०४ चैत्र २०८२, बुधबार
18-03-2026 , Wed
×

नेपाल प्रहरीका निलम्बित DSP ढुंगेलले पाए सर्वोच्चबाट सफाइ

Logo
प्रकाशित सोमबार, माघ २६, २०७७


(ABC क्राईमबिट)
काठमाडौं। उच्च अदालत पाटनले गरेको आदेश उल्ट्याउँदै ‘सिँघम’ डीएसपी कुमोद ढुंगेललाई सर्वोच्च अदालतले साधारण तारिखमा छाड्ने जिल्ला अदालत काठमाडौंको निर्णयलाई सदर गरेको छ ।

न्यायाधीशद्वय पुरुषोत्तम भण्डारी र प्रकाशकुमार ढुंगानाको संयुक्त इजालसले आज डीएसपी ढुंगेललाई जिल्ला अदालत काठमाडौंले साधारण तारिखमा छाड्न दिएको आदेशलाई सदर गरेको हो ।

जिल्ला अदालत काठमाडौंले उनलाई २०७७ असारमा साधारण तारिखमा छाड्ने आदेश दिएपछि उनी जागिरमा बहाली भएका थिए ।

तर, उच्च अदालत पाटनले १६ पुस २०७७ मा १ लाख धरौटी मागेपछि उनी स्वत: निलम्बित भएका थिए। उक्त आदेशविरुद्ध डीएसपी ढुंगेल २०७७ माघ ७ मा १७ नम्बर निवेदन लिएर सर्वोच्च अदालतमा पुगेका थिए ।

सर्वोच्चले जिल्लाको आदेशलाई सदर गरेको छ । उक्त आदेशसँगै उनको निलम्बन फुकुवा हुने भएको छ। डिएसपी ढुंगेलविरुद्ध जिल्ला अदालत काठमाडौंले लुटपाटको मुद्दामा साधारण तारेखमा छाड्ने आदेश दिएको थियो ।

जिल्ला अदालतले साधारण तारेखमा छाडेपछि डिएसपी ढुंगेलको निलम्बन फुकुवा भएको थियो।

‘प्रतिवादीलाई अहिले नै अपराधमा कसुरदार छैनन् भन्ने अवस्था मिसिल संलग्न कागजातबाट पुष्टि हुने आधार नभएको’ भन्दै उच्च अदालत पाटनले डिएसपी ढुंगेलसँग गत साता धरौटी माग गरेको थियो।।

रानीबारीस्थित लालेन्द्र शेरचनको घरमा भएको लुटपाटको घटनामा डिएसपी ढुंगेलको संलग्नता खुलेको थियो। ढुंगेल तत्कालिन समयमा इलाका प्रहरी कार्यालय चन्द्रानिगाहापुर ९रौतहट० मा कार्यरतर हेको बेला डकैतीमा संलग्न व्यक्तिसँग फोन सम्पर्कदेखि म्यासेज आदान प्रदानसम्म भएको प्रहरी अनुसन्धानबाट खुलासा भएको थियो।

डकैती अभियोगमा तत्कालिन पक्राउ परेका विकास श्रेष्ठसँग ढुङ्गेलले पटक–पटक सम्पर्क गरेको देखिएपछि अनुसन्धानको दायरामा तानिएका थिए ।

अपराध महाशाखाको टोलीले ६ वैशाखमा चन्द्रगढी नगरपालिकाका ३८ वर्षीय नवराज तामाङ, ३६ बर्षिय बिक्रम श्रेष्ठ र नुवाकोट बेलकोटगढीका २८ वर्षीय दीपेश भन्ने सन्तबहादुर तामाङलाई नियन्त्रणमा लिएको थियो।

उनीहरुले प्रयोग गर्ने बा३च ७१६४ कलेजी रङको ट्याक्सी र बा२ ज ३०६१ नम्बरको गाडी समेत प्रहरीले बरामद गरेको थियो । उनीहरुले शेरचनकी श्रीमती भानुदेवी शेरचनको घरमा रेखदेख गर्ने मिठु थकालीलाई धारिलो हतियार खुकुरी, रड देखाएर गर गहनासहित ५ लाख लुटेको अनुसन्धानले खुलेपछि कारबाही चलाइएको थियो।

अपराध महाशाखाले डीएसपी ढुंगेलको संलग्नता देखिएपछि कारवाहीको सिफारिस गरेको थियो।
त्यतिखेर धिरजप्रताप सिंह अपराध महाशाखाको प्रमुख थिए भने हालका आईजीपी शैलेश क्षत्री महानगरिय प्रहरी कार्यालय रानीपोखरीको प्रमुख थिए । क्षत्रीले प्रहरी प्रधान कार्यालयलाई ढुंगेलमाथि कारवाही गर्न सिफारिस गरेका थिए। गुण्डा नाइके दिनेश अधिकारी ‘चरी’ इन्काउन्टर गरेर ढुंगेल चर्चामा आएका थिए।
ढुंगेलकै पहलमा विदेशमा बसेर नेपालमा फिरौती असुली गर्ने र नदिए हत्या गर्ने मनोज पुनको बुटवलमा इन्काउन्टर भएको थियो। ढुंगेलले पुनलाई भारतबाट पक्राउ गरी नेपालमा ल्याएका थिए ।
पुनले युवासंघका दुर्गा तिवारीको हत्या गरेका थिए भने बुटवलका धेरै एमालेका नेता, कार्यकर्ता र ब्यवसायीसँग चन्दा आतंक मच्चाएका थिए। डीएसपी ढुंगेल राम्रो काम गरेपनि अर्थिक मामिलामा भने बदनाम प्रहरी अधिकारीका रुपमा चिनिन्छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । तुल्सीपुर चलचित्र पत्रकार संघ दाङ शाखाको कार्यसमिति चयनप्रति मेरो गम्भीर आपत्ति रहेको जानकारी गराउन चाहन्छु । म चलचित्र पत्रकार सङ्घ दाङमा दुई कार्यकाल कार्यसमिति सदस्यको रूपमा जिम्मेवारी निर्वाह गरिसकेको व्यक्ति हुँ । संस्थाप्रतिको माया, लगाव र निरन्तर सक्रियताका कारण यस पटक सचिव पदमा मेरो स्वाभाविक आकांक्षा पनि थियो । तर दुर्भाग्यवश, संस्थाको विधि, […]

सुर्खेत । कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालय सुर्खेतका निमित्त कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक हरि बहादुर बि.सी.बाट कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरुको व्यक्तिगत टर्नआउट, विभिन्न शाखाहरु, मेश, ब्यारेक तथा वाड एरियाको निरीक्षण गर्नुका साथै आवश्यक निर्देशन प्रदान गर्नु भएको ।

मकवानपुर । मनहरी गाउँपालिका–१ मकरीमा लागुऔषध सेवनकर्तासँग भएको झडपमा एक जना प्रहरी सहायक निरीक्षक र एक युवक घाइते भएका छन् । प्रहरी चौकी पदमपोखरीबाट खटिएका प्रहरी सहायक निरीक्षक दिलबहादुर तामाङमाथि गएराति लागुऔषध सेवनकर्ताले बञ्चरो प्रहार गरेका थिए। उक्त आक्रमणमा तामाङ घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए । प्रहरीका […]

error: Content is protected !!