२७ बैशाख २०८३, आइतबार
10-05-2026 , Sun
×

सरकारी मोटरसाइकलमा पार्टीको झन्डा हल्लाउँदै जनप्रतिनिधिका भतिजा पुगे धनगढी

Logo
प्रकाशित आइतबार, माघ १८, २०७७

(ABC संचार ब्युरो)
कैलाली । राजनीतिक सत्ता र शक्तिका आडमा स्थानीय तहमा सरकारी गाडीको चरम दुरूपयोग भएको पाइएको छ । गाउँ गाउँमा सिंहदरबारको नारासहित संघियताअनुरूप व्यवस्था गरिएको स्थानीय तहका जनप्रतिनिधिले सरकारी गाडीको चरम दुरूपयोग गरिरहेको पाइएको हो ।

स्थानीय जनताका विकासका अपेक्षा एवं उनीहरूका समस्या समाधानका लागि ‘घर घरमा सरकार’का रूपमा चित्रण गरिएका स्थानीय तहका पदाधिकारीले जनताको करबाट किनिएको महँगा गाडी आफू खुशी चलाउने गरेको पाइएको हो । यतिमात्र होइन उनीहरूले सरकारी सम्पत्ति आफ्ना नातागोतालाई रजाइँ गर्न दिने गरेको भेटिएको छ ।

सरकारी गाडी निजि वा व्यक्तिगत प्रयोजनका लागि कोही कसैले प्रयोग गर्न नपाउने एवम सरकारी कर्मचारीले समेत काम विशेष बीना शनिबार वा सार्वजनिक विदाको दिन चलाउन नपाइने यदी परेका खण्डमा जिल्ला प्रशासनको अनुमती लिनुपर्ने कानुनी व्यवस्था भएपनी यसको खिल्लि उडाइएको पाइएको छ ।
शनिबार धनगढीमा भएको प्रचण्ड–नेपाल समुहको कार्यक्रममा सरकारी गाडीमा पाटिका झन्डा हल्लाउँदै एक व्यक्तिले कैलालीको मोहन्याल गाउँपालिका १ का अध्यक्ष नवीन पुनले चलाउदै आएको ६६६ नम्बरको मोटरसाइकल लियर कार्यक्रममा सहभागी भएको पाइएको छ । स्थानीयका अनुसार उनी अध्यक्ष पुनको भतिजा नातापर्ने व्यक्ति हुुुन ।

सरकारी गाडी अफिस जान आउनको लागी दिईएको हो तर यहाँ वडा अध्यक्ष जन प्रतिनिधिहरु सरकारी गाडीको मनोमानी रुपमा प्रयोग गर्दै आएको सहजै देखन सकिन्छ । यस विषयमा बुझ्न खोज्दा वडा अध्यक्ष पुनले भने भतिजाले मोटरसाइकल चलाएको स्वीकार गरे । उनले आफूले पेट्रोल हाल्न भन्दै बौनिया बजारस्थित पेट्रोल पम्पमा पठाएको तर, पार्टीको झण्डा कसले झुण्डाएको भन्ने बारे जानकारी नभएको बताए । मैले भतिजालाई पेट्रोल हाल्न बौनिया पठाएको हो । उनले भने, कसले झण्डा लगेर मोटरसाइकल झुण्डायो भन्ने विषय मलाई थाहा भएन । उनले आफूसहित नेताकार्यकर्ता बसमा धनगढीको विरोध सभामा गएको बताए ।हिमाली टाइम्सबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

कपिलवस्तु । *घटना विवरण:* – *स्थान*: पूर्व–पश्चिम राजमार्ग, शिवराज नगरपालिका, कपिलवस्तु – *मिति*: हालै – *सवारी*: ना ५ ख २३६४ नम्बरको ट्रक – *बरामद*: लुकाइछिपाइ ल्याइएका २० वटा गोरु *पक्राउ परेका:* 1. ट्रक चालक विजय कुमार महतो – मोरङ 2. खड्ग बहादुर दाहाल – झापा *कारबाही:* कपिलवस्तु प्रहरीले चेकजाँचका क्रममा ट्रक नियन्त्रणमा लिएर दुवै जनालाई […]

कास्की । पोखरामा बालिकालाई ललाई-फकाई गरी सुनका मुन्द्रा चोरी गर्ने एक महिलालाई कास्की प्रहरीले पक्राउ गरेको छ। के भएको थियो ? गत वैशाख ६ गते पोखरा–२५ हेम्जामा एक ६ वर्षीया बालिकालाई “म तिम्रो ममीको साथी हुँ” भन्दै झुक्याएर, जुस र आइसक्रिम खुवाई कानमा लगाएको करिब १ लाख मूल्य बराबरको सुनको मुन्द्रा लिएर एक महिला फरार […]

  बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार उनलाई मंगलबार दिउँसो नियन्त्रणमा लिइएको हो । बाँके प्रहरीले सामाजिक अभियन्ता बताउने नेपालगञ्जकी रुबी खानलाई सार्वजनिक शान्ति विरुद्धको कसुरमा पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार उनलाई मंगलबार दिउँसो नियन्त्रणमा लिइएको हो। प्रहरीका अनुसार खानले भ्रामक अभिव्यक्ति दिने, सर्वसाधारणलाई उक्साउने तथा जिम्मेवार प्रहरी अधिकृत तथा पीडितमाथि […]

error: Content is protected !!