०८ साउन २०८३, शुक्रबार
24-07-2026 , Fri
×

ढाडमुङ्रामा ताजा तरकारी उत्पादन सम्बन्धि तालिम सुरु

Logo
प्रकाशित सोमबार, जेठ २१, २०७५

सिता बि .क,प्युठान /

प्युठान नगरपालिका ४ का अध्यक्ष लक्ष्मी प्रकाश राजभण्डारीले अर्गानिक बिधीबाट तरकारी उत्पादन गरि नमुना उद्घमि बन्न आग्रह गर्नुभएको छ । रासायनिक मल र बिषादी प्रयोग गरिएको तरकारीले उपभोक्ता र बाताबरणमा ठुलो असर पुराइरहेकोले प्राकृतिक जिबनासक औषधी र प्राङगारिक मलको प्रयोग गरि उत्पादित तरकारी हो होईन ल्याब परिक्षण सफल भएमा ब्यबसायिलाई आर्थिक सहयोग समेत ब्यबस्था गर्ने राजभण्डारिले बताउनुभयो।
प्युठान नगरपालिका ४ को आर्थिक सहयोग तथा ग्रामिण आर्थिक बिकास मंच खलंगाको आयोजनामा ढाडमुङ्राबासिलाई प्रदान गरिएको ५ दिने ताजा तरकारी उत्पादन सम्बन्धि तालीमको उद्घाटनको क्रममा यस्तो बताइएको हो।
तालिमको औचित्य बारे प्रकाश पार्दै सस्थाकी सदस्य कृष्णमाया रिजालले अहिलेको समय उत्पादन को रहेकाले उत्पादन र उद्घमशिलता बिकासमा अगाडी बढ्न सकेमा मात्र आर्थिक समृद्धि कायम हुन सक्ने बताउनुभयो। रिजालले भन्नुभयो “-स्थानीय तहले अबका दिन देखी मेडेप मोडेल बाट काम थालनी गर्नुपर्ने अपरिहार्य छ ,यसको सुरुवात ४ न वडाले गरेकोमा वडालाई धन्यवाद छ।”
अहिले सम्मको ब्यबसाय परम्परागत र निर्बाहमुखी मात्र भएको भन्दै अब आधुनिक प्रबिधि संगै ब्यबसायमुखी बन्नुपर्ने उद्दम बिकास सहजकर्ता शारदा बि क ले बताउनुभयो ।
तालीम लिए पस्चात ब्यबासाय सन्चालन गर्नुस ,उत्पादित तरकारीको बजार माग नभएको छैन, जिल्लामा उत्पादन नभएकाले बाहिर बाट आयात गर्नु परेको बि. क ले बताउनुभयो ।
१३ जनाको सहभागिता रहेको तालिमको प्रशिक्षण इश्वरी प्रसाद पण्डितले गर्नुहुने छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

देश तथा विदेशका विभिन्न स्थानमा बसोबास गर्नुहुने घोराहीप्रेमी दाजुभाइ, दिदीबहिनी तथा शुभेच्छुकहरूले सामाजिक सञ्जालमार्फत “घोराही बनाऔँ अभियान” का बारेमा निरन्तर सल्लाह, सुझाव, प्रेरणा र साथ–समर्थन प्रदान गरिरहनुभएको छ। यहाँका समस्या, सम्भावना र भविष्यका योजनाबारे खुला रूपमा आफ्ना विचार राख्नुहुने सबैप्रति हार्दिक आभार व्यक्त गर्दछौं। तपाईंहरूका सकारात्मक सुझाव, रचनात्मक आलोचना र निरन्तरको साथले नै यो अभियानलाई […]

रोल्पा । यस मूल नारालाई आत्मसात गर्दै आज जिल्ला प्रहरी कार्यालय, रोल्पाको आयोजना तथा जिल्ला प्रशासन कार्यालय रोल्पा र जिल्ला ट्राफिक प्रहरी कार्यालय रोल्पाको समन्वयमा “सवारी दुर्घटना न्यूनीकरण तथा लागू औषध दुर्व्यसन न्यूनीकरण सम्बन्धी” सचेतनामूलक कार्यक्रम तथा जनचेतनामूलक र्‍याली सफलतापूर्वक सम्पन्न भएको छ। उक्त कार्यक्रममा प्रमुख अतिथि रोल्पा नगरपालिका नगर प्रमुखज्यू, विशिष्ट अतिथि प्रमुख जिल्ला […]

बाँके । नेपालगन्ज, बीपी चोक यो ठाउँमा ग्रीन बेल्ट छ र राति दु-र्घट-ना हुने गरेको गुनासो पहिलेदेखि नै छ । स्थानीय र ट्राफिक स्रोतहरूका अनुसार सवारी साधन अत्यधिक तीव्र गतिमा थियो ग्रीन बेल्टको संरचना र सवारी साधनमा क्षति पुगेको छ । प्रहरीले अहिले घटनाको थप विवरण र घाइतेको अवस्थाबारे अनुसन्धान गरिरहेको छ। भारतबाट आउने सवारीहरूले […]

error: Content is protected !!