११ जेठ २०८३, सोमबार
25-05-2026 , Mon
×

भन्सार छली ४ लाख मूल्य बराबरको अवैध मालसामान पक्राउ

Logo
प्रकाशित आइतबार, माघ २५, २०७७

·
ABC क्राईमबिट
नवलपरासी । जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले भारतबाट अवैध रुपमा भन्सार छली ल्याई लुकाई छिपाई राखेको अवस्थामा करीब ४ लाख १६ हजार १ सय ५० रुपैया मुल्य बराबरको अवैध मालसामान जिल्लाको बिभिन्न स्थानबाट बरामद गरेको छ ।

प्रहरीका अनुसार ईलाका प्रहरी कार्यालय बर्दघाटबाट खटिएको प्रहरी टोलीले भारतबाट भन्सार छली अवैध रुपमा लुकाई छिपाई राखेको अन्दाजी एक लाख ३९ हजार २ सय ५० रुपैया मुल्य बराबरको लेडिज उलन कुर्ता सुरवाल,८ बोरा बेम्बो चम्चा,तमाखु,बिजुलीको बल्ब लगायतका मालसामान आज बर्दघाट नगरपालिका वडा नम्बर ४ बसपार्क नजिकबाट बरामद गरेको हो । बरामद भएका सामान आजै आवश्यक कारवाहीको लागि महेशपुर भन्सार कार्यालय बुझाईएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी नायब उपरीक्षक राजु लामाले जानकारी दिनु भएको छ । त्यसैगरी सिमा प्रहरी चौकी महेशपुरबाट खटिएको प्रहरी टोलीले भारतबाट भन्सार छली अवैध रुपमा ल्याउदै गरेको अन्दाजी दुई लाख चालिस हजार नौ सय रुपैया मुल्य बराबरको जेन्स कुर्ता,ओखल लगायतका मालसामान पाल्हिनन्दन गाँउपालिका वडा नम्बर दुई गोपालपुरबाट बरामद गरेको जनाएको छ ।
उक्त सामान मोटरसाईकलमा राखि ल्याउदै गर्दा प्रहरी टोलीलाइ देखि सामान फाली मानिस मोटरसाईकल सहित भागेको प्रहरीले जनाएको छ । त्यस्तै गरी अस्थायी प्रहरी चौकी तोनवाबाट खटिएको प्रहरी टोलीले आज भारतबाट अवैध रुपमा ल्याउदै गरेको अन्दाजी दुई सय किलो माछा रामग्राम नगरपालिका वडा नम्बर १६ हकुईबाट बरामद गरेको छ । उक्त माछा करीब ३६ हजार मुल्य बराबरको रहेको छ । बरामद भएका माछा स्थानियको रोहवरमा खाल्डो खनी पुरेर नष्ट गरीएको प्रहरी नायब उपरीक्षक लामाले जानकारी दिनु भएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । भारतको बिहार राज्यका मनोज कुमार यादव घर्संदै नेपाल आइपुगेका छन् । धार्मिक आस्था र संकल्पका साथ यात्रा सुरु गरेका यादव आइतबार, जेठ १० गते काठमाडौंस्थित पशुपतिनाथ मन्दिर पुग्न सफल भएका हुन् । भारतबाट नेपालसम्मको यात्रा शरीर घर्संदै पूरा गरेका यादवलाइ यो कठिन यात्रा पूरा गर्न पुरै ६ महिना २२ दिन लागेको उनले बताए […]

*वास्तवमा के भएको हो:* *राजीनामा*: सुधन गुरुङले २ अप्रिल २०२६ मा गृह मन्त्रीबाट राजीनामा दिएका थिए। शेयर कारोबार र विवादास्पद व्यवसायी दीपक भट्टसँगको सम्बन्धको विषयमा प्रश्न उठेपछि उनले निष्पक्ष छानबिनका लागि आफैं राजीनामा दिएका थिए। – *हालको अवस्था*: राजीनामा स्वीकृत भएपछि प्रधानमन्त्री बालेन शाह आफैंले गृह मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका छन्। – *छानबिन समिति*: तिमीले भनेको […]

नयाँदिल्ली। मध्यपूर्वमा जारी युद्धका कारण आपूर्ति शृङ्खलामा परेको दबाबबीच भारतका सरकारी इन्धन कम्पनीहरूले पेट्रोल र डिजेलको मूल्य फेरि बढाएका छन्। पछिल्लो १० दिनमा चौथो पटक गरिएको यो मूल्यवृद्धिले देशको इन्धन बजारमा निरन्तर अस्थिरता देखिएको छ। फेब्रुअरीमा युद्ध सुरु भएयता भारतमा अटोमोबाइल इन्धनको मूल्य करिब पाँच प्रतिशतले बढिसकेको छ। इरान र हर्मुज जलघाँटी क्षेत्रमा उत्पन्न तनावले […]

error: Content is protected !!