०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
×

नेपालगन्जमा सेनाको बख्तरबन्द गाडीको गस्ती सुरु

Logo
प्रकाशित बिहिबार, माघ २२, २०७७

(महेन्द्र सिंह)

बाँके । नेकपा प्रचण्ड–नेपाल समुहले आह्वान गरेको आमहड्तालकै दिन बाँके, बर्दिया र कैलालीका सडकमा नेपाली सेनाले बख्तरबन्द गाडी गस्ती गर्न सुरु गरेको छन् । बाँकेको नेपालगन्ज सुर्खेत रोड, बर्दिया तथा कैलालीको अत्तरियाको पूर्वी सडकमा नेपाली सेनाले बख्तरबन्द गाडी कुदाएपछि सो क्षेत्रका सर्वसाधरण ससंकित भएका छन् । नेपाली सेनाका अनुसार नेपालगन्जबाट धनगढीको बोराडाँडीमा रहेको ब्यारेकसम्म उक्त हतियारसहितका गाडीहरू कुदाइएको हो । सेनाले यसलाई नियमित अभ्यास भनेको छ । प्रतिनिधिसभा विघटनसँगै राजनीतिक अवस्था तरल रहेको बेला सेनाले बख्तरबन्द गाडी सडकमा देखिन थालेका छन् । यसअघि माघ १९ गते सेनाले काठमाडौंका सडकमा सेनाका १० बख्तरबन्द गाडी गुदाएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्यमा दाङकी साजिदा खातुन सिद्धिकी निर्विरोध निर्वाचित भएकी छिन् । केन्द्रीय निर्वाचन आयोगले प्रकाशन गरेको प्रारम्भिक नामावलीमा तोकिए कोटाभन्दा बढी उम्मेदवारी नपर्दा उनी निर्विरोध निर्वाचित भएकी हुन् । उनी मुस्लिम महिलातर्फ निर्विरोध कैन्द्रीय सदस्य भएकी छिन् ।

  काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर गरेको छ। निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले पेट्रोलको मूल्य बढाउने तथा डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ मूल्य वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ४/४ रुपैयाँ मूल्य घटाइएको छ। यो नयाँ मूल्यसूची भोलि बिहान […]

भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीबाट खटिई गएको ट्राफिक प्रहरीद्वारा जिल्ला रुपन्देही सिद्धार्थ नगरपालीका वडा नं. १ बेलहिया स्थित BR06PF2851 र UP17AT7229 भारतिय बसहरुले सवारी तथा यातायात ब्यवस्था ऐन, २०४९ को दफा १२ बिपरित कार्य गरेको हुदा नियन्त्रणमा लिई यातायात ब्यवस्था कार्यालय लुम्बिनी रुपन्देहीबाट जनही रु १००००।– जरिवाना भए पश्चात छाडिएको । साथै भारतिय […]

error: Content is protected !!