०४ चैत्र २०८२, बुधबार
18-03-2026 , Wed
×

काठमाडौँको तारकेश्वरमा देखियो बर्डफ्लु

Logo
प्रकाशित आइतबार, माघ १८, २०७७

ABC Sanchar काठमाडौँ । तारकेश्वर नगरपालिकामा बर्डफ्लुु फेला परेको छ । काठमाडौँको तारकेश्वर नगरपालिका–७, साङ्लेखोला, फुटुङका स्थानीय किसानले पालेका टर्की, हाँस मर्न थालेपछि त्यसलाई परीक्षण गराउँदा बर्डफ्लु भएको पुष्टि भएको पशुु सेवा विभागका प्रवक्ता डा. चन्द्र ढकालले जानकारी गराउनुभयो ।

त्यहाँका स्थानीय पालेका टर्की र हाँसको नमुना केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा रियल टाइम पीसीआर विधिबाट परीक्षण गर्दा शुक्रबार बर्डफ्लुु फेला परेको हो । बर्डफ्लु पुष्टि भएपछि विभागले एक हजार ८६५ हाँस, ६२२ बट्टाई, ३२ कुखुरा, २५ टर्की, ५४२ अण्डा र ७५ केजी दाना नष्ट गरेको छ ।

रोग पुुष्टि भएको क्षेत्रबाट रोग अन्यत्र फैलन नदिई तत्काल सो क्षेत्रलाई नियन्त्रणमा लिन सङ्घ, प्रदेश तथा स्थानीय तहका पशुु सेवासँग सम्बन्धित निकायहरूलाई परिचालन गरिएको प्रवक्ता ढकालले बताउनुुभयो । यो बर्डफ्लु कहाँबाट सरेको हो भन्ने फेला पार्न नसकिएको प्रवक्ता ढकालले बताउनुुभयो ।

भारतबाट सरेको भए पहिला सीमा क्षेत्रमा देखिनुुपर्ने थियो भन्दै उहाँले तर एकैपटक काठमाडौँमा नै देखिएकाले यसको स्रोत के हो भन्नेबारे अध्ययन भइरहेको उहाँले जानकारी दिनुुभयो । भारतमा बर्डफ्लुु फेला परेपछि नेपालमा नफैलियोस् भनी सरकारले देशैभर सतर्कता अपनाएको थियो ।

रोग देखापरेको क्षेत्रलाई पूर्ण निसङ्क्रमणसमेत गरी शनिबार रोग पूर्ण रूपमा नियन्त्रण गरिएको विभागले जनाएको छ । पन्छी तथा पन्छीजन्य उत्पादनको ओसारपसार गर्दा अनिवार्य रूपमा स्वास्थ्य परीक्षण गरी भेटेरिनरी प्रमाणपत्र लिएर मात्रै गर्न, गराउन आग्रह गर्दै विभागले फार्म परिसरमा जैविक सुरक्षाका विधि अवलम्बन गर्न, गराउन आग्रह गरेको छ । सम्पूर्ण पन्छीपालक कृषकको फार्म परिसरमा नियमित रूपमा निसङ्क्रमण गर्न तथा व्यक्तिगत सरसफाइमा विशेष ध्यान दिनसमेत आग्रहगरेको छ ।

कुुनै पनि पन्छी फार्म वा अन्य पन्छीपालन वा बिक्री स्थलमा अस्वाभाविक रूपमा पन्छी बिरामी परेमा वा मरेमा तत्काल नजिकको पशुु सेवाका निकायमा सूचना गर्न आग्रहगरिएको छ ।रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । तुल्सीपुर चलचित्र पत्रकार संघ दाङ शाखाको कार्यसमिति चयनप्रति मेरो गम्भीर आपत्ति रहेको जानकारी गराउन चाहन्छु । म चलचित्र पत्रकार सङ्घ दाङमा दुई कार्यकाल कार्यसमिति सदस्यको रूपमा जिम्मेवारी निर्वाह गरिसकेको व्यक्ति हुँ । संस्थाप्रतिको माया, लगाव र निरन्तर सक्रियताका कारण यस पटक सचिव पदमा मेरो स्वाभाविक आकांक्षा पनि थियो । तर दुर्भाग्यवश, संस्थाको विधि, […]

सुर्खेत । कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालय सुर्खेतका निमित्त कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक हरि बहादुर बि.सी.बाट कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरुको व्यक्तिगत टर्नआउट, विभिन्न शाखाहरु, मेश, ब्यारेक तथा वाड एरियाको निरीक्षण गर्नुका साथै आवश्यक निर्देशन प्रदान गर्नु भएको ।

मकवानपुर । मनहरी गाउँपालिका–१ मकरीमा लागुऔषध सेवनकर्तासँग भएको झडपमा एक जना प्रहरी सहायक निरीक्षक र एक युवक घाइते भएका छन् । प्रहरी चौकी पदमपोखरीबाट खटिएका प्रहरी सहायक निरीक्षक दिलबहादुर तामाङमाथि गएराति लागुऔषध सेवनकर्ताले बञ्चरो प्रहार गरेका थिए। उक्त आक्रमणमा तामाङ घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए । प्रहरीका […]

error: Content is protected !!