२६ आषाढ २०८२, बिहिबार
10-07-2025 , Thu
×

राष्ट्र संघले प्रहरीको सुडान मिसन बन्द सशस्त्रको पनि बन्द हुने क्रममा

Logo
प्रकाशित आइतबार, माघ २५, २०७७

ABC Sanchar
काठमाडौं । नेपाली सुरक्षाकर्मी कार्यरत रहेको अफ्रिका देश सुडानको डार्फर स्थित राष्ट्रसंघीय शान्ति मिसन (यूनामिड)बन्द भएको छ । संयुक्त राष्ट्र संघको सुरक्षा परिषद्को निर्णयअनुसार ३१ डिसेम्बर २०२० बाट मिसन बन्द भएसँगै त्यहाँ कार्यरत नेपाली सुरक्षाकर्मी फर्कन थालेका छन् ।
डार्फरमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाका कर्मचारी कार्यरत छन् । सुडानको डार्फरमा नेपाल प्रहरीको फम्र्ड पुलिस यूनिट(एफपियु) मिसन समेत छ । जून आगामी मे महिनाको अन्तिममा फर्कदैछ । एक वर्षका लागि दुई महिनाअघि गएका एक सय ४० प्रहरी मिसन बन्द भएपछि ६ महिनामै फर्कने भएका छन् । सुडान विभिन्न देशबाट १३ वटा एफपीयु मिसन रहेकोमा सबै देशका सुरक्षाकर्मी पनि फर्कन थालेका छन् । इन्डिभिज्वल पुलिस अफिसर(आइपिओ)का रुपमा सुडान गएका नेपाल प्रहरीका १५ जना तथा सशस्त्र प्ररहीका ६ अधिकृत पनि गएको ५ महिनामै एक महिनापछि फर्कने भएका छन् । मिसन बन्द गर्ने राष्ट्र संघको निर्णयबाट त्यहाँ कार्यरत प्रहरीकहरू फर्कन थालेको नेपाल प्रहरीका प्रवक्ता एसएसपी बसन्तबहादुर कुँवरले बताए ।

सुडानमा शान्ति स्थापना भएसँगै त्यहाँको सरकारले शान्ति सैनिक हटाउन दबाब दिदै आएको थियो । सोहीअनुसार मिसन बन्द भएको हो । सन् २००७ मा सुडानमा राष्ट्रसंघीय मिसन स्थापना भएको थियो ।

सुडानमा नेपाल प्रहरीको एक मात्र एफपियु मिसन हो । त्यो पनि बन्द भएपछि शान्ति मिसन जाने प्रहरीको सपना लगभग तत्कालका लागि टुंगिने भएको छ । यसअघि हाइटी मिसन पनि दुई वर्षअघि बन्द भइसकेको छ ।

सन् २००८ को सेप्टेम्बरमा स्थापना भएको प्रहरीको डार्फर मिसन त्यही हो जसको बन्दोबस्तीका सामान खरिदमा करोडौं भ्रष्टाचार भएको थियो । जसमा नेपाल प्रहरीका तीन पूर्व प्रहरी महानिरीक्षकसहितका अधिकारीले जेल सजाय भोगेर छुटिसकेका छन् । मिसनका लागि आवश्यक एपिसी लगायत सामान खरिदमा २८ करोड अनियमितता भएको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको थियो । सुरुमा प्रयोग भएका सामान गुणस्तरहीन भएको भन्दै राष्ट्रसंघले प्रयोग गर्न नदिएपछि प्रहरीले पछि फेरि खरिद गरेर पठाएको थियो । मिसन बन्द भएसँगै ती सामान पनि अब नेपाल फिर्ता ल्याउनुपर्ने हुन्छ ।

आइपिओ मिसन पनि क्रमश अवसर घट्दै आएका छन् । सुडानको मिसन बन्द भएपछि कंगो, माली र सोमालियामा मात्र प्रहरी जाने छन् । तीन देशमा नेपाल प्रहरीका जम्मा आठ जना कार्यरत छन् ।

