०४ चैत्र २०८२, बुधबार
18-03-2026 , Wed
×

सम्बोधन गर्दा किन रोए प्रधानमन्त्री केपी ओली ?

Logo
प्रकाशित शुक्रबार, माघ २३, २०७७

ABC Sanchar
काठमाडौँ । ओली समूहले नारायणहिटी दरबारअघि आयोजना गरेका सभालाई सम्बोधन गर्दागर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले आँखाबाट आँसु झारेका छन् । सभालाई सम्बोधन गर्ने क्रममा ओली भावविव्हल भएका थिए ।
गला अवरुद्ध भएपछि ओली केहीबेर चुप लागेका थिए । उनले त्यसपछि भने,‘साथीहरु केही कुरा मात्र भन्न बाँकी छ, चुप लाग्दिनुहोस् ।’ ओली त्यसपछि फेरि केहीबेर चुप बसे ।
उनले गला अवरुद्ध गर्दै भने,‘आँखाबाट आँसु पो आयो ।’ उनले चीसोले आँसु आएको बताए । ओलीको आँखाभरी आँसु आएपछि सहयोगीहरु मञ्चमै पुगेका थिए । उनले आँसु पुछेका थिए ।
यसैबीच ओलीले नेकपाको मूल पार्टी आफू नेतृत्वको नेकपा भएको बताएका छन् । उनले आफू नेतृत्वको पार्टी नै देशको मूल पार्टी पनि भएको बताए । नेकपा स्वाधीनता र देशको भौगोलिक अखण्डताको रक्षा गर्ने पार्टी पनि भएको बताए ।
नेकपा इतिहास बोकेको र देश बनाउने सपना बोकेको पार्टी भएको बताए । ‘आजबाट कुन चाहिँ पार्टी खास, कुन चाहिँ नक्कली र कुनचाहिँ सक्कली भन्ने कुरा फैसला भयो,’ भीड देखाउँदै ओलीले नारायणहिटी अगाडिको वृहद जनसभालाई सम्बोधन गर्दै भने ।
उनले जनसभामा मान्छे खाँदाखाँद रहेको र त्रिचन्द्रदेखि जयनेपालसम्म भीड रहेको भन्दै मुल पार्टी कुन हो भनेर कतिपयले सोधिरहेको भन्दै यो भीडबाट कुन मूल पार्टी भन्ने स्वतः खुल्ने बताए ।
प्रधानमन्त्री ओलीले प्रचण्ड–माधव पक्षलाई नरभक्षी आन्दोलन नगर्न चेतावनी दिएका छन् । ‘हिजो नेपाल बन्द गरेर, किसानहरुका उत्पादन सडकमा पोखेर र गरिबको नोक्सान गर्दै क्रान्तिकारी देखाउन खोजियो । अब नरभक्षी आन्दोलन गर्ने दिन गए । अब नेपाल अशान्ति र हिंसामा जान सक्दैन’, ओलीको भनाइ छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले केही दिनअघि पुष्पकमल दाहालले ‘अब मांशाहारी आन्दोलन आवश्यक छ’ भनेर दिएको अभिव्यक्तिको कडा आलोचना गरेका छन् । ‘शाकाहारी आन्दोलनले हुँदैन भनेको, चिकन चिल्ली खाने भनेको हो ? उहाँहरुले नरभक्षी आन्दोलन गर्न खोजेको हो । नरभंक्षी आन्दोलनका दिन गए । अब नेपालमा कसैले हिंसा मच्चाउन सक्दैन,’ शुक्रबार नारायणहिटी दरबारअगाडि आयोजित आमसभालाई सम्बोधन गर्दै उनले भने ।
इतिहासकै सवैभन्दा ठूलो जनसभा काठमाडौंमा भएको ओलीको दाबी थियो । प्रचण्ड–नेपालको आन्दोलनतर्फ व्यङ्‍ग्य गर्दै ओलीले भने, ‘काठमाडौंमा आमसभा गर्न ठाँउ भएन । अरुलाई जहाँ छाने पनि सानो हुन्छ । हामीलाई जहाँ छाने पनि सानो हुन्छ । काठमाडौंको सबैभन्दा धेरै अट्ने ठाँउ खोज्दा पनि सानो भयो, जता हेरे पनि खाँदाखाँद छ ।’
ओलीले आज काठमाडौँमा भएको सभा कास्टिङमात्र भएको बताएका छन् । सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आमसभा गर्नुपरे काठमाडौँका सबै सडकमा स्क्रिन र साउन्डसिस्टम राखिने बताए । मन्तव्यको अधिकांश समय नेकपाकै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालको विरोधमा धारणा राखेका उनले आफू नेतृत्वको नेकपा नै सक्कली भएको बताए ।
प्रधानमन्त्री ओलीले क्रान्तिकारी पार्टी हुनका लागि आफूले गरेका कामको जिम्मेवारी लिनु पर्ने पनि बताएका छन्। उनले भने, ‘बाटोबाटोमा बम राख्ने आफूले गरेको हैन भन्ने ?, आफूलेगरेको कामको जिम्मा लिन नसक्ने अनि क्रान्तिकारी हुँ भन्ने ? आफूले गरेको कामको जिम्मा लिनु नि । भ्रम फैलाउने काम धेरै भयो। अब जनताको सागर उर्लियो भने त्यो भेललाई कसैले थेक्न सक्दैन।’
गणतन्त्रलाई कसैले तलमाथि गर्न सक्दैन
