२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

कोभिडको कारण हजारौं निजी विद्यालय बन्द हुने अवस्थामा पुगे

Logo
प्रकाशित आइतबार, माघ २५, २०७७

ABC Sanchar
काठमाडौं । कोरोना माहामारीका कारण मुलुकभरीका एक हजार निजी विद्यालय बन्द हुने अवस्थामा पुगेका छन्।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) केन्द्रीय कार्य समिति र जिल्ला अध्यक्षको यहाँ आयोजित भेलाका अवसरमा आज आयोजित पत्रकार सम्मेलनमा प्याब्सनका अध्यक्ष टीकाराम पुरीले कोरोना सङ्क्रमणका कारण लामो समयदेखि पठनपाठन बन्द हुँदा शिशु कक्षादेखि १२ कक्षासम्मका लगभग १० हजार निजी विद्यालयमध्ये करिब एक हजार विद्यालय (१० प्रतिशत) बन्द हुने अवस्थामा पुगेको जानकारी दिए।

उनले केन्द्रीय समितिको बैठकले गरेको निर्णयानुसार बन्द हुने अवस्थामा पुगेका विद्यालयको पूँजी तथा रोजगारी संरक्षण गर्न अन्य विद्यालयमा समाहित गर्न सरकारले विशेष सहुलित दिनुपर्ने बताए।

अति प्रभावित निजी विद्यालयलाई बैंकबाट लिएको ऋणको सावा तथा ब्याज भुक्तानका लागि आगामी असार मसान्तसम्म समय थप दिनुपर्ने र त्यस अवधिमा कालो सूची तथा लिलामीको प्रक्रियामा नराख्न सरकारसँग आग्रह गरिने निर्णय भएको उनले जानकारी दिए।
दुईदिने भेलामा केन्द्रीय कार्य समितिका ९० जनाको सहभागिता रहेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]

बाँके । सीमावर्ती क्षेत्र रुपैडियाबाट नेपालतर्फ भित्रिने खुकुरी चुरोटको तस्करी नियन्त्रण गर्न जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले धमाधम पक्राउ गर्न आफू मातहतलाई निर्देशन दिनुभएको छ। भारतमा सस्तो मूल्यमा पाइने नेपाली ब्राण्डकै खुकुरी चुरोट रुपैडिया नाका हुँदै भन्सार छलि गरी नेपाल भित्र्याउने नेपालमा कर तिरेर आएको चुरोटभन्दा सस्तोमा बेचेर नाफा कमाउने एसपी […]