१३ साउन २०८२, मंगलबार
29-07-2025 , Tue
×

गढवा प्रहरीले अवैध सालको काठसहित एकजना पक्राउ

Logo
प्रकाशित मंगलबार, माघ २०, २०७७

ABC (क्राईमबिट)
दाङ। सालको अवैध काठसहित एक जना पक्राउ परेका छन् । प्रहरीले अवैध सालको काठसहित गढवा गाउँपालिका वडा नम्बर ६ का ईमराहिम पठानलाई पक्राउ गरेको हो ।

पठानलाई गढवा गाउँपालिका ५ कक्रहवास्थित कोइलाबासबाट गढवातर्फ ट्याक्टरमा ल्याउँदै गरेको ३३ थान घप्पु अर्थात ३१ दशमलव २ क्युफिट काठसहित पक्राउ गरिएको इलाका प्रहरी कार्यालय गढवाले जानकारी दिएको छ ।

पठानलाई गएराती ९ बजेको समयमा प्रहरीले रा १ त १३९५ नम्बरको ट्याक्टरसहित नियन्त्रणमा लिएको हो । पक्राउ परेका पठानमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालयमा सोमबार आयोजित विशेष समारोहबीच प्रहरी महानिरीक्षक थापाले उहाँहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभन गर्नुभएको हो । नेपाल सरकार गृह मन्त्रालय (सचिवस्तर) को २०८२ साउन ९ गतेको निर्णयले प्राविधिक प्रहरी नायव उपरीक्षकबाट प्राविधिक प्रहरी उपरीक्षक पदमा २ जना, प्राविधिक प्रहरी निरीक्षकबाट प्राविधिक प्रहरी नायव उपरीक्षक पदमा ४ जना र नेपाल सरकार गृह […]

काठमाडौं । संसद सचिवालयमा कार्यरत रही हाल अमेरिका घुम्न गएका एसपी विमल बस्नेतले बढुवा सिफारिसविरुद्ध उजुरी गरेका हुन् । स्रोतका अनुसार उनले अनलाइनमार्फत बढुवा सिफारिसविरुद्ध उजुरी गरेको हुन् । बढुवा सिफारिसको सूचना सार्वजनिक भएको मितिले सात दिनभित्र उजुरी गर्न सकिने व्यवस्था प्रहरी नियमावली २०७१ मा उल्लेख छ । सोही अनुसार उनले उजुरी गरेका हुन् । […]

मेष -शत्रु माथि विजय मिल्नेछ। तर घरमा विवादको सम्भावना छ — बोलीमा संयमता राख्नुहोस्। यात्रामा सावधानी अपनाउनु राम्रो। वृष -काममा प्रतिस्पर्धा बढ्न सक्छ तर तपाईंको दृढता प्रशंसनीय हुनेछ। स्वास्थ्यमा सुधार आउला। प्रेम वा सन्तानको विषयमा राम्रो संकेत छ । मिथुन -सन्तान वा घर परिवारको विषयमा गम्भीर निर्णय लिनुपर्ने समय हो। तर्क र भावना दुवै सन्तुलनमा […]

error: Content is protected !!