०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
×

बर्दिया सशस्त्र प्रहरीले लाखौं मूल्यका अवैध सामान पक्राउ

Logo
प्रकाशित शनिबार, माघ २४, २०७७

(महेन्द्र सिंह)
बर्दिया । सशस्त्र प्रहरी बर्दियाले जिल्लाका विभिन्न नाकाबाट अवैधरुपमा भित्रिरहेका सामानहरु पक्राउ गरेको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर ३१ गण हेडक्वाटर बर्दिया र मातहतका बिओपीहरुको सक्रियता बढेसंगै सशस्त्रको गस्ती टोलीले अवैध सामानहरु धमाधम पक्रन थालेको छ ।

पछिल्लो १२ घण्टामा जिल्लाका चौगुर्जी¸ फुटाहा¸ कण्ठपुर र कालाबन्जार नाकाहरुबाट अबैधरुपमा चोरी पैठारी भइरहेका साइकलका पार्ट्सहरु¸ चिनी¸ डिजल र अन्य किराना सामानहरु बरामद गरिएको छ । एक लाख सत्र हजार विस रुपैयाँ‌ बराबरका ती सामान छोटी भन्सार कार्यालय गुलरियामा बुुझाइएको छ । बिओपी फुटाहा र कण्ठपुरबाट खटिएको सीमा गस्ती पेट्रोल टोलीले भारतबाट नेपालतर्फ ल्याउँदै गरिएको ७७ हजार १ सय मूल्य बराबरका ३ सय ७० केजी ब्रोइलर कुखुरा समेत बरामद गरेको जनाएको छ । बरामद कुखुरा नेपाल प्रहरी¸पशु क्वारेन्टाइन प्रतिनिधि¸स्थानीय जनप्रतिनिधिहरुको रोहबरमा खाल्डो खनी नष्ट गरिएको छ सशस्त्र प्रहरी बर्दियाले जानकारी दिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्यमा दाङकी साजिदा खातुन सिद्धिकी निर्विरोध निर्वाचित भएकी छिन् । केन्द्रीय निर्वाचन आयोगले प्रकाशन गरेको प्रारम्भिक नामावलीमा तोकिए कोटाभन्दा बढी उम्मेदवारी नपर्दा उनी निर्विरोध निर्वाचित भएकी हुन् । उनी मुस्लिम महिलातर्फ निर्विरोध कैन्द्रीय सदस्य भएकी छिन् ।

  काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर गरेको छ। निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले पेट्रोलको मूल्य बढाउने तथा डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ मूल्य वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ४/४ रुपैयाँ मूल्य घटाइएको छ। यो नयाँ मूल्यसूची भोलि बिहान […]

भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीबाट खटिई गएको ट्राफिक प्रहरीद्वारा जिल्ला रुपन्देही सिद्धार्थ नगरपालीका वडा नं. १ बेलहिया स्थित BR06PF2851 र UP17AT7229 भारतिय बसहरुले सवारी तथा यातायात ब्यवस्था ऐन, २०४९ को दफा १२ बिपरित कार्य गरेको हुदा नियन्त्रणमा लिई यातायात ब्यवस्था कार्यालय लुम्बिनी रुपन्देहीबाट जनही रु १००००।– जरिवाना भए पश्चात छाडिएको । साथै भारतिय […]

error: Content is protected !!