११ साउन २०८२, आइतबार
27-07-2025 , Sun
×

नेपाल प्रहरीका ४९ इन्सपेक्टर डिएसपीमा बढुवा हुँदै

Logo
प्रकाशित शनिबार, माघ १७, २०७७

ABC (क्राईमबिट)
काठमाडौं । प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीका ४९ इन्सपेक्टरको डिएसपीमा बढुवाको तयारी थालेको छ । एसपी बढुवा सिफारिसमा उजुरी गर्ने अवधि सकिन लागेपछि डिएसपीमा बढुवा गर्न लागिएको हो ।

डिएसपीका ४९ रिक्त पदमा एक सय भन्दा धेरै इन्सपेक्टरहरु प्रतिस्पर्धामा छन् । जसमा धेरैजसो अघिल्लो बढुवामै छुटेकाहरु छन् । लगत्तै इन्सपेक्टरमा समेत बढुवाको तयारी भइरहेको छ । सइबाट इन्सपेक्टर बढुवामा सबैभन्दा धेरै सोर्सफोर्स चल्ने गर्दछ । खासगरी नेताको पिएसओ बसेका सइहरुले यस्तो चलखेल गर्दछन् । प्रहरी प्रधान कार्यालयले डिएसपीहरुको सरुवाको तयारी पनि थालेको छ । हाल इन्चार्ज रहेका डिएसपीहरु बढुवा हुने भएपछि रिक्त स्थानमा नयाँ इन्चार्जहरु पठाउन लागिएको छ ।

यो पनि हेर्नुहोस् : नेपाल प्रहरी र सशस्त्र प्रहरीको राशनभत्ता ४० प्रतिशत बढ्ने

नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका कर्मचारीको राशनभत्ता करिब ४० प्रतिशत बढ्ने भएको छ । दुवै निकायमा विगत पाँच वर्षदेखि भत्ता बढ्न सकेको छैन ।दुवै प्रहरीले रासन भत्ता ५० प्रतिशत बढाउन सिफारिस गरेका छन् । तर, सिफारिस भन्दा केही कम बढाउन अर्थ मन्त्रालय तयार देखिएको छ । रासनभत्ता समायानुकुल बनाउन गृह मन्त्रालयले सहसचिव थानेश्वर गौतमको अध्ययक्षतामा एक समिति गठन गरी सुरक्षा निकायमा रासनभत्ता बढाउने तयारी गरिरहेको छ । यही माघदेखि नै लागू हुने गरी रासनभत्ता बढाउन गृहकार्य भइरहेको छ । २०७२ को माघयता रासनभत्ता बृद्धि हुन सकेको छैन ।

रासनभत्ता बृद्धिका लागि दुवै प्रहरीबाट प्रस्ताव आएको तर कति बढाउने भन्ने टुंगो नलागेको सहसचिव र्गौतमले बताए । ‘रासनभत्ता कति बढाउने भन्ने विषय छलफलमै छ,’ उनले भने,‘केही दिनभित्रै यसलाई टुंग्याउँछौं ।’ गौतम नेतृत्वको समितिमा अर्थ मन्त्रालय र दुवै प्रहरीका प्रतिनिधि छन् । अर्थ मन्त्रालयले रासनभत्ता बढाउन बजेटले भ्याउने बताएपछि गृहले त्यसको सिफारिस गर्न समिति गठन गरेको हो ।

स्रोतका अनुसार नेपाल प्रहरी र सशस्त्र प्रहरी दुवैले अहिले खाइपाइ आएको रासन भत्तामा करिब ५० प्रतिशत बृद्धिको प्रस्ताव गरेका छन् । तर, गृह र अर्थ मन्त्रालयका अधिकारीले ५० प्रतिशत बृद्धि गर्दा अहिलेको अवस्थामा राज्यलाई धेरै भार पर्ने भएकाले त्यतीधेरै बढाउन नहुनेमा जोड दिएका छन् ।

समितिका एक अधिकारीका अनुसार रासनभत्ता बृद्धिबारे तीन वटा प्रस्तावनामा छलफल भइरहेको छ । पहिलो भनेको प्रहरीकै प्रस्तावअनुसार एकमुष्ठ ५० प्रतिशत बृद्धि गर्ने । दोस्रो भनेको नेपाल राष्ट्र बैंकको मूल्यबृद्धिको तथ्याङकअनुसार ३२ प्रतिशत बृद्धि गर्ने । पछिल्लो ५ वर्षमा देशमा ३२ प्रतिशत महंगी बढेको केन्द्रीय बैंकको तथ्याङक छ । त्यसैलाई आधार मानेर रासन भत्ता बृद्धि गर्नुपर्ने कतिपयको राय छ ।रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । देउखुरी गढवा गाउँपालिका वडा नम्बर ७,का वडा अध्यक्ष राहुलदेव चौधरीको घरमा अवैध काठ चिरान गरिरहेको भन्ने गोप्य सूचनाको आधारमा वन कर्मचारी,प्रहरी र सामुदायिक वनका पदाधिकारीको संयुक्त टोलिले साल र सिसौंको गरि कुल ५८.३४ क्युफिट काठ बरामद गरेको हो । कक्रहवा खोलाले बगाएर ल्याएको साल र सिसौंको रुखलाई सम्बन्धित वन कार्यालयलाई जानकारी गराउनुको सट्टामा […]

  काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालयको कानुन शाखाले आज सूचना जारी गर्दै २२ जना प्रहरी लामो समयदेखि गैरहाजिर रहेको भन्दै उनीहरूलाई सम्पर्कमा आउन सात दिनको समय दिएको हो। गैर हाजिर हुनेमा प्राविधिक तर्फका एक असईसहित चारजना असई, दुईजना कार्यालय सहयोग र बाँकी सबै प्रहरी जवान छन्। लामो सयमदेखि सम्पर्कविहीन भएका उनीहरूलाई एक साताभित्र सम्पर्कमा […]

मेष-आफन्तसँग आत्मीयता बढ्नेछ। घरायसी काममा व्यस्तता रहनेछ। सामाजिक जिम्मेवारी पुरा गर्नुपर्ने हुन सक्छ। विदेशतर्फ सोच राख्नुभएको छ भने, आजको दिन योजना बनाउन उपयुक्त छ। वृष-सन्देश वा पत्रव्यवहारको दिन हो। सञ्चार माध्यममार्फत केही नयाँ जानकारी पाइनेछ। सामाजिक भेटघाट वा यात्रा सम्भावना छ। वैदेशिक कामका लागि आवश्यक कागजपत्र तयार गर्न उपयुक्त समय। मिथुन-आर्थिक पक्ष व्यवस्थित बनाउनुपर्ने समय […]

error: Content is protected !!