२७ फाल्गुण २०८२, बुधबार
11-03-2026 , Wed
×

नेपाल प्रहरीका ४९ इन्सपेक्टर डिएसपीमा बढुवा हुँदै

Logo
प्रकाशित शनिबार, माघ १७, २०७७

ABC (क्राईमबिट)
काठमाडौं । प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीका ४९ इन्सपेक्टरको डिएसपीमा बढुवाको तयारी थालेको छ । एसपी बढुवा सिफारिसमा उजुरी गर्ने अवधि सकिन लागेपछि डिएसपीमा बढुवा गर्न लागिएको हो ।

डिएसपीका ४९ रिक्त पदमा एक सय भन्दा धेरै इन्सपेक्टरहरु प्रतिस्पर्धामा छन् । जसमा धेरैजसो अघिल्लो बढुवामै छुटेकाहरु छन् । लगत्तै इन्सपेक्टरमा समेत बढुवाको तयारी भइरहेको छ । सइबाट इन्सपेक्टर बढुवामा सबैभन्दा धेरै सोर्सफोर्स चल्ने गर्दछ । खासगरी नेताको पिएसओ बसेका सइहरुले यस्तो चलखेल गर्दछन् । प्रहरी प्रधान कार्यालयले डिएसपीहरुको सरुवाको तयारी पनि थालेको छ । हाल इन्चार्ज रहेका डिएसपीहरु बढुवा हुने भएपछि रिक्त स्थानमा नयाँ इन्चार्जहरु पठाउन लागिएको छ ।

यो पनि हेर्नुहोस् : नेपाल प्रहरी र सशस्त्र प्रहरीको राशनभत्ता ४० प्रतिशत बढ्ने

नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका कर्मचारीको राशनभत्ता करिब ४० प्रतिशत बढ्ने भएको छ । दुवै निकायमा विगत पाँच वर्षदेखि भत्ता बढ्न सकेको छैन ।दुवै प्रहरीले रासन भत्ता ५० प्रतिशत बढाउन सिफारिस गरेका छन् । तर, सिफारिस भन्दा केही कम बढाउन अर्थ मन्त्रालय तयार देखिएको छ । रासनभत्ता समायानुकुल बनाउन गृह मन्त्रालयले सहसचिव थानेश्वर गौतमको अध्ययक्षतामा एक समिति गठन गरी सुरक्षा निकायमा रासनभत्ता बढाउने तयारी गरिरहेको छ । यही माघदेखि नै लागू हुने गरी रासनभत्ता बढाउन गृहकार्य भइरहेको छ । २०७२ को माघयता रासनभत्ता बृद्धि हुन सकेको छैन ।

रासनभत्ता बृद्धिका लागि दुवै प्रहरीबाट प्रस्ताव आएको तर कति बढाउने भन्ने टुंगो नलागेको सहसचिव र्गौतमले बताए । ‘रासनभत्ता कति बढाउने भन्ने विषय छलफलमै छ,’ उनले भने,‘केही दिनभित्रै यसलाई टुंग्याउँछौं ।’ गौतम नेतृत्वको समितिमा अर्थ मन्त्रालय र दुवै प्रहरीका प्रतिनिधि छन् । अर्थ मन्त्रालयले रासनभत्ता बढाउन बजेटले भ्याउने बताएपछि गृहले त्यसको सिफारिस गर्न समिति गठन गरेको हो ।

स्रोतका अनुसार नेपाल प्रहरी र सशस्त्र प्रहरी दुवैले अहिले खाइपाइ आएको रासन भत्तामा करिब ५० प्रतिशत बृद्धिको प्रस्ताव गरेका छन् । तर, गृह र अर्थ मन्त्रालयका अधिकारीले ५० प्रतिशत बृद्धि गर्दा अहिलेको अवस्थामा राज्यलाई धेरै भार पर्ने भएकाले त्यतीधेरै बढाउन नहुनेमा जोड दिएका छन् ।

समितिका एक अधिकारीका अनुसार रासनभत्ता बृद्धिबारे तीन वटा प्रस्तावनामा छलफल भइरहेको छ । पहिलो भनेको प्रहरीकै प्रस्तावअनुसार एकमुष्ठ ५० प्रतिशत बृद्धि गर्ने । दोस्रो भनेको नेपाल राष्ट्र बैंकको मूल्यबृद्धिको तथ्याङकअनुसार ३२ प्रतिशत बृद्धि गर्ने । पछिल्लो ५ वर्षमा देशमा ३२ प्रतिशत महंगी बढेको केन्द्रीय बैंकको तथ्याङक छ । त्यसैलाई आधार मानेर रासन भत्ता बृद्धि गर्नुपर्ने कतिपयको राय छ ।रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सुर्खेत । १६ वर्षीया इनिसा बिकको फागुन २३ गते बिहान बेहोस अवस्थामा फेला परेकी थिइन् र अस्पताल पुर्‍याउँदा मृत घोषित भएकी थिइन्। मृतकका परिवारले सामूहिक बलात्कारपछि हत्या भएको भन्दै कर्तव्य ज्यान र जबरजस्ती करणीको जाहेरी दिएका छन्। २६ फागुन, सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा १६ वर्षीया इनिसा विकको बलात्कारपछि हत्या गरेको आरोपमा चार जना पक्राउ परेका […]

काठमाडौँ । फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौँ उपत्यकामा परिचालन गरिएका निर्वाचन प्रहरीको बिहीबार बिदाइ गरिने भएको छ। निर्वाचनको सुरक्षाका लागि काठमाडौँमा तीन हजार ८५४, भक्तपुरमा एक हजार ९३ तथा ललितपुरमा एक हजार ५९६ निर्वाचन प्रहरी परिचालन गरिएको नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए। उनले भने, ‘निर्वाचन अवधिभर उपत्यकामा शान्तिपूर्ण […]

  काठमाडौं । देशका विभिन्न क्षेत्रमा मङ्गलबारसम्म आकाश नखुल्ने अनुमान गरिएको छ । मौसमविद् रोजन लामिछानेले आज वाग्मती प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको बताए ।हाल देशको वायुमण्डलमा उच्चचापीय र पूर्वी भाग नजिकमा तल्लो वायुमण्डलको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ ।“यस प्रणालीका कारण आगामी केही दिन देशका पहाडी तथा हिमाली क्षेत्रमा बादल लाग्ने […]

error: Content is protected !!