२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

व्यक्तिको आर्थिक स्थिति बुझेर मात्र बिमा गर्न अनुरोध प्रबन्धक :पोख्रेल

Logo
प्रकाशित आइतबार, माघ १८, २०७७


(ABC संचार ब्युरो) सिरहा । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सिरहा जिल्ला धनगढीमाई नगरपालिका वडा नं.१ स्थित वाटिका टुरिजममा ‘स्किल डेभलपमेन्ट एन्ड मोटिभेसन प्रोग्राम’ भव्यताका साथ सम्पन्न गरेको छ । उक्त भब्य कार्यक्रम नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका बरिष्ठ सहायक महा प्रबन्धक उमापती पोखरेलले पानसमा बत्ती बालेर समुद्घाटन गर्नुभएको हो ।
उक्त कार्यक्रममा बरिष्ठ सहायक महा प्रबन्धक पोखरेलले बीमा गराउनुभन्दा पहिले बीमा गर्ने व्यक्तिको आर्थिक स्थिति बुझेर, जीवन बीमाको आवश्यकता महसुस गराएर मात्र बीमा गराउन सुझाव दिनुभयो । उहाँले सस्तो लोकप्रियताभन्दा गुणस्तरीय सेवा प्रवाह तथा दीर्घकालिन लाभमा नेपाल लाइफले ध्यान दिने बताउनुभयो ।
बरिष्ठ सहायक महा प्रबन्धक पोखरेलले भन्नुभयो, ‘बीमा विश्वासमा हुन्छ, अभिकर्ताको बोलीमा हुन्छ, त्यसैले सबै अभिकर्ताले बीमा के हो र किन आवश्यक छ भन्ने चेतना आम नागरिकमा जगाउनुपर्छ । साथै बीमितको विश्वासमा आँच आउने काम गर्नु हुँदैन । त्यसपछि मात्र आम नागरिकमा बीमा गर्नुपर्छ भन्ने चेतनाको विकास हुन्छ, हरेक व्यक्ति बीमामा आवद्ध हुन चाहन्छन् र आफैं अभिकर्ताको खोजी गर्दै आउँनेछन् ।’
साथै आफ्ना अभिकर्ताहरुको क्षमता अभिबृद्धि गर्ने तथा उत्प्रेरणा जगाउने उद्देश्यले सो कार्यक्रम आयोजना गरिएको नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका पूर्वान्चल क्षेत्रीय प्रमुख टिकादत्त प्याकुरेलले जनाएको छ । उक्त भब्य कार्यक्रममा ६ सय भन्दा बढि सक्रिय अभिकर्ताहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका पूर्वान्चल क्षेत्रीय प्रमुख टिकादत्त प्याकुरेलले भने नेपाल लाइफ इन्स्योरेन्सको ब्रान्ड एम्बेस्डर भनेकै देशका कुनाकुनामा पुगेर जीवन बीमाका बारेमा सचेतना फैलाउने सम्पूर्ण अभिकर्ता भएको बताउनुभयो । त्यसैले कम्पनीले सक्रिय अभिकर्ताहरु अझ बढाएर चालू आवमा दोब्बर गर्ने लक्ष्य राखेको क्षेत्रीय प्रमुख प्याकुरेलले बताउनु भयो । बीमाबाटै देशको समृद्धि, नागरिकको भविष्यमा आइपर्ने जोखिम न्यूनीकरण र अभिकर्ताको पनि भविष्य निर्माण गर्न सकिने उहाँको कथन थियो ।
उक्त कार्यक्रममा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लहानका प्रमुख भोगेन्द्र कुमार साहको अध्यक्षतमा भएको कार्यक्रममा प्रमुख अतिथिको रुपमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका बरिष्ठ सहायक महा प्रबन्धक उमापती पोखरेलको उपस्थिति रहेको थियो । त्यसै गरि बिशिष्ट अतिथिको रुपमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका पूर्वान्चल क्षेत्रीय प्रमुख टिकादत्त प्याकुरेल,अतिथिको रुपमा नेपाल लाइफ इन्स्योरेन्स सिरहा शाखाका प्रमुख पुर्ण कुमार कर्ण,गाइघाट शाखाका प्रमुख गिरिस चन्द्र कर्ण,राजबिराज शाखाका प्रमुख पुरषोतम चौधरी,कन्चनपुर शाखाका प्रमुख जयकुमार दत्त,कटारी शाखाका प्रमुख सुदर्शन बराल,मिर्चैया उप शाखाका प्रमुख रिता कुमारी साह, पेशागत बीमा अभिकर्ताका केन्द्रीय उपाध्यक्ष गणेश अधिकारी,नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका नेपाल प्रथम भिम कुमार,नेपाल दोस्रो वेद थापा,बिभिन्न शाखाबाट आएको कर्मचारीहरु समेतको सहभागिता भएको उक्त कार्यक्रममा व्यवसायमा उच्च योगदान पुर्याउने अभिकर्ता तथा एजेन्सी मेनेजरहरुलाई सम्मान गरिएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!