०४ आश्विन २०८३, आइतबार
20-09-2026 , Sun
×

जङ्गलमा बेवारिसे अबस्थामा लुकाई राखिएको भरुवा बन्दुक फेला

Logo
प्रकाशित शुक्रबार, माघ २३, २०७७

(महेन्द्र सिंह)
बाँके । ईलाका प्रहरी कार्यालय कोहलपुरले बेबारिसे अबस्थामामा रहेको भरुवा बन्दुक फेला पारेको छ ।
ईलाका प्रहरी कार्यालय कोहलपुरले समाजमा शान्ती सु ब्यबस्था तथा अमनचयन कायम गर्न sweep operation नामक १५ दिने अभियानको क्रममा ईलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएका प्रहरीले कोहलपुर नगरपालिका वडा नम्बर :१३ स्थित रहेको प्रगतिशील शामुदायिक जङ्गलमा लुकाई राखेको अवस्था १ नाल भरुवा बन्दुक फेला पारेको हो ।

उक्त बन्दुक ईलाका प्रहरी कार्यालय कोहलपुरमा राखि थप अनुसन्धान भैरहेको कोहलपुर प्रहरिले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

मुग्लिन । नारायणगढ-मुग्लिन सडक खण्डको कृष्णभिरमा पहिरो पन्छाएर दुईतर्फी सडक सुचारु गरिए पनि मुग्लिन क्षेत्रमा सवारी जाम उस्तै रहेको छ। दसैंका लागि घर फर्किने यात्रुको चाप बढेसँगै लामो जाम लागेको हो। यात्रुहरू घण्टौंसम्म जाममा बस्न बाध्य छन्।

चितवन । भरतपुरको सुन्दर ६ लेन सडकमा मापदण्ड विपरीत राखिएका होर्डिङ बोर्डहरूले सहरको सौन्दर्य नै कुरुप बनाएका छन्। जथाभावी राखिएका ठूला-ठूला विज्ञापन बोर्डहरूले सडकको सुन्दरता बिगार्नुका साथै दुर्घटनाको जोखिम समेत बढाएको स्थानीयको गुनासो छ। मापदण्ड विपरीत विज्ञापन राख्न दिने र सहर कुरुप बनाउने गरी भएको विज्ञापनमा कसको कति चलखेल छ ? सम्बन्धित निकाय मौन बस्नुले […]

बाँके । रुपैडिहामा आयोजित मैत्रीपूर्ण भलिबल खेलमा सशस्त्र प्रहरी बल, नेपालको एपीएफ ३० नम्बर गणले उत्कृष्ट खेल प्रदर्शन गर्दै भारतको एसएसबी ४२ बाहिनीलाई पराजित गरेको छ। खेलको सुरुदेखि नै एपीएफ टोलीले उत्कृष्ट तालमेल, अनुशासन र आक्रामक खेल प्रदर्शन गरेको थियो। खेलाडीहरूको मेहनत र उत्कृष्ट प्रदर्शनका कारण एपीएफ ३० नम्बर गणले जित हासिल गर्न सफल भएको […]