१२ जेठ २०८३, मंगलबार
26-05-2026 , Tue
×

मिडिया नेपालको राष्ट्रिय भेला फागुन २१ र २२ गते हुँदै

Logo
प्रकाशित सोमबार, माघ २६, २०७७

(तेज वली) काठमाडौं । मिडिया नेपालले आगामी फागुन २१ र २२ गते राष्ट्रिय भेला गर्ने भएको छ । आज सोमबार काठमाडौंमा बसेको मिडिया नेपाल सचिवालय बैठकले देशभक्त, राष्ट्रवादी र व्यबसायिक पत्रकारलाई एकताबद्ध गर्ने, आगामी कार्यदिशा तय गर्ने तथा आसन्न नेपाल पत्रकार महासंघको निर्वाचनलाई समेत मध्यनजर गर्दै राष्ट्रिय भेला गर्न लागेको हो । राष्ट्रिय भेलामा देशभर रहेका मिडिया नेपालका करिब २५० अगुवा प्रतिनिधि सहभागी हुने मिडिया नेपालका अध्यक्ष गोपाल पौड्यालले बताए । मिडिया नेपालको देशब्यापी संजाल बनाउने अभियानको क्रममा राष्ट्रिय भेला आयोजना हुन लागेको पनि पौड्यालले बताए । सचिवालयको बैठकले माघ ३० गते केन्द्रीय कार्य समितिको बैठक गर्ने र सो बैठकले राष्ट्रिय भेला गर्ने स्थान तय गर्ने निर्णय भएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । सामुदायिक प्रहरी सेवा केन्द्र, ई.प्र.का. कोहलपुरमा कार्यरत *प्रहरी निरीक्षक सानु श्रेष्ठ* र सामुदायिक प्रहरी सेवा केन्द्रका शाखा प्रमुख *प्रहरी निरीक्षक ज्ञानु माया थनेत* लाई स्वागत तथा सम्मान गरिएको छ। कार्यक्रमको आयोजना सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्रका *अध्यक्ष दीपेन्द्र कुमार जोशी*ले गरेका हुन्। कार्यक्रमले प्रहरी र समुदायबीचको समन्वय, सहकार्य र विश्वास […]

बर्दिया । लुम्बिनी प्रदेश प्रहरी कार्यालयबाट खटिएको टोलीले *बर्दियाको बढैयाताल गाउँपालिका–२, फुटाहा, ५० नम्बर पिलर* नजिक नेपाल–भारत सीमा क्षेत्रमा अवैध रूपमा भारततर्फ लैजाँदै गरेको सामान बरामद गरेको छ। प्रहरीलाई टाढैबाट देखेपछि तस्करहरूले साइकलसहित सामान छोडेर फरार भएका थिए। *बरामद सामानको विवरण:* 1. *साइकल*: ९ थान × रु. १५० = रु. १३,५० 2. *तरबुजाको बीउ*: ४० […]

काठमाडौं । इलाका प्रहरी कार्यालय दमकमा भर्खरै सरुवा भई आउनुभएका डिएसपी हरी बहादुर बस्नेतले अहिलको मोर्डन जमनामा श्रीमान श्रीमती मात्र होटलमा बस्नु पर्छ भन्ने छैन, कानुनी प्रावधान पुरा गरेको मन मिल्ने जोकोहीले कोठा लिएर बस्न पाउने बताउनु भएको छ । होटलमा सिसी क्यामेरा राख्न र आएका आगन्तुकहरुको यर्थात विवरण इन्ट्रि बुकमा राख्न डिएसपी बस्नेतले होटल […]

error: Content is protected !!