०९ माघ २०८२, शुक्रबार
23-01-2026 , Fri
×

ढाडमुङ्रामा ताजा तरकारी उत्पादन सम्बन्धि तालिम सुरु

Logo
प्रकाशित सोमबार, जेठ २१, २०७५

सिता बि .क,प्युठान /

प्युठान नगरपालिका ४ का अध्यक्ष लक्ष्मी प्रकाश राजभण्डारीले अर्गानिक बिधीबाट तरकारी उत्पादन गरि नमुना उद्घमि बन्न आग्रह गर्नुभएको छ । रासायनिक मल र बिषादी प्रयोग गरिएको तरकारीले उपभोक्ता र बाताबरणमा ठुलो असर पुराइरहेकोले प्राकृतिक जिबनासक औषधी र प्राङगारिक मलको प्रयोग गरि उत्पादित तरकारी हो होईन ल्याब परिक्षण सफल भएमा ब्यबसायिलाई आर्थिक सहयोग समेत ब्यबस्था गर्ने राजभण्डारिले बताउनुभयो।
प्युठान नगरपालिका ४ को आर्थिक सहयोग तथा ग्रामिण आर्थिक बिकास मंच खलंगाको आयोजनामा ढाडमुङ्राबासिलाई प्रदान गरिएको ५ दिने ताजा तरकारी उत्पादन सम्बन्धि तालीमको उद्घाटनको क्रममा यस्तो बताइएको हो।
तालिमको औचित्य बारे प्रकाश पार्दै सस्थाकी सदस्य कृष्णमाया रिजालले अहिलेको समय उत्पादन को रहेकाले उत्पादन र उद्घमशिलता बिकासमा अगाडी बढ्न सकेमा मात्र आर्थिक समृद्धि कायम हुन सक्ने बताउनुभयो। रिजालले भन्नुभयो “-स्थानीय तहले अबका दिन देखी मेडेप मोडेल बाट काम थालनी गर्नुपर्ने अपरिहार्य छ ,यसको सुरुवात ४ न वडाले गरेकोमा वडालाई धन्यवाद छ।”
अहिले सम्मको ब्यबसाय परम्परागत र निर्बाहमुखी मात्र भएको भन्दै अब आधुनिक प्रबिधि संगै ब्यबसायमुखी बन्नुपर्ने उद्दम बिकास सहजकर्ता शारदा बि क ले बताउनुभयो ।
तालीम लिए पस्चात ब्यबासाय सन्चालन गर्नुस ,उत्पादित तरकारीको बजार माग नभएको छैन, जिल्लामा उत्पादन नभएकाले बाहिर बाट आयात गर्नु परेको बि. क ले बताउनुभयो ।
१३ जनाको सहभागिता रहेको तालिमको प्रशिक्षण इश्वरी प्रसाद पण्डितले गर्नुहुने छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । गृहमन्त्रालयको सचिव स्तरीय निर्णय अनुसार ५ माघदेखि लागु हुने गरी जनपद प्रहरी समूह तर्फको प्रहरी नायव उपरीक्षक पदबाट प्रहरी उपरीक्षक पदमा बढुवा नियुक्ति भएका एसपीहरूको पदस्थापना गरिएको हो ।

काठमाडौं । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी विद्याकी अधिष्ठात्री देवी सरस्वतीको विधिपूर्वक पूजा आराधना गरी आज देशभर मनाइँदैछ । वसन्त पञ्चमीका दिन सरस्वतीको पूजा गरे विद्या बुद्धि बढ्ने विश्वास रहेको छ । आज देशभरका सरस्वती मन्दिरमा पूजा आराधना गर्न श्रद्धालुको भीड लाग्छ । विद्यालय नपठाइएका साना बालबालिकालाई आजकै दिनदेखि अक्षरारम्भ गराउने चलन […]

काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखा निर्वाचन क्षेत्र नम्बर-२ बाट प्रतिनिधि सभा सदस्यका लागि दर्ता गराएको आफ्नो उम्मेदवारी फिर्ता गरेका छन्। उनी प्रगतिशील लोकतान्त्रिक पार्टीका तर्फबाट उम्मेदवार बनेका थिए। डा. भट्टराईले सामाजिक सञ्जालमार्फत प्रत्यक्ष सम्बोधन गर्दै उम्मेदवारी फिर्ता गर्ने निर्णय सार्वजनिक गरेका हुन्। उनले गोरखा-२ का स्थानीय नागरिक तथा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूबाट आएको […]

error: Content is protected !!