०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
×

धनगढीमा प्रचण्ड र नेपाल ओली पक्षबीच तनावग्रस्त

Logo
प्रकाशित बिहिबार, माघ २२, २०७७

ABC Sanchar
धनगढी । नेपाल कम्युनिस्ट पार्टी(नेकपा) का दुवै समूह आमुन्ने सामुन्ने आएपछि धनगढीको चौराहा तनावग्रस्त बनेको छ।

नेकपा ओली समूहका विद्यार्थी नेता कुमार बडेला सवार कारको चाबी नेकपाकै अर्को प्रचण्ड–नेपाल समूहका कार्यकर्ताले थुतेपछि विवाद निम्तिएको हो।

त्यसपछि भेला भएका ओली पक्षका कार्यकर्ताले नाराबाजी गरिरहेका छन् ।

ओली पक्षका कार्यकर्ताले ‘सही पनि एमाले, मै पनि एमाले..’ भन्दै नारा लगाएर प्रदर्शन गरिरहेका छन्।

प्रचण्ड-नेपाल पक्षले आव्हान गरेको आमहड्ताको विरोध गर्दै सडका निस्किएका उनीहरूले बद्री पंगेनीले गाएको तत्कालिन नेकपा एमालेको चुनावी गीत सही पनि एमाले मै पनि एमाले.. भनेर गीत गाउँदै नाचेर प्रदर्शन गरेका छन्।

आमहड्तालको विरोधमा नेकपा ओली पक्षका युवाले प्रदर्शन सुरू गरेलगत्तै प्रचण्ड-नेपाल पक्षले आपत्ति जनाएका छन्।

उनीहरूले आमहड्तालको विरोधमा सडकमा पुगेका ओली पक्षका कार्यकर्ता हटाउन प्रहरीसमक्ष माग गरिरहेका छन्।
दुवै समूहबीच चर्काचर्की बढेपछि चौराहा क्षेत्रमा ठुलो संख्यामा सुरक्षाकर्मी परिचालन भएका छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्यमा दाङकी साजिदा खातुन सिद्धिकी निर्विरोध निर्वाचित भएकी छिन् । केन्द्रीय निर्वाचन आयोगले प्रकाशन गरेको प्रारम्भिक नामावलीमा तोकिए कोटाभन्दा बढी उम्मेदवारी नपर्दा उनी निर्विरोध निर्वाचित भएकी हुन् । उनी मुस्लिम महिलातर्फ निर्विरोध कैन्द्रीय सदस्य भएकी छिन् ।

  काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर गरेको छ। निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले पेट्रोलको मूल्य बढाउने तथा डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ मूल्य वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ४/४ रुपैयाँ मूल्य घटाइएको छ। यो नयाँ मूल्यसूची भोलि बिहान […]

भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीबाट खटिई गएको ट्राफिक प्रहरीद्वारा जिल्ला रुपन्देही सिद्धार्थ नगरपालीका वडा नं. १ बेलहिया स्थित BR06PF2851 र UP17AT7229 भारतिय बसहरुले सवारी तथा यातायात ब्यवस्था ऐन, २०४९ को दफा १२ बिपरित कार्य गरेको हुदा नियन्त्रणमा लिई यातायात ब्यवस्था कार्यालय लुम्बिनी रुपन्देहीबाट जनही रु १००००।– जरिवाना भए पश्चात छाडिएको । साथै भारतिय […]

error: Content is protected !!