०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
×

काठमाडौं एर्पोटबाट श्रोत नखुलेको नेपाली १० लाख पक्राउ

Logo
प्रकाशित आइतबार, माघ १८, २०७७

ABC (क्राईमबिट)
काठमाडौं । नेपाल एयरलाइन्सको उडानद्वारा काठमाण्डौंबाट दुवई जान लागेको यात्रु काठमाडौं जिल्ला महानगरपालिका वडा नं.१४ कलंकी स्थायी वतन भएका आशिष खाती क्षेत्रीले लिई आएको कालो रंगको ह्‍याण्ड व्याग (सुटकेश) लाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान ह्या‍ण्ड व्यागेज चेकिङ्ग एरियाको X-ray No. 2 (पुरुषतर्फको X-ray) मा चेकजाँच गर्ने क्रममा उक्त सुटकेशबाट नेपाली रुपैयाँ श्रोत नखुलेको तथा भन्सार उद्घोष (Declare) नगरेको जम्मा नेपाली रुपैयाँ १०,००,०००।– लुकाई छिपाई अबैध रुपमा बाहीरी मुलुकतर्फ लैजान लागेको अवस्थामा फेला पारिएको हुँदा आवश्यक अनुसन्धान एवं कानूनी कारबाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचर पठाइएको अन्तर्राष्ट्रिय विमान स्थलका प्रहरी प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक राजेश बास्तोलाले जानकारी दिनुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्यमा दाङकी साजिदा खातुन सिद्धिकी निर्विरोध निर्वाचित भएकी छिन् । केन्द्रीय निर्वाचन आयोगले प्रकाशन गरेको प्रारम्भिक नामावलीमा तोकिए कोटाभन्दा बढी उम्मेदवारी नपर्दा उनी निर्विरोध निर्वाचित भएकी हुन् । उनी मुस्लिम महिलातर्फ निर्विरोध कैन्द्रीय सदस्य भएकी छिन् ।

  काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर गरेको छ। निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले पेट्रोलको मूल्य बढाउने तथा डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ मूल्य वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ४/४ रुपैयाँ मूल्य घटाइएको छ। यो नयाँ मूल्यसूची भोलि बिहान […]

भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीबाट खटिई गएको ट्राफिक प्रहरीद्वारा जिल्ला रुपन्देही सिद्धार्थ नगरपालीका वडा नं. १ बेलहिया स्थित BR06PF2851 र UP17AT7229 भारतिय बसहरुले सवारी तथा यातायात ब्यवस्था ऐन, २०४९ को दफा १२ बिपरित कार्य गरेको हुदा नियन्त्रणमा लिई यातायात ब्यवस्था कार्यालय लुम्बिनी रुपन्देहीबाट जनही रु १००००।– जरिवाना भए पश्चात छाडिएको । साथै भारतिय […]

error: Content is protected !!