०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
×

दुर्घटना न्युनिकरण गर्न दाङमा पहिलो ट्राफिक डमी स्थापना

Logo
प्रकाशित आइतबार, माघ २५, २०७७

(सागर थापा/तेज वली)
दाङ । जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले तुल्सीपुरमा ट्राफिक डमी राखेर ट्राफिक नियमको पालनालाई प्रभावकारी बनाउन थालेको छ । यसैक्रममा तुलसीपुरको विरेन्द्र चोक बसपार्क पिपलबोट र बाहिनी चोकमा डमी ट्राफिक राखेर ट्राफिक नियमको पालनालाई प्रभावकारी बनाउन थालेको छ ।

ट्राफिक नियमलाई प्रभावकारी बनाउन प्रहरीले यो अभियान थालेको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका ट्राफिक प्रमुख प्रहरी निरीक्षक थम्मन जीसीले बताए ।

ट्राफिक डमीका दुई हातमा ट्राफिक नियमसम्बन्धी सचेतनामूलक सन्देश लेखिएको बोर्ड राखिएको छ । जसले चालकलाई सतर्क मात्र नभई यात्रुहरुलाई समेत ट्राफिक नियमबारे जानकारी दिने छ ।

ट्राफिक प्रहरीको अभावमा पनि डमीको सहायताले ट्राफिक नियम पालना गर्ने कार्यलाई प्रभाबकारी बनाउन सकिने उहाँको भनाई छ ।आइतबार तुलसीपुरमा एक कार्यक्रमको आयोजना गरि ट्राफिक डमी राखिएको हो ।

तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ५ का अध्यक्ष विरेन्द्र शाहको अध्यक्षतामा कार्यक्रम गरि शाह सहित लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय प्रमुख एसपी डम्बर बहादुर बिक जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी गणेश चंन्द ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रमुख डिएसपी शिव बहादुर सिंह लगाएतको उपस्थित रहेको थियो। कार्यक्रमको सहजीकरण रिपोर्टस क्लब दाङका अध्यक्ष पत्रकार सरद रेग्मीले गर्नुभएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्यमा दाङकी साजिदा खातुन सिद्धिकी निर्विरोध निर्वाचित भएकी छिन् । केन्द्रीय निर्वाचन आयोगले प्रकाशन गरेको प्रारम्भिक नामावलीमा तोकिए कोटाभन्दा बढी उम्मेदवारी नपर्दा उनी निर्विरोध निर्वाचित भएकी हुन् । उनी मुस्लिम महिलातर्फ निर्विरोध कैन्द्रीय सदस्य भएकी छिन् ।

  काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर गरेको छ। निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले पेट्रोलको मूल्य बढाउने तथा डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ मूल्य वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ४/४ रुपैयाँ मूल्य घटाइएको छ। यो नयाँ मूल्यसूची भोलि बिहान […]

भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीबाट खटिई गएको ट्राफिक प्रहरीद्वारा जिल्ला रुपन्देही सिद्धार्थ नगरपालीका वडा नं. १ बेलहिया स्थित BR06PF2851 र UP17AT7229 भारतिय बसहरुले सवारी तथा यातायात ब्यवस्था ऐन, २०४९ को दफा १२ बिपरित कार्य गरेको हुदा नियन्त्रणमा लिई यातायात ब्यवस्था कार्यालय लुम्बिनी रुपन्देहीबाट जनही रु १००००।– जरिवाना भए पश्चात छाडिएको । साथै भारतिय […]

error: Content is protected !!