०४ चैत्र २०८२, बुधबार
18-03-2026 , Wed
×

गाँजा सहित २ जना पक्राउ भागेको गाडीलाई पक्राउ गर्न १ राउण्ड फायर

Logo
प्रकाशित शुक्रबार, माघ २३, २०७७

(ABC क्राईमबिट) सुनसरी। ईनरुवा नगरपालिका-२ बलाहा नहरबाट २ सय ५० केजी गाँजा सहित २ जनालाई पक्राउ गरिएको छ । को १ च ९८५२ नम्बरको बलेरो गाडीमा ठुलो परीणाममा गाँजा तस्करी भईरहेको भन्ने बिशेष सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट आज बिहान २ बजेको समयमा प्रहरी निरीक्षक सहितको कमाण्डमा खटिएको प्रहरी टोलीले ब्यारिकेट सहित चेकिङ राखेकोमा बराहक्षेत्रबाट आएको उक्त नम्बरको गाडी ब्यारिकेट लडाएर फरार भएको थियो ।

ब्यारिकेटलाई क्षति गरी फरार भएको उक्त गाडीलाई जिल्ला प्रहरी कार्यालय सुनसरीबाट प्रहरी उपरीक्षकको कमाण्डमा खटिएको प्रहरी टोलीले बलाहा नहरबाट बिहान पौने ४ बजे नियन्त्रणमा लिएको हो । ब्यारिकेट लडाएर भागेको उक्त गाडीलाई नियन्त्रण लिन १ राउण्ड फायर समेत भएको थियो भने उक्त गाडीले भाग्ने क्रममा को १ ब २४३६ र को १ ब २१०५ नम्बरको मोटरसाईकललाई समेत क्षति पुर्‍याएको तथा १ जना प्रहरी समेत घाईते भएका छन् ।

कोशीपुलबाट भागेको उक्त गाडीलाई बलाहा नहरबाट राती नै नियन्त्रणमा लिएको हो । गाडीसंगै चालक भोजपुर हतुवागडि गाउँपालिका-९ का २७ बर्षीय अर्जुन खड्का र गाडीमा सवार रहेका धरान -१ का २६ बर्षीय ज्याक्सन श्रेष्ठलाई पक्राउ गरिएको छ भने गाडिमा रहेको २५० के.जि गाँजा, नगद १ लाख ५४ हजार र १ थान खूकुरी समेत बरामद भएको छ । घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय सुनसरीले थप अनुसन्धान गरिरहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । तुल्सीपुर चलचित्र पत्रकार संघ दाङ शाखाको कार्यसमिति चयनप्रति मेरो गम्भीर आपत्ति रहेको जानकारी गराउन चाहन्छु । म चलचित्र पत्रकार सङ्घ दाङमा दुई कार्यकाल कार्यसमिति सदस्यको रूपमा जिम्मेवारी निर्वाह गरिसकेको व्यक्ति हुँ । संस्थाप्रतिको माया, लगाव र निरन्तर सक्रियताका कारण यस पटक सचिव पदमा मेरो स्वाभाविक आकांक्षा पनि थियो । तर दुर्भाग्यवश, संस्थाको विधि, […]

सुर्खेत । कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालय सुर्खेतका निमित्त कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक हरि बहादुर बि.सी.बाट कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरुको व्यक्तिगत टर्नआउट, विभिन्न शाखाहरु, मेश, ब्यारेक तथा वाड एरियाको निरीक्षण गर्नुका साथै आवश्यक निर्देशन प्रदान गर्नु भएको ।

मकवानपुर । मनहरी गाउँपालिका–१ मकरीमा लागुऔषध सेवनकर्तासँग भएको झडपमा एक जना प्रहरी सहायक निरीक्षक र एक युवक घाइते भएका छन् । प्रहरी चौकी पदमपोखरीबाट खटिएका प्रहरी सहायक निरीक्षक दिलबहादुर तामाङमाथि गएराति लागुऔषध सेवनकर्ताले बञ्चरो प्रहार गरेका थिए। उक्त आक्रमणमा तामाङ घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए । प्रहरीका […]

error: Content is protected !!