११ साउन २०८२, आइतबार
27-07-2025 , Sun
×

दाङ प्रहरीले लाखौं नगदसहित ७ जना जुवाडे पक्राउ

Logo
प्रकाशित शुक्रबार, माघ २३, २०७७

दाङ प्रहरीले लाखौं नगदसहित ७ जना जुवाडे पक्राउ (सागर थापा) दाङ । घोराही उपमहानगरपालिका वडा नम्बर ९ तेघरामा केशरबहादुर शाहको घरमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले ७ जनालाई २ लाख २० हजार ७ सय नगदसहित पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा शाहका छोरा ३८ वर्षिय प्रज्वल शाह, घोराही-२ निवासी २३ वर्षिय रोहन खाती, घोराही-१६ का ३३ वर्षिय धिरण शाह, घोराही-१३ का २० वर्षिय सुनिल पुन मगर रहेका छन् ।

त्यसैगरी घोराही-७ का २२ वर्षिय पंकज पन्त, घोराही-९ का ५४ वर्षिय होमबहादुर केसी र रोल्पाको त्रिवेणी गाउँपालिका वडा नम्बर ७ का २२ वर्षिय बिजय गाहा मगर पक्राउ परेको जिल्ला प्रहरी कार्यालय दाङका मुद्दा शाखा प्रमुख प्रहरी निरीक्षक मोहनजंग बुध थापाले जानकारी दिनुभयो ।
पक्राउ परेका उनीहरुको साथबाट प्रहरीले ६ थान तासको गडि, ग्लोबल आइएमईको चेक १ वटा र गलैचा समेत बरामद गरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सभापति रवि लामिछानेलाई थुनेर सरकारले ठूलो गल्ती गर्‍यो उपसभापति डा. स्वर्णिम वाग्ले काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्लेले वर्तमान सत्ता गठबन्धन सरकारले पार्टी सभापति रवि लामिछानेलाई थुनेर ठूलो गल्ती गरेको बताएका छन्। शनिबार रास्वपा रामेछाप उमाकुण्ड–काठमाडौं सम्पर्क विभागको भेलालाई सम्बोधन गर्दै डा. वाग्लेले यस्तो बताएका हुन । उनले त्यसको नतिजा […]

सर्लाही । सिरहाको सीमा क्षेत्र नवराजपुर गाउँपालिका–४ मा प्रहरीले गोली चलाएर एक भारतीय लागूऔषध कारोबारीलाई नियन्त्रणमा लिएको छ । भारतको मधुवनी जिल्ला, ग्रामपंचायत विरपुर–९ का ३८ वर्षीय श्यामसुन्दर पासवान पक्राउ परेका हुन् । उनको साथबाट प्रहरीले अन्दाजी ५० ग्राम खैरो हिरोइन बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता तथा डिएसपी विरेन्द्र पासवानका अनुसार, […]

काठमाडौं । थाइल्यान्ड सीमा क्षेत्रमा द्वन्द्व चर्किँदै गएपछि दुवै देशबीच ठूलो युद्धको खतरा बढेको अल जजिराले जनाएको छ । कम्बोडियाको ओडर मेन्चे प्रान्तमा बिहीवार थाइल्यान्डको तोप आक्रमणले क्षति पुर्‍याएको बौद्ध गुम्बाबाट एक जनाको शव निकाल्दै गरेका कम्बोडियन सैनिकहरूको तस्बिर सार्वजनिक भएको छ । हिजो कम्बोडियन सेनाले सात जना सर्वसाधारण र पाँच जना सैनिक गरी थप […]

error: Content is protected !!