०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
×

दाङमा प्रचण्ड-नेपालकाे बन्दको प्रभाव बजार यातायात ठप्प

Logo
प्रकाशित बिहिबार, माघ २२, २०७७

सागर थापा
दाङ २२ माघ । नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड–नेपाल समूहले आह्वान गरेको आमहड्तालको प्रभाव दाङमा देखिएको छ । अत्यावश्यक सवारी साधानबाहेक सडकमा कुनै पनि सवारी साधन सञ्चालनमा आएका छैनन्। बजार पनि खुल्न सकेको छैन ।
प्रहरीका अनुसार पूर्व-पश्चिम राजमार्गमा कुनै पनि यातायातका सवारी साधन चलेका छैनन्। वडा प्रहरी कार्यालय लमहीका प्रहरी प्रमुख प्रहरी निरिक्षक राजन पौडेलले बिहान साढे ६ बजेसम्म राजमार्गमा निजी सवारी साधन मात्रै फाट्टफूट्ट चलेको जानकारी दिएका छन्।

आमहड्तालको पूर्व सन्ध्यामा बुधबार बेलुका प्रचण्ड– नेपाल समूहले जिल्लाका बिभिन्न शहरमा राँके जुलुस पर्दशन गरेको थियो । उक्त समूहका जिल्ला अध्यक्ष टिकाराम खड्का तथा सचिव सुवास पुनले विज्ञप्ति नै जारी गरेर बन्द सफल पार्न आह्वान गरेका थिए।

जिल्लामा क्रियाशिल नागरिक समाज र अधिकारकर्मीले भने बन्दको बिरोध गरेका छन्। गृह मन्त्रालयले पनि निर्वाद रुपमा सवारी सधान चलाउन तथा कार्यालय, उद्योग ब्यवसाय संचालन गर्न आग्रह गरेको छ । त्यसको सुरक्षाको प्रत्याभुति गर्ने गृह मन्त्रालयले बुधबार विज्ञप्ति निकालेर जनाएको थियो। साथै कुनै पनि तोडफोडमा संलग्न रहेमा कार्वाही गर्ने समेच चेतवानी गृह मन्त्रालयले दिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्यमा दाङकी साजिदा खातुन सिद्धिकी निर्विरोध निर्वाचित भएकी छिन् । केन्द्रीय निर्वाचन आयोगले प्रकाशन गरेको प्रारम्भिक नामावलीमा तोकिए कोटाभन्दा बढी उम्मेदवारी नपर्दा उनी निर्विरोध निर्वाचित भएकी हुन् । उनी मुस्लिम महिलातर्फ निर्विरोध कैन्द्रीय सदस्य भएकी छिन् ।

  काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर गरेको छ। निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले पेट्रोलको मूल्य बढाउने तथा डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ मूल्य वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ४/४ रुपैयाँ मूल्य घटाइएको छ। यो नयाँ मूल्यसूची भोलि बिहान […]

भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीबाट खटिई गएको ट्राफिक प्रहरीद्वारा जिल्ला रुपन्देही सिद्धार्थ नगरपालीका वडा नं. १ बेलहिया स्थित BR06PF2851 र UP17AT7229 भारतिय बसहरुले सवारी तथा यातायात ब्यवस्था ऐन, २०४९ को दफा १२ बिपरित कार्य गरेको हुदा नियन्त्रणमा लिई यातायात ब्यवस्था कार्यालय लुम्बिनी रुपन्देहीबाट जनही रु १००००।– जरिवाना भए पश्चात छाडिएको । साथै भारतिय […]

error: Content is protected !!