०४ चैत्र २०८२, बुधबार
18-03-2026 , Wed
×

दाङ प्रहरीले लाखौं नगदसहित ७ जना जुवाडे पक्राउ

Logo
प्रकाशित शुक्रबार, माघ २३, २०७७

दाङ प्रहरीले लाखौं नगदसहित ७ जना जुवाडे पक्राउ (सागर थापा) दाङ । घोराही उपमहानगरपालिका वडा नम्बर ९ तेघरामा केशरबहादुर शाहको घरमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले ७ जनालाई २ लाख २० हजार ७ सय नगदसहित पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा शाहका छोरा ३८ वर्षिय प्रज्वल शाह, घोराही-२ निवासी २३ वर्षिय रोहन खाती, घोराही-१६ का ३३ वर्षिय धिरण शाह, घोराही-१३ का २० वर्षिय सुनिल पुन मगर रहेका छन् ।

त्यसैगरी घोराही-७ का २२ वर्षिय पंकज पन्त, घोराही-९ का ५४ वर्षिय होमबहादुर केसी र रोल्पाको त्रिवेणी गाउँपालिका वडा नम्बर ७ का २२ वर्षिय बिजय गाहा मगर पक्राउ परेको जिल्ला प्रहरी कार्यालय दाङका मुद्दा शाखा प्रमुख प्रहरी निरीक्षक मोहनजंग बुध थापाले जानकारी दिनुभयो ।
पक्राउ परेका उनीहरुको साथबाट प्रहरीले ६ थान तासको गडि, ग्लोबल आइएमईको चेक १ वटा र गलैचा समेत बरामद गरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । तुल्सीपुर चलचित्र पत्रकार संघ दाङ शाखाको कार्यसमिति चयनप्रति मेरो गम्भीर आपत्ति रहेको जानकारी गराउन चाहन्छु । म चलचित्र पत्रकार सङ्घ दाङमा दुई कार्यकाल कार्यसमिति सदस्यको रूपमा जिम्मेवारी निर्वाह गरिसकेको व्यक्ति हुँ । संस्थाप्रतिको माया, लगाव र निरन्तर सक्रियताका कारण यस पटक सचिव पदमा मेरो स्वाभाविक आकांक्षा पनि थियो । तर दुर्भाग्यवश, संस्थाको विधि, […]

सुर्खेत । कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालय सुर्खेतका निमित्त कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक हरि बहादुर बि.सी.बाट कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरुको व्यक्तिगत टर्नआउट, विभिन्न शाखाहरु, मेश, ब्यारेक तथा वाड एरियाको निरीक्षण गर्नुका साथै आवश्यक निर्देशन प्रदान गर्नु भएको ।

मकवानपुर । मनहरी गाउँपालिका–१ मकरीमा लागुऔषध सेवनकर्तासँग भएको झडपमा एक जना प्रहरी सहायक निरीक्षक र एक युवक घाइते भएका छन् । प्रहरी चौकी पदमपोखरीबाट खटिएका प्रहरी सहायक निरीक्षक दिलबहादुर तामाङमाथि गएराति लागुऔषध सेवनकर्ताले बञ्चरो प्रहार गरेका थिए। उक्त आक्रमणमा तामाङ घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए । प्रहरीका […]

error: Content is protected !!