०४ चैत्र २०८२, बुधबार
18-03-2026 , Wed
×

बर्दीमा दम्भ देखाउन हुन्न : IGP शैलेश थापा क्षेत्री

Logo
प्रकाशित आइतबार, माघ २५, २०७७

ABC क्राईमबिट
काठमाडौं । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले नेपाल प्रहरी अस्पतालमा कार्यरत प्रहरी कर्मचारीले आफूलाई प्रहरी अधिकारीभन्दा पनि चिकित्सकको रुपमा बुझेर मानवीय सेवा गर्नुपर्ने बताएका छन।

नेपाल प्रहरी अस्पताल र घुन्सा फाउण्डेसनको संयुक्त आयोजना तथा पठाओ नेपाल र विपन्नको लागि स्वास्थ्य नेपाल सहकारीको सहकार्यमा अस्पतालमा भएको रक्तदान समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरक्षिक थापाले युनिफर्मले कतिपय अवस्थामा दम्भ सिर्जना गर्ने तर चिकित्सक पेशाले निस्कामभाव माग्ने बताए। उनले युनिफर्म (बर्दी)को कारण चिकित्सा पेशामा दम्भ आउन नहुनेमा जोड दिए।

उनले नागरिकको सेवा गरेबापत प्रहरीलाई आत्मसन्तुष्टि प्राप्त हुने उल्लेख गर्दै अस्पतालबाट प्रदान हुने सेवामा कमि आउन नदिन नेपाल प्रहरी अस्पतालमा कार्यरत चिकित्सकलाई निर्देशन दिए।

कोभिड–१९ का कारणले रक्तदान नहुँदा धेरै अस्पतालमा रगतको अभाव भइरहेको अवस्थामा यहाँ रक्तदान भएको हो।

सहभागीले युवा जमात सामाजिक कार्यमा सक्रियताका साथ लाग्नुपर्नेमा जोड दिएका थिए।

अस्पतालका मेडिकल डाईरेक्टर प्रहरी अतिरिक्त महानिरीक्षक डा आशा सिंहले फाउण्डेसनका अध्यक्ष याङ्जोम शेर्पाले आपसी सहकार्यमा कार्यक्रम गर्न पाएकोमा खुसी व्यक्त गरेका थिए। कार्यक्रममा १०६ पुरुष र २४ महिला गरी कुल १३० जनाले रक्तदान गरेका थिए।रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । तुल्सीपुर चलचित्र पत्रकार संघ दाङ शाखाको कार्यसमिति चयनप्रति मेरो गम्भीर आपत्ति रहेको जानकारी गराउन चाहन्छु । म चलचित्र पत्रकार सङ्घ दाङमा दुई कार्यकाल कार्यसमिति सदस्यको रूपमा जिम्मेवारी निर्वाह गरिसकेको व्यक्ति हुँ । संस्थाप्रतिको माया, लगाव र निरन्तर सक्रियताका कारण यस पटक सचिव पदमा मेरो स्वाभाविक आकांक्षा पनि थियो । तर दुर्भाग्यवश, संस्थाको विधि, […]

सुर्खेत । कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालय सुर्खेतका निमित्त कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक हरि बहादुर बि.सी.बाट कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरुको व्यक्तिगत टर्नआउट, विभिन्न शाखाहरु, मेश, ब्यारेक तथा वाड एरियाको निरीक्षण गर्नुका साथै आवश्यक निर्देशन प्रदान गर्नु भएको ।

मकवानपुर । मनहरी गाउँपालिका–१ मकरीमा लागुऔषध सेवनकर्तासँग भएको झडपमा एक जना प्रहरी सहायक निरीक्षक र एक युवक घाइते भएका छन् । प्रहरी चौकी पदमपोखरीबाट खटिएका प्रहरी सहायक निरीक्षक दिलबहादुर तामाङमाथि गएराति लागुऔषध सेवनकर्ताले बञ्चरो प्रहार गरेका थिए। उक्त आक्रमणमा तामाङ घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए । प्रहरीका […]

error: Content is protected !!