१२ साउन २०८३, मंगलबार
28-07-2026 , Tue
×

गढवा प्रहरीले अवैध सालको काठसहित एकजना पक्राउ

Logo
प्रकाशित मंगलबार, माघ २०, २०७७

ABC (क्राईमबिट)
दाङ। सालको अवैध काठसहित एक जना पक्राउ परेका छन् । प्रहरीले अवैध सालको काठसहित गढवा गाउँपालिका वडा नम्बर ६ का ईमराहिम पठानलाई पक्राउ गरेको हो ।

पठानलाई गढवा गाउँपालिका ५ कक्रहवास्थित कोइलाबासबाट गढवातर्फ ट्याक्टरमा ल्याउँदै गरेको ३३ थान घप्पु अर्थात ३१ दशमलव २ क्युफिट काठसहित पक्राउ गरिएको इलाका प्रहरी कार्यालय गढवाले जानकारी दिएको छ ।

पठानलाई गएराती ९ बजेको समयमा प्रहरीले रा १ त १३९५ नम्बरको ट्याक्टरसहित नियन्त्रणमा लिएको हो । पक्राउ परेका पठानमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सुनसरी । देवानगञ्जमा भएको तनाव र झडपपछि स्थिति बिग्रिएको थियो। अहिले सेना परिचालनसँगै अवस्था नियन्त्रणमा आएको छ। देवानगञ्जमा धार्मिक आस्था र सांस्कृतिक विषयलाई लिएर विवाद सुरु भएको थियो। त्यसपछि स्थानीय दुई पक्षबीच झडप, तोडफोड र आगजनीको घटना भयो। सेना परिचालन अशान्ति नियन्त्रण गर्न नेपाली सेनालाई परिचालन गरिएको छ। सशस्त्र र नेपाल प्रहरीसँगै संयुक्त गस्ती भइरहेको […]

सुनसरी । देवानगन्ज गाउँपालिका–३ स्थित देवानगन्ज बजारमा मंगलबार साँझबाट भीषण हुलदंगा र झडप भइरहेको छ। प्रहरीका अनुसार दुई समुदायबीच साँझ करिब ७ बजेबाट झडप सुरु भएको हो। डेढ घण्टा लामो समयदेखि दुई पक्षबीच लगातार हुलदंगा र झडप भइरहँदा पनि नियन्त्रण सम्भव भइरहेको छैन। अवस्था सुरक्षा नियन्त्रण बाहिर पुगेको छ। दुई पक्षका मानिसहरु रड, भाला, खुँडा, […]

काठमाडौं । कैलालीको गौरीगंगा नगरपालिका १ चौमाला घर भएकी निर्मला साउद छिन् । उनलाई सामेबार पक्राउ गरेर कैलाली पठाइएको विमानस्थल प्रहरीका एसपी राजकुमार सिलवालले बताए । अध्यागमनको विद्युतीय प्रमाणलीमा बैंकिङ कसुरमा कालो सूची देखिएकाले उनलाई पक्राउ गरेर मुद्दा रहेको ठाउँ कैलाली पठाइएको प्रहरीले बताएको छ ।

error: Content is protected !!