कुनै समय एकै पटक नेपाल प्रहरीबाट पाँच सय अधिकृतसम्म राष्ट्रसंघीय शान्ति मिसनमा जाने अवसर पाउँथे । पछिल्ला यो वर्ष यो क्रमश घटेको छ । प्रहरी जागिरको आकर्षक अवसर मानिने शान्ति मिसनमा अवसर घटेपछि यसको नकारात्मक असर संगठनमा पर्न सक्ने प्रहरी अधिकारीहरु बताउँछन् । शान्ति मिसनमा प्रहरीका अवसर घट्नुमा मुख्य दुई कारण छन् । पहिलो राष्ट्रसंघले नै विभिन्न शान्ति मिसनको संख्या घटाइरहेको छ । अमेरिकामा डोनाल्ड ट्रम्प राष्ट्रपति भएपछि विगतमा अमेरिकाले राष्ट्रसंघलाई दिदै आएको सहयोग कटौती गरेकाले पनि शान्ति मिसनमा त्यसको असर परेको हो ।

दोस्रो कारण भनेको नेपालको कमजोर लबिङ र शान्ति मिसनका लागि आवश्यक बन्दोबस्तीका सामान खरिदमा हुने अपारदर्शीता हो । राष्ट्रसंघले सामान तयारी गरे चार वर्षअघि नै नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई १/१ वटा एफपियु थप्ने आश्वासन दिएको थियो । तर, पर्याप्त सामान किन्न नसक्दा मिसन गुमेको प्रहरी अधिकारीहरु बताउँछन् ।
पछिल्लो समय अफ्रिकी देशहरुमा फ्रेन्च भाषा बोल्ने अफ्रिकी देशहरुमा शान्ति मिसन अन्र्तगत पठाउन फ्रेन्स भाषा सिकेको हुनुपर्छ । फ्रेन्च भाषाको ज्ञान नभएकाले पनि नेपाली सुरक्षाकर्मीलाई राष्ट्रसंघमा अवसर कम हुँदै गएको प्रहरीको यूएन शाखामा कार्यरत एक प्रहरी अधिकृत बताउँछन् । नेपाल प्रहरी सन् १९९२ बाट राष्ट्रसंघीय शान्ति मिसनमा खटिन थालेको हो ।

सुडानमा कार्यरत नेपाली सेना र सशस्त्र प्रहरीका केही अधिकृत पनि फर्कदैछन् । सशस्त्र प्रहरीको दक्षिण सुडानमा दुई वटा एफपियु छन् । त्यो पनि आगामी वर्ष बन्द हुने सम्भावना रहेको स्रोत बताउँछ ।रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

धनगढी । नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत विकाश विभाग, कर्मचारी प्रशासन शाखाको चलानी नम्बर ८०६१ र ८०६३ मिति २०८२।०३।२३ गतेको निर्णयले प्रहरी सहायक हवल्दार पदबाट प्रहरी हवल्दार पदमा बढुवा हुनु भएका प्रहरी हवल्दार मनोज राम महर, ललित बहादुर सिंह, अशोक कुमार अधिकारी, पुजा कुमारी बोकटी, दिपेन्द्र बहादुर भण्डारी, बिरेन्द्र सिंह धामी र प्रहरी जवान पदबाट […]

बाँके । बर्दिया र तराई क्षेत्रमा वर्षायाममा बबई नदीमा आउने बाढीले हरेक वर्ष ठूलो जनधनको क्षति पुर्‍याउने गर्दछ। यस क्षेत्रको भौगोलिक बनावट र नदीको बहावका कारण बाढीको जोखिम उच्च छ। बाढीबाट बच्न र क्षति कम गर्नका लागि निम्न कुराहरूमा ध्यान दिनु आवश्यक छ: पूर्व-तयारी: वर्षायाम सुरु हुनुअघि नै घरका सामानहरू सुरक्षित स्थानमा सार्ने, खाद्यान्न र […]

रसुवा । गोसाईंकुण्ड गाउँपालिका वडा नम्बर ३ लिङलिङमा उद्धारको लागि २ नम्बर गुल्मबाट गएका सहायक हवल्दार विशाल थापा भिरबाट लडेर घाइते भएका हुन् । २१ जनाको टोली गएकोमा थापा १० मिटर तल खोँचामा खसेका थिए । उनको टाउको र घुँडामा चोट लागेको सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए । उनको प्राथमिक […]

error: Content is protected !!