०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
×

भन्सार छली ४ लाख मूल्य बराबरको अवैध मालसामान पक्राउ

Logo
प्रकाशित आइतबार, माघ २५, २०७७

·
ABC क्राईमबिट
नवलपरासी । जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले भारतबाट अवैध रुपमा भन्सार छली ल्याई लुकाई छिपाई राखेको अवस्थामा करीब ४ लाख १६ हजार १ सय ५० रुपैया मुल्य बराबरको अवैध मालसामान जिल्लाको बिभिन्न स्थानबाट बरामद गरेको छ ।

प्रहरीका अनुसार ईलाका प्रहरी कार्यालय बर्दघाटबाट खटिएको प्रहरी टोलीले भारतबाट भन्सार छली अवैध रुपमा लुकाई छिपाई राखेको अन्दाजी एक लाख ३९ हजार २ सय ५० रुपैया मुल्य बराबरको लेडिज उलन कुर्ता सुरवाल,८ बोरा बेम्बो चम्चा,तमाखु,बिजुलीको बल्ब लगायतका मालसामान आज बर्दघाट नगरपालिका वडा नम्बर ४ बसपार्क नजिकबाट बरामद गरेको हो । बरामद भएका सामान आजै आवश्यक कारवाहीको लागि महेशपुर भन्सार कार्यालय बुझाईएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी नायब उपरीक्षक राजु लामाले जानकारी दिनु भएको छ । त्यसैगरी सिमा प्रहरी चौकी महेशपुरबाट खटिएको प्रहरी टोलीले भारतबाट भन्सार छली अवैध रुपमा ल्याउदै गरेको अन्दाजी दुई लाख चालिस हजार नौ सय रुपैया मुल्य बराबरको जेन्स कुर्ता,ओखल लगायतका मालसामान पाल्हिनन्दन गाँउपालिका वडा नम्बर दुई गोपालपुरबाट बरामद गरेको जनाएको छ ।
उक्त सामान मोटरसाईकलमा राखि ल्याउदै गर्दा प्रहरी टोलीलाइ देखि सामान फाली मानिस मोटरसाईकल सहित भागेको प्रहरीले जनाएको छ । त्यस्तै गरी अस्थायी प्रहरी चौकी तोनवाबाट खटिएको प्रहरी टोलीले आज भारतबाट अवैध रुपमा ल्याउदै गरेको अन्दाजी दुई सय किलो माछा रामग्राम नगरपालिका वडा नम्बर १६ हकुईबाट बरामद गरेको छ । उक्त माछा करीब ३६ हजार मुल्य बराबरको रहेको छ । बरामद भएका माछा स्थानियको रोहवरमा खाल्डो खनी पुरेर नष्ट गरीएको प्रहरी नायब उपरीक्षक लामाले जानकारी दिनु भएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्यमा दाङकी साजिदा खातुन सिद्धिकी निर्विरोध निर्वाचित भएकी छिन् । केन्द्रीय निर्वाचन आयोगले प्रकाशन गरेको प्रारम्भिक नामावलीमा तोकिए कोटाभन्दा बढी उम्मेदवारी नपर्दा उनी निर्विरोध निर्वाचित भएकी हुन् । उनी मुस्लिम महिलातर्फ निर्विरोध कैन्द्रीय सदस्य भएकी छिन् ।

  काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर गरेको छ। निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले पेट्रोलको मूल्य बढाउने तथा डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ मूल्य वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ४/४ रुपैयाँ मूल्य घटाइएको छ। यो नयाँ मूल्यसूची भोलि बिहान […]

भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीबाट खटिई गएको ट्राफिक प्रहरीद्वारा जिल्ला रुपन्देही सिद्धार्थ नगरपालीका वडा नं. १ बेलहिया स्थित BR06PF2851 र UP17AT7229 भारतिय बसहरुले सवारी तथा यातायात ब्यवस्था ऐन, २०४९ को दफा १२ बिपरित कार्य गरेको हुदा नियन्त्रणमा लिई यातायात ब्यवस्था कार्यालय लुम्बिनी रुपन्देहीबाट जनही रु १००००।– जरिवाना भए पश्चात छाडिएको । साथै भारतिय […]

error: Content is protected !!