको साथबाट नुर्फिन १७, फेनारागन १७, डाइजापाम १७ गरी जम्मा ५१ एम्पुल लागूऔषध फेलापारी निजहरुलाई नियन्त्रणमा लिईएको छ ।
प्रहरीले निज ४ जना व्यक्तिहरुको साथबाट जम्मा १३२९ एम्पुल लागूऔषध बरामद गरेको हो । घटनाको विषयमा प्रहरीले थप अनुसन्धान तथा कारवाही प्रक्रिया अगाडी बढाएको जनाएको छ ।रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्यमा दाङकी साजिदा खातुन सिद्धिकी निर्विरोध निर्वाचित भएकी छिन् । केन्द्रीय निर्वाचन आयोगले प्रकाशन गरेको प्रारम्भिक नामावलीमा तोकिए कोटाभन्दा बढी उम्मेदवारी नपर्दा उनी निर्विरोध निर्वाचित भएकी हुन् । उनी मुस्लिम महिलातर्फ निर्विरोध कैन्द्रीय सदस्य भएकी छिन् ।

  काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर गरेको छ। निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले पेट्रोलको मूल्य बढाउने तथा डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ मूल्य वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ४/४ रुपैयाँ मूल्य घटाइएको छ। यो नयाँ मूल्यसूची भोलि बिहान […]

भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीबाट खटिई गएको ट्राफिक प्रहरीद्वारा जिल्ला रुपन्देही सिद्धार्थ नगरपालीका वडा नं. १ बेलहिया स्थित BR06PF2851 र UP17AT7229 भारतिय बसहरुले सवारी तथा यातायात ब्यवस्था ऐन, २०४९ को दफा १२ बिपरित कार्य गरेको हुदा नियन्त्रणमा लिई यातायात ब्यवस्था कार्यालय लुम्बिनी रुपन्देहीबाट जनही रु १००००।– जरिवाना भए पश्चात छाडिएको । साथै भारतिय […]

error: Content is protected !!