२५ बैशाख २०८१, मंगलबार
07-05-2024 , Tue
×

नेपाल प्रहरीका निलम्बित DSP ढुंगेलले पाए सर्वोच्चबाट सफाइ

Logo
प्रकाशित सोमबार, माघ २६, २०७७


(ABC क्राईमबिट)
काठमाडौं। उच्च अदालत पाटनले गरेको आदेश उल्ट्याउँदै ‘सिँघम’ डीएसपी कुमोद ढुंगेललाई सर्वोच्च अदालतले साधारण तारिखमा छाड्ने जिल्ला अदालत काठमाडौंको निर्णयलाई सदर गरेको छ ।

न्यायाधीशद्वय पुरुषोत्तम भण्डारी र प्रकाशकुमार ढुंगानाको संयुक्त इजालसले आज डीएसपी ढुंगेललाई जिल्ला अदालत काठमाडौंले साधारण तारिखमा छाड्न दिएको आदेशलाई सदर गरेको हो ।

जिल्ला अदालत काठमाडौंले उनलाई २०७७ असारमा साधारण तारिखमा छाड्ने आदेश दिएपछि उनी जागिरमा बहाली भएका थिए ।

तर, उच्च अदालत पाटनले १६ पुस २०७७ मा १ लाख धरौटी मागेपछि उनी स्वत: निलम्बित भएका थिए। उक्त आदेशविरुद्ध डीएसपी ढुंगेल २०७७ माघ ७ मा १७ नम्बर निवेदन लिएर सर्वोच्च अदालतमा पुगेका थिए ।

सर्वोच्चले जिल्लाको आदेशलाई सदर गरेको छ । उक्त आदेशसँगै उनको निलम्बन फुकुवा हुने भएको छ। डिएसपी ढुंगेलविरुद्ध जिल्ला अदालत काठमाडौंले लुटपाटको मुद्दामा साधारण तारेखमा छाड्ने आदेश दिएको थियो ।

जिल्ला अदालतले साधारण तारेखमा छाडेपछि डिएसपी ढुंगेलको निलम्बन फुकुवा भएको थियो।

‘प्रतिवादीलाई अहिले नै अपराधमा कसुरदार छैनन् भन्ने अवस्था मिसिल संलग्न कागजातबाट पुष्टि हुने आधार नभएको’ भन्दै उच्च अदालत पाटनले डिएसपी ढुंगेलसँग गत साता धरौटी माग गरेको थियो।।

रानीबारीस्थित लालेन्द्र शेरचनको घरमा भएको लुटपाटको घटनामा डिएसपी ढुंगेलको संलग्नता खुलेको थियो। ढुंगेल तत्कालिन समयमा इलाका प्रहरी कार्यालय चन्द्रानिगाहापुर ९रौतहट० मा कार्यरतर हेको बेला डकैतीमा संलग्न व्यक्तिसँग फोन सम्पर्कदेखि म्यासेज आदान प्रदानसम्म भएको प्रहरी अनुसन्धानबाट खुलासा भएको थियो।

डकैती अभियोगमा तत्कालिन पक्राउ परेका विकास श्रेष्ठसँग ढुङ्गेलले पटक–पटक सम्पर्क गरेको देखिएपछि अनुसन्धानको दायरामा तानिएका थिए ।

अपराध महाशाखाको टोलीले ६ वैशाखमा चन्द्रगढी नगरपालिकाका ३८ वर्षीय नवराज तामाङ, ३६ बर्षिय बिक्रम श्रेष्ठ र नुवाकोट बेलकोटगढीका २८ वर्षीय दीपेश भन्ने सन्तबहादुर तामाङलाई नियन्त्रणमा लिएको थियो।

उनीहरुले प्रयोग गर्ने बा३च ७१६४ कलेजी रङको ट्याक्सी र बा२ ज ३०६१ नम्बरको गाडी समेत प्रहरीले बरामद गरेको थियो । उनीहरुले शेरचनकी श्रीमती भानुदेवी शेरचनको घरमा रेखदेख गर्ने मिठु थकालीलाई धारिलो हतियार खुकुरी, रड देखाएर गर गहनासहित ५ लाख लुटेको अनुसन्धानले खुलेपछि कारबाही चलाइएको थियो।

अपराध महाशाखाले डीएसपी ढुंगेलको संलग्नता देखिएपछि कारवाहीको सिफारिस गरेको थियो।
त्यतिखेर धिरजप्रताप सिंह अपराध महाशाखाको प्रमुख थिए भने हालका आईजीपी शैलेश क्षत्री महानगरिय प्रहरी कार्यालय रानीपोखरीको प्रमुख थिए । क्षत्रीले प्रहरी प्रधान कार्यालयलाई ढुंगेलमाथि कारवाही गर्न सिफारिस गरेका थिए। गुण्डा नाइके दिनेश अधिकारी ‘चरी’ इन्काउन्टर गरेर ढुंगेल चर्चामा आएका थिए।
ढुंगेलकै पहलमा विदेशमा बसेर नेपालमा फिरौती असुली गर्ने र नदिए हत्या गर्ने मनोज पुनको बुटवलमा इन्काउन्टर भएको थियो। ढुंगेलले पुनलाई भारतबाट पक्राउ गरी नेपालमा ल्याएका थिए ।
पुनले युवासंघका दुर्गा तिवारीको हत्या गरेका थिए भने बुटवलका धेरै एमालेका नेता, कार्यकर्ता र ब्यवसायीसँग चन्दा आतंक मच्चाएका थिए। डीएसपी ढुंगेल राम्रो काम गरेपनि अर्थिक मामिलामा भने बदनाम प्रहरी अधिकारीका रुपमा चिनिन्छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार ) प्रहरी प्रधान कार्यालयले कार्यसम्पादनमा कमजोर देखिएका नौ जिल्लाका प्रहरी प्रमुखलाई कारबाही गरेको छ । पछिल्लो एक महिनामा कार्यसम्पादनमा कमजोरी देखिएका नौ जिल्लाका प्रहरी प्रमुखलाई कारबाहीस्वरुप जिम्मेवारीमुक्त गरिएको हो । सोमबार मात्र सिराहाका एसपी सन्तोष आचार्य र इलामका वासुदेव खतिवडालाई कारबाहीस्वरूप हटाइएको छ ।त्यस्तै एक महिनाअघि ६ जिल्लाका एसपीलाई कमजोर कार्यशैली र आर्थिक अनुशासनका […]

(एबिसि संचार )                                                                चट्याङ लागेर रामारोशन गाउँपालिका–७ मेलकाटिया निवासी कमल भण्डारीका छ वर्षीय छोरा गौरवको मृत्यु अछाममा एक बालकको मृत्यु भएको छ । सोमबार […]

(एबिसि संचार )                                                                काठमाडौँबाट भैरहवा उडेको यति एयरलाइन्सको जहाज जनकपुरमा आकस्मिक अवतरण भएको छ। सोमबार साँझको हुरीले उडान प्रभावित भएको बताइएको छ।जहाज क्याप्टेन लबिस चन्दले […]