ओलीले संघीय लोकतान्त्रिक गणतन्त्रलाई कसैले तलमाथि गर्न नसक्ने बताएका छन् । सभालाई सम्बोधन ओलीले कतिपयले राजतन्त्र फर्किएको घोषणा गर्छ रे भनेर हल्ला चलाइएको बताए । उनले अघि भने, जसले आधा दशकभन्दा बढी गणतन्त्रका लागि लड्यो, त्यो केपी आलीले राजतन्त्र फर्किएको घोषणा गर्छ रे ।’
आफूहरुले लडेर ल्याएको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई कसैले तलमाथि गर्न नसक्ने उनले बताए । २/४ हजार मान्छे जम्मा गरेर को हो मुल पार्टी भनेर लल्कार्ने काम भएपछि आफूहरुले सभा गर्नु परेको ओलीले बताए । यो त कास्टिङ मात्र भएको भन्दै उनले काठमाडौंका सबै सडकमा स्त्रिmनहरु राखेर सभा गर्नुपर्ने दिन आउनसक्ने बताए ।
ओलीले देश सुरुङमार्गमा प्रवेश गराएको बताएका छन् । उनले अब नेपालको विकास सुरुङमार्गमा प्रवेश गरेको भन्दै प्रधानमन्त्री ओलीले थानकोटबाट नौबिसेसम्मको सुरुङमार्ग निर्माणको काम थालिएको भन्दै छिट्टै सकिने बताए ।
‘नेपाललाई सुरुङमार्गमा प्रवेश गराएका छौं, नेपालको विकास सुरुमार्गमा प्रवेश गरेको छ, थानकोटबाट नौबिसे सुरुङमार्ग खन्ने काम सुरु भएको छ, त्यो यहाँहरुले देख्नुभएको छ, काठमाडौंको नरायणहिटीमा आयेजित जनसभामा उनले भनेका छन् ।
उनले ३ वर्षमा करिब ६ हजार किलोमिटर सडक कालोपत्रे गरेको पनि बताए । प्रधानमन्त्री ओलीले २ लेन, ४ लेन र ६ लेनको बाटो बनाएको बताए । ४/४ सय भन्दा बढी पुल र झोलुंगे पुल पनि बनाएको उनको भनाइ छ । ‘भोकै कोही पर्दैन, भोकले कोही मर्दैनन् भनेर सरकारले काम गरेको उनले भन्दै प्रधानमन्त्री ओलीले सडकमा सडक बालबालिका नरहेको दावी गरे ।
प्रधानमन्त्री ओलीले सरकारले खोला र नदीका तुइनहरु विस्थापित गराएको पनि बताए । उनले विभिन्न जलविद्युत आयोजनाहरुको निर्माण सकेको र दिनदिर्नै सबस्टेस्नको निर्माण सकेर उद्घाटन भइरहेको बताए । प्रधानमन्त्री ओलीले पञ्चेश्वर जलविद्युत आयोजना आगामी वर्षबाट बन्न सुरु गर्ने भन्दै दोधाराचाँदनीमा अर्को वर्षबाट १० क्युमेक्स पानी सिँचाइका लागि पुग्ने बताए ।
तराईमा हुने डुबान भारतसाग कुरा गरेर हटाएको दावी गर्दै उनले हुलाकी राजमार्ग निर्माणको काम लगभग सकिएको बताए । पूर्वपश्चिम रेलमार्ग बनाउने र पूर्वपश्चिम राजमार्गलाई चौंडा बनाउने काम काम भइरहेको भन्दै उनले लगायतका पूर्वाधारहरु बनाइएको बताए ।
केही दिनभित्रै रेल चल्ने भन्दै भारतसँग रक्सौल काठमाडौं रेलमार्गको लागि सम्झौता भएर डीपीआर निर्माणको काम अन्तिम चरणमा पुगेको पनि बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । तुल्सीपुर चलचित्र पत्रकार संघ दाङ शाखाको कार्यसमिति चयनप्रति मेरो गम्भीर आपत्ति रहेको जानकारी गराउन चाहन्छु । म चलचित्र पत्रकार सङ्घ दाङमा दुई कार्यकाल कार्यसमिति सदस्यको रूपमा जिम्मेवारी निर्वाह गरिसकेको व्यक्ति हुँ । संस्थाप्रतिको माया, लगाव र निरन्तर सक्रियताका कारण यस पटक सचिव पदमा मेरो स्वाभाविक आकांक्षा पनि थियो । तर दुर्भाग्यवश, संस्थाको विधि, […]

सुर्खेत । कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालय सुर्खेतका निमित्त कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक हरि बहादुर बि.सी.बाट कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरुको व्यक्तिगत टर्नआउट, विभिन्न शाखाहरु, मेश, ब्यारेक तथा वाड एरियाको निरीक्षण गर्नुका साथै आवश्यक निर्देशन प्रदान गर्नु भएको ।

मकवानपुर । मनहरी गाउँपालिका–१ मकरीमा लागुऔषध सेवनकर्तासँग भएको झडपमा एक जना प्रहरी सहायक निरीक्षक र एक युवक घाइते भएका छन् । प्रहरी चौकी पदमपोखरीबाट खटिएका प्रहरी सहायक निरीक्षक दिलबहादुर तामाङमाथि गएराति लागुऔषध सेवनकर्ताले बञ्चरो प्रहार गरेका थिए। उक्त आक्रमणमा तामाङ घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए । प्रहरीका […]

error: Content is protected !!