०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
×

बर्दियामा सशस्त्र प्रहरीको विओपीको DIG प्रधानबाट उद्घाटन

Logo
प्रकाशित मंगलबार, माघ २०, २०७७

(महेन्द्र सिंह)
बर्दिया । बढैयाताल गाउँपालिका-८ कण्ठपुरस्थित नवनिर्मित बोर्डर आउट पोष्ट (विओपी) को सशस्त्र प्रहरी बल नेपाल नम्बर ५ बिन्ध्याबासिनी बाहिनी मुख्यालय रुपन्देहीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरिक्षक किशोर प्रधानले उद्घाटन गर्नुभयो । विओपी उद्घाटन कार्यक्रममा बाँसगढी नगरपालिकाका मेयर शालिकराम अधिकारी, उपमेयर सुष्मा चौधरी, बढैयाताल गाउँपालिकाका अध्यक्ष लाल बहादुर श्रेष्ठ, उपाध्यक्ष दिपा कुमारी गौतम, प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारी लगायत बर्दिया जिल्लाका सुरक्षा निकायका प्रमुखहरुको उपस्थिति थियो । त्यस अवसरमा विओपी कण्ठपुरको स्थापनामा महत्वपूर्ण योगदान पुर्याएका १६ जना व्यक्तिहरुलाई प्रशंसापत्र र उत्कृष्ट काम गर्ने ४ जना सशस्त्र प्रहरी कर्मचारीहरुलाई समेत प्रशंसापत्र वितरण गरिएको थियो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्यमा दाङकी साजिदा खातुन सिद्धिकी निर्विरोध निर्वाचित भएकी छिन् । केन्द्रीय निर्वाचन आयोगले प्रकाशन गरेको प्रारम्भिक नामावलीमा तोकिए कोटाभन्दा बढी उम्मेदवारी नपर्दा उनी निर्विरोध निर्वाचित भएकी हुन् । उनी मुस्लिम महिलातर्फ निर्विरोध कैन्द्रीय सदस्य भएकी छिन् ।

  काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर गरेको छ। निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले पेट्रोलको मूल्य बढाउने तथा डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ मूल्य वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ४/४ रुपैयाँ मूल्य घटाइएको छ। यो नयाँ मूल्यसूची भोलि बिहान […]

भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीबाट खटिई गएको ट्राफिक प्रहरीद्वारा जिल्ला रुपन्देही सिद्धार्थ नगरपालीका वडा नं. १ बेलहिया स्थित BR06PF2851 र UP17AT7229 भारतिय बसहरुले सवारी तथा यातायात ब्यवस्था ऐन, २०४९ को दफा १२ बिपरित कार्य गरेको हुदा नियन्त्रणमा लिई यातायात ब्यवस्था कार्यालय लुम्बिनी रुपन्देहीबाट जनही रु १००००।– जरिवाना भए पश्चात छाडिएको । साथै भारतिय […]

error: Content is protected !!