०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
×

नेपालको कुनैपनि ठाँउबाट गाई गोरु ढुवानी गर्न पाइन्छ डाक्टर:न्युरे

Logo
प्रकाशित आइतबार, माघ १८, २०७७

 (सागर थापा) दाङ । गुणस्तर खानेकुरामा स्वस्थ पशुपंक्षी प्रयोगमा ल्याउन दाङको घोराहीमा सम्पन्न एक कार्यक्रममा बोल्दै पशु क्वारेन्टाइन कार्यालय नेपालगञ्जका वरिष्ठ पशु चिकित्सक भक्त न्युरेले अावश्यक नीति नियम अपनाएर मात्र पशुपंक्षी ढुवानी तथा अाेसारपसार गर्न सुझाव दिएका छन् । बिगत केही समय पहिले रुपन्देहीमा कट्टर हिन्दूवादी युवाहरुले गाईगोरु ढुवानी गरेको एउटा मालवाहक सवारीसाधन आफ्नो कब्जामा लिएको प्रसङ्गमा वरिष्ठ पशु चिकित्सक डाक्टर न्युरेले आवश्यक प्रकृया पुर्‍याएर लगिएका त्यस्ता कुनैपनि गाडीहरूशीत त्यस्तो व्यवहार नगर्न सम्बन्धित पक्षलाई उनलेे सल्लाह दिए । भारतबाट ल्याउने कुरालाई निरुत्साहित गर्नुपर्ने र देशको एउटा भूभागमा तैयार भएका त्यस्ता पशु तथा पंक्षीहरु अन्य कुनै पनि भागमा आवश्यक प्रक्रिया पूरा गरेर लग्न सकिने नेपाल सरकारले व्यवस्था गरिदिएको हुँदा त्यसतर्फ सबैले ख्याल गर्नुपर्ने उनको तर्क थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्यमा दाङकी साजिदा खातुन सिद्धिकी निर्विरोध निर्वाचित भएकी छिन् । केन्द्रीय निर्वाचन आयोगले प्रकाशन गरेको प्रारम्भिक नामावलीमा तोकिए कोटाभन्दा बढी उम्मेदवारी नपर्दा उनी निर्विरोध निर्वाचित भएकी हुन् । उनी मुस्लिम महिलातर्फ निर्विरोध कैन्द्रीय सदस्य भएकी छिन् ।

  काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर गरेको छ। निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले पेट्रोलको मूल्य बढाउने तथा डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ मूल्य वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ४/४ रुपैयाँ मूल्य घटाइएको छ। यो नयाँ मूल्यसूची भोलि बिहान […]

भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीबाट खटिई गएको ट्राफिक प्रहरीद्वारा जिल्ला रुपन्देही सिद्धार्थ नगरपालीका वडा नं. १ बेलहिया स्थित BR06PF2851 र UP17AT7229 भारतिय बसहरुले सवारी तथा यातायात ब्यवस्था ऐन, २०४९ को दफा १२ बिपरित कार्य गरेको हुदा नियन्त्रणमा लिई यातायात ब्यवस्था कार्यालय लुम्बिनी रुपन्देहीबाट जनही रु १००००।– जरिवाना भए पश्चात छाडिएको । साथै भारतिय […]

error: Content is protected !!