०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
×

दुई क्विन्टलभन्दा बढी कुखुरालाई अवैध कुखुरा नष्ट

Logo
प्रकाशित शनिबार, माघ १७, २०७७

 

(महेन्द्र सिंह)
बाँके । भारतका धेरै ठाउँमा देखिएको बर्डफ्लु भित्रिने अत्यधिक जोखिमका बीच पनि भारतबाट अवैध रूपमा कुखुरा भित्र्याउने कार्य भने अझै रोकिएको छैन । बर्डफ्लु भित्रिने आशङ् काकै कारण भारतबाट कुखुराको आयातमा पूर्ण रूपमा प्रतिबन्ध लगाएर सीमा नाकामा कडाइ गरिए पनि भारतबाट ल्याइएका कुखुरा दिनदिनै प्रहरीले नियन्त्रणमा लिँदै आएकोले ल्याउने क्रम जारी रहेको पुष्टि भएको छ ।

सोही प्रकारले भित्र्याइएका दुई क्विन्टलभन्दा बढी कुखुरालाई सशस्त्र प्रहरीले बरामद गरेर नष्ट गरिएको जनाएको छ । सशस्त्र प्रहरी आउट पोष्ट बढैयाबाट खटिएको गस्ती टोलीले जानकी गाउँपालिका–१ मा भारतबाट भित्र्याउँदै गरेको प्रतिबन्धित दुई क्विन्टलभन्दा बढी बोइलर कुखुरा बरामद गरेको हो । अवैध रूपमा कुखुरा भित्र्याउने व्यक्ति प्रहरीलाई देखेपछि कुखुरा छाडेर भागेको बाँके प्रहरीले जनाएको छ ।

जिउँदा बोइलर कुखुरालाई सशस्त्र प्रहरीले पशु क्वारेन्टाइन कार्यालय नेपालगन्जलाई बुझाएको छ । कुखुरालाई क्वारेन्टाइन कार्यालयले सम्बन्धित व्यक्तिको रोहवरमा चेक पोष्ट नेपालगञ्जमा रहेको होल्डिङ यार्डस्थित पिटमा नष्ट गरेको छ । बर्डफ्लुकै कारण भारतमा कुखुराको माग र मूल्यमा कमी आएपछि नेपालका व्यापारीले लुकाइछिपाई भित्र्याउने गरको पशु क्वारेन्टाइन कार्यालय नेपालगन्जका प्रमुख भक्त निउरेले जानकारी दिए ।

भारतका विभिन्न सहरमा बर्डफ्लु रोगको सङ्क्रमण देखिकोले नेपालमा पन्छी र पन्छीजन्य पदार्थ आयातमा प्रतिबन्ध लगाइएको भए पनि आयात भने लुकीछिपी जारी नै रहेको प्रमुख निउरेले बताए । बाँकेका प्रहरी प्रमुख एसपी ओमबहादुर रानाले बर्डफ्लु भित्रिने डरले भारतबाट कुखुराको आयातमा प्रतिबन्ध लगाइएको बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्यमा दाङकी साजिदा खातुन सिद्धिकी निर्विरोध निर्वाचित भएकी छिन् । केन्द्रीय निर्वाचन आयोगले प्रकाशन गरेको प्रारम्भिक नामावलीमा तोकिए कोटाभन्दा बढी उम्मेदवारी नपर्दा उनी निर्विरोध निर्वाचित भएकी हुन् । उनी मुस्लिम महिलातर्फ निर्विरोध कैन्द्रीय सदस्य भएकी छिन् ।

  काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर गरेको छ। निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले पेट्रोलको मूल्य बढाउने तथा डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ मूल्य वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ४/४ रुपैयाँ मूल्य घटाइएको छ। यो नयाँ मूल्यसूची भोलि बिहान […]

भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीबाट खटिई गएको ट्राफिक प्रहरीद्वारा जिल्ला रुपन्देही सिद्धार्थ नगरपालीका वडा नं. १ बेलहिया स्थित BR06PF2851 र UP17AT7229 भारतिय बसहरुले सवारी तथा यातायात ब्यवस्था ऐन, २०४९ को दफा १२ बिपरित कार्य गरेको हुदा नियन्त्रणमा लिई यातायात ब्यवस्था कार्यालय लुम्बिनी रुपन्देहीबाट जनही रु १००००।– जरिवाना भए पश्चात छाडिएको । साथै भारतिय […]

error: Content is protected